जिल्ला प्रशासन कार्यालय रौतहटद्वारा ईशनाथ नगरपालिकामा कर्फ्यु आदेश « Khabarhub

जिल्ला प्रशासन कार्यालय रौतहटद्वारा ईशनाथ नगरपालिकामा कर्फ्यु आदेश


५ फाल्गुन २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


126
Shares
  • change font
  • change font
  • change font

रौतहट– रौतहटको ईशनाथ नगरपालिकामा स्थानीय प्रशासनले अहिले साँझ ५ बजेदेखि कर्फ्यु आदेश जारी गरेको छ।

फागुन ३ गते सरस्वतीको मूर्ति सेलाउने विषयमा दुई समुदाय बीच झडप भएको थियो।

दुई समुदायबीच ३ फागुन भएको झडपलाई लिएर आज विवाद मिलाउन खोज्दा नमिलेपछि स्थानीय प्रशासनले कर्फ्यु आदेश जारी गरेको हो। विवाद मिलाउनका लागि बोलाइएको सर्वपक्षीय भेलामै कुटाकुट भएपछि आधा दर्जन स्थानीय बासी घाइते भएका छन्।

जिल्ला प्रशासन कार्यालय रौतहटले आज साँझ ५ बजेदेखि स्नात नगरपालिकाको विभिन्न क्षेत्रमा कर्फ्यु आदेश जारी गरेको हो। इशनाथ नगरपालिकाको पूर्वमा जोकाहा गाउँ पश्चिममा सानो जोकाहा गाउँ उत्तरमा रामपुरखाप दक्षिणमा सशस्त्र बेस क्याम्प र उत्तरमा जयनगर प्रहरी चौकी क्षेत्रमा जिल्ला प्रशासन कार्यालय रौतहटले कर्फ्यु आदेश जारी गरेको हो।

साँझ ५ बजेदेखि अनिश्चितकालका लागि कर्फ्यू आदेश जारी गरिएको रौतहटका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले जानकारी दिए। 

सो क्षेत्रमा आवतजावत गर्न नपाउने, भेला तथा जुलुस गर्न नपाउने, प्रदर्शन गर्न नपाउने जिल्ला प्रशासन कार्यालय रौतहटले जारी गरेको सूचनामा उल्लेख गरिएको छ।

प्रकाशित मिति : ५ फाल्गुन २०८०, शनिबार  ७ : १३ बजे

इरानको दाबी : अमेरिकाका तीन प्रमुख सैन्य अड्डामा जवाफी आक्रमण

तेहरान- इरानले जोर्डन, कुवेत र बहराइनस्थित अमेरिकी सैन्य अड्डाहरूमा जवाफी

न्यूयोर्क टाइम्स भन्छ- ‘इन्टरसेप्टर’ सकिन थालेपछि अमेरिकाले इरानमाथिको हमला रोक्यो

वासिङ्टन- संयुक्त राज्य अमेरिकाको सेनाले इरानमाथिको सैन्य कारबाही रोकेको स्थानीय

युद्धरत इरान-युक्रेन तनाव बढ्यो, जवाफी कारबाही गर्ने तेहरानको चेतावनी

तेहरान- क्यास्पियन सागरमा आफ्नो एउटा व्यापारिक जहाजमा भएको ड्रोन आक्रमणपछि

त्रिवि एमबीएस परीक्षाको प्रश्नपत्र बाहिरिएको छानबिन गर्न समिति

काठमाडौं- त्रिभुवन विश्वविद्यालयले एमबीएस प्रथम सत्रको परीक्षाको प्रश्नपत्र परीक्षाकै क्रममा

आमा बन्दै गायिका दुलाल, दिइन् घुमाउरो तरिकामा जानकारी

काठमाडौं- नयाँ तीजको बहाना पारेर गायिका सुनिता दुलालले दर्शकलाई आफू