सङ्घीयता कर्णालीवासीका लागि वरदान : प्रदेश प्रमुख परियार « Khabarhub

सङ्घीयता कर्णालीवासीका लागि वरदान : प्रदेश प्रमुख परियार


५ फाल्गुन २०८०, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

कर्णाली – कर्णाली प्रदेशका प्रमुख तिलक परियारले सङ्घीयता कर्णालीवासीका लागि वरदान सावित भएको बताएका छन्।

ऋति फाउण्डेसनद्वारा आज वीरेन्द्रनगर सुर्खेतको बुलबुले उद्यानमा सञ्चालन गरिएको ‘कर्णाली उत्सवः कुडा कर्नालीका’ पाँचौँ संस्करणको उद्घाटन गर्दै उनले सङ्घीय व्यवस्थाकै कारण यहाँका नागरिकको जीवनस्तर माथि उठेको र यसले विचार र विमर्शको थालनी गरेको उल्लेख गरे ।

उनले संविधानले व्यवस्था गरेका साझा तथा एकल सूचीका अधिकारको भरपुर उपयोगले सङ्घीयता अझ बलियो बन्ने बताए ।

“तीनै तहका सरकारबीच समन्वय, सहकार्य र सहअस्तित्व कायम गरेर अगाडि बढ्नुपर्दछ”, प्रदेश प्रमुख परियारले भने, “त्यो हुनसकेमात्र कर्णालीको जलविद्युत्, पर्यटन, स्वास्थ्य, शिक्षा, कृषि र पूर्वाधारको विकास हुनसक्छ ।”

राष्ट्रिय तथा अन्तर्राष्ट्रियरूपमा कर्णालीलाई चिनाउन गरिएको उत्सवः कुडा कर्नालीले थालेको बहसले नीति निर्माणमा सहयोग पुग्ने अपेक्षा रहेको उनको भनाइ थियो ।

तीन दिनसम्म सञ्चालन हुने उत्सवमा प्रकोप र पुनःनिर्माण, समाज, साहित्य र विकास, लोकतन्त्र र सुशासनका विषयमा छलफल हुनेछ । कर्णालीको रुपान्तरणका लागि चिन्तनका साथै गन्थन, मन्थनबाट कर्णाली केलाइने आयोजक संस्था ऋति फाउण्डेशनले जनाएको छ ।

उद्घाटनसत्रमा आयोजक सहर ‘वीरेन्द्रनगरमा बहसको बहार’ विषयमा मन्तव्य व्यक्त गर्दैै वीरेन्द्रनगर नगरपालिकाका प्रमुख मोहनमाया ढकालले विचारको बहसले कर्णालीमा नयाँ सवाल पैदा भएको बताए। कुराबाट विचार उत्पन्न भएर विचारले विकासमा टेवा पुग्ने बताउँदै उनले सामाजिक न्यायका हिसाबले पछि परेको कर्णालीका लागि नवीन बहस जरुरी रहेको जनाए।

ऋति फाउण्डेसनका कार्यकारी निर्देशक दिनेश गौतमले कर्णालीमा राष्ट्रियस्तरको बहसको आवश्यक रहेको महसुस गरी विसं २०७६ देखि कर्णाली उत्सवको यात्रा निरन्तर चलिरहेको जनाए ।

उनले भने, “कर्णालीले आफ्नो कुरा आफैँ भन्न र विचारको बहसबाट देशको चिन्तन गर्न थालेको छ । कर्णालीलाई मात्र नभई देशलाई अन्तर्राष्ट्रियस्तरमा चिन्न चिनाउन उत्सव उत्प्रेरक बनेको उनले दाबी गरे।

उद्घाटन समारोहमा डा सुधा शर्माले विद्धत प्रवचन, इतिहासकार प्रा डा राजाराम सुवेदीको कर्णाली धरोहर र मनोहर, समाजसेवी म्याडी डोयनको ‘अ जर्नी फ्रम जर्जी टु कर्णाली’को विद्धत प्रवचन प्रस्तुत गरिएको थियो । पैकेलोको रूपमा जीवन प्रशिक्षक नरबहादुर कार्कीले आफ्नो जीवनी प्रस्तुत गरे।

उत्सवको पाँचौँ संस्करणमा १३ सेसन, तीनवटा पैकेलोको प्रस्तुति, तीनवटै विद्धत प्रवचन र हरेक दिन साङ्गीतिक÷साहित्यिक साँझ सञ्चालन हुने मूल आयोजक समितिका संयोजक कमल लम्सालले जानकारी दिए।

प्रकाशित मिति : ५ फाल्गुन २०८०, शनिबार  ९ : ५६ बजे

विमानस्थलबाट एक महिनामा सुनसहित ४५ पक्राउ

काठमाडौँ – त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट प्रहरीले एक महिनाको अवधिमा एक

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा भयो १४ अर्ब ५६ करोड

काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पछिल्लो २४ घण्टामा

युक्रेनमाथि रुसको आक्रमण

काठमाडौँ । रुसी सेनाले बुधबार राति युक्रेनमा ठुलो मात्रामा आक्रमण

अनेरास्ववियुका चेतन अयडीको हत्या प्रकरण : ६ जनालाई जन्मकैद, १८ जनालाई सफाइ

काठमाडौँ । बाजुराका चेतन अयडीको हत्या आरोपमा ६ जनालाई जन्म

बागमतीमा १३४ दरबन्दी घटाउने मन्त्रिपरिषद्को निर्णय

हेटौँडा – बागमती प्रदेश सरकारले प्रदेशअन्तर्गतका कार्यालय तथा निकायको सङ्गठन