कांग्रेसको सनातन हिन्दू राष्ट्र स्थापना महाअभियानको औपचारिक घोषणा « Khabarhub

कांग्रेसको सनातन हिन्दू राष्ट्र स्थापना महाअभियानको औपचारिक घोषणा


५ फाल्गुन २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


267
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कांग्रेसका नेताहरुले सनातन हिन्दू राष्ट्र नेपाल स्थापना महाअभियानको औपचारिक घोषणा गरेका छन् ।

शनिबार काठमाडौंमा कांग्रेस केन्द्रीय सदस्य शंकर भण्डारीको संयोजकत्वमा महाअभियानको घोषणा गरिएको हो । महाअभियानको घोषणा गर्दै भण्डारीले देशका प्रमुख विषयहरुलाई स्थापित गर्दै नेपालीहरु अघि बढ्न सकेमा नेपाल विश्वको एकमात्रै हिन्दू राष्ट्र बन्ने बताए ।

देशको सनातन धर्मलाई रक्षा गर्दै देशको आर्थिक समृद्धिको बाटोमा देशलाई अघि बढाउन कांग्रेसले अव नेतृत्वदायी भूमिका निर्वाह गर्न ढिलाइ गर्न नहुने उनले बताए । उनले महासमिति बैठकबाट हिन्दू राष्ट्रको एजेण्डा उठाउने जिकिर गरे । हिन्दू राष्ट्र नेपाल स्थापनाका लागि कसैको सहयोग नलिइएको उनले स्पष्ट पारे ।

यसअघि भण्डारीको नेतृत्वमा पार्टी केन्द्रीय कार्यसमिति बैठकमा सोमबारदेखि शुरु हुने महासमितिको बैठकमा हिन्दू राष्ट्रको अजेन्डा समेट्न भन्दै पूरक प्रस्ताव पेश गरिएको थियो । जसमा २२ कांग्रेसी नेताहरुले हस्ताक्षर गरेका छन् ।

प्रकाशित मिति : ५ फाल्गुन २०८०, शनिबार  ६ : ५१ बजे

घोडा दौड प्रतियोगितामा न्यौपाने प्रथम

जुम्ला- घोडा संरक्षण गर्ने उद्देश्यले आयोजित घोडा दौड प्रतियोगितामा छापेद्र

‘चौथो उपाध्यक्ष कप भलिबल प्रयोगिता’को उपाधि रतचुरालाई

काठमाडौँ- विजयादशमी २०८३ को अवसर पारेर सिन्धुलीको गोलञ्जोर गाउँपालिकाले आयोजना

ट्रम्पविरुद्ध अमेरिकामा ‘नो किंग्स’ प्रदर्शन

काठमाडौं- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नीतिविरुद्ध शनिबार अमेरिकाभरि आयोजित ‘नो

बेनी–दरबाङको फापरखेत पहिरोको वैकल्पिक सडक सञ्चालन

म्याग्दी- सुक्खा पहिरोले अवरुद्ध बनेको म्याग्दीको पश्चिमी भेगका तीन वटा

मर्भुङकोट पुर्खाको विरासत र आस्थाको धरोहर : महानिरीक्षक कार्की

गुल्मी- प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले मर्भुङकोट मन्दिर पुर्खाको पौरख, गौरव