इरानमा गोली चल्दा १२ जनाको मृत्यु « Khabarhub

इरानमा गोली चल्दा १२ जनाको मृत्यु


५ फाल्गुन २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


294
Shares
  • change font
  • change font
  • change font

तेहरान – दक्षिणपूर्वी इरानी प्रान्त केरमानमा शनिबार बिहान एक जना व्यक्तिले आफ्नै परिवारका १२ जना सदस्यको गोली हानी हत्या गरेका छन् ।

साथै अन्य तीन जनालाई घाइते बनाएको इरानको अर्ध-सरकारी समाचार एजेन्सी तस्निमले जनाएको छ। घटना स्थानीय समय अनुसार बिहान ४ः३० बजे फर्याब काउन्टीमा भएको हो ।

२५ वर्षीय हतियारधारी व्यक्तिले दुई वटा घरमा रहेका आफ्ना दुई सौतेनी दाजुभाइ र उनीहरूका परिवारका सदस्यहरूमाथि गोली चलाएको जनाकारीमा आएको छ । तस्निमले केरमानका प्रहरी कमाण्डर नासेर फरशीदलाई उद्धृत गर्दै सो जनाकारी दिएका हुन् ।

केरमानको न्याय विभागका प्रमुख इब्राहिम हमीदीले उक्त व्यक्तिले आफ्नो बुबा लगायतका परिवारका सदस्यहरूलाई मार्न कलश्निकोभ राइफल प्रयोग गरेको बताएको सरकारी समाचार एजेन्सी इरनाले बताएको छ।

प्रकाशित मिति : ५ फाल्गुन २०८०, शनिबार  ८ : १९ बजे

चङ्गा : अन्तर्राष्ट्रिय खेल पर्यटनदेखि दसैँको उत्सवसम्म

दसैँको सिजन आउँदा सहरका घरका छतहरूबाट चङ्गा उडाउने दृष्य अब

कञ्चनपुरको गड्डाचौकीमा ‘अल्फा’ र ‘डेल्टा’ को ड्युटी: सीमापार अपराध रोक्न कडा सुरक्षा कडाइ

महेन्द्रनगर – नेपाल-भारत सीमावर्ती क्षेत्रमा हुनसक्ने आपराधिक गतिविधि, लागूऔषध ओसारपसार

दसैँको मुखमा नुवाकोटवासीलाई राहत, ढुङ्गे र त्रिशूली बजार जोड्ने झोलुङ्गे पुल सञ्चालन

नुवाकोट – गत भदौ १० गते भोटेकोशीको बाढीले नुवाकोटको विदुर

१२ शय्याबाट सुरु भएको यात्रा: करोडौँको दृष्टि परीक्षण र लाखौँ शल्यक्रिया

काठमाडौँ – कुनै समय पूर्वी नेपालका नागरिकलाई आँखामा सामान्य समस्या

चितवन: दसैँमा ३० करोडभन्दा बढीको खसी-बोकाको व्यापार हुने अनुमान

चितवन – बडादसैँका अवसरमा चितवनमा यस वर्ष ३० करोड रुपैयाँभन्दा