सङ्घीयता कर्णालीवासीका लागि वरदान : प्रदेश प्रमुख परियार « Khabarhub

सङ्घीयता कर्णालीवासीका लागि वरदान : प्रदेश प्रमुख परियार


५ फाल्गुन २०८०, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

कर्णाली – कर्णाली प्रदेशका प्रमुख तिलक परियारले सङ्घीयता कर्णालीवासीका लागि वरदान सावित भएको बताएका छन्।

ऋति फाउण्डेसनद्वारा आज वीरेन्द्रनगर सुर्खेतको बुलबुले उद्यानमा सञ्चालन गरिएको ‘कर्णाली उत्सवः कुडा कर्नालीका’ पाँचौँ संस्करणको उद्घाटन गर्दै उनले सङ्घीय व्यवस्थाकै कारण यहाँका नागरिकको जीवनस्तर माथि उठेको र यसले विचार र विमर्शको थालनी गरेको उल्लेख गरे ।

उनले संविधानले व्यवस्था गरेका साझा तथा एकल सूचीका अधिकारको भरपुर उपयोगले सङ्घीयता अझ बलियो बन्ने बताए ।

“तीनै तहका सरकारबीच समन्वय, सहकार्य र सहअस्तित्व कायम गरेर अगाडि बढ्नुपर्दछ”, प्रदेश प्रमुख परियारले भने, “त्यो हुनसकेमात्र कर्णालीको जलविद्युत्, पर्यटन, स्वास्थ्य, शिक्षा, कृषि र पूर्वाधारको विकास हुनसक्छ ।”

राष्ट्रिय तथा अन्तर्राष्ट्रियरूपमा कर्णालीलाई चिनाउन गरिएको उत्सवः कुडा कर्नालीले थालेको बहसले नीति निर्माणमा सहयोग पुग्ने अपेक्षा रहेको उनको भनाइ थियो ।

तीन दिनसम्म सञ्चालन हुने उत्सवमा प्रकोप र पुनःनिर्माण, समाज, साहित्य र विकास, लोकतन्त्र र सुशासनका विषयमा छलफल हुनेछ । कर्णालीको रुपान्तरणका लागि चिन्तनका साथै गन्थन, मन्थनबाट कर्णाली केलाइने आयोजक संस्था ऋति फाउण्डेशनले जनाएको छ ।

उद्घाटनसत्रमा आयोजक सहर ‘वीरेन्द्रनगरमा बहसको बहार’ विषयमा मन्तव्य व्यक्त गर्दैै वीरेन्द्रनगर नगरपालिकाका प्रमुख मोहनमाया ढकालले विचारको बहसले कर्णालीमा नयाँ सवाल पैदा भएको बताए। कुराबाट विचार उत्पन्न भएर विचारले विकासमा टेवा पुग्ने बताउँदै उनले सामाजिक न्यायका हिसाबले पछि परेको कर्णालीका लागि नवीन बहस जरुरी रहेको जनाए।

ऋति फाउण्डेसनका कार्यकारी निर्देशक दिनेश गौतमले कर्णालीमा राष्ट्रियस्तरको बहसको आवश्यक रहेको महसुस गरी विसं २०७६ देखि कर्णाली उत्सवको यात्रा निरन्तर चलिरहेको जनाए ।

उनले भने, “कर्णालीले आफ्नो कुरा आफैँ भन्न र विचारको बहसबाट देशको चिन्तन गर्न थालेको छ । कर्णालीलाई मात्र नभई देशलाई अन्तर्राष्ट्रियस्तरमा चिन्न चिनाउन उत्सव उत्प्रेरक बनेको उनले दाबी गरे।

उद्घाटन समारोहमा डा सुधा शर्माले विद्धत प्रवचन, इतिहासकार प्रा डा राजाराम सुवेदीको कर्णाली धरोहर र मनोहर, समाजसेवी म्याडी डोयनको ‘अ जर्नी फ्रम जर्जी टु कर्णाली’को विद्धत प्रवचन प्रस्तुत गरिएको थियो । पैकेलोको रूपमा जीवन प्रशिक्षक नरबहादुर कार्कीले आफ्नो जीवनी प्रस्तुत गरे।

उत्सवको पाँचौँ संस्करणमा १३ सेसन, तीनवटा पैकेलोको प्रस्तुति, तीनवटै विद्धत प्रवचन र हरेक दिन साङ्गीतिक÷साहित्यिक साँझ सञ्चालन हुने मूल आयोजक समितिका संयोजक कमल लम्सालले जानकारी दिए।

प्रकाशित मिति : ५ फाल्गुन २०८०, शनिबार  ९ : ५६ बजे

नेपालमा सन् २०३० सम्ममा औसत आयु ३.७ वर्षले बढ्न सक्ने अनुमान 

काठमाडौं– नेपालमा सन् २०३० सम्ममा ६० लाख मानिसको ज्यान बच्न

पुराना एम्बुलेन्स सञ्चालन रोक्दा अभाव हुने चिन्ता

चितवन– स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले १० वर्षभन्दा पुराना एम्बुलेन्स सञ्चालन

तनहुँमा एक करोड बराबरको धानबालीमा क्षति

तनहुँ– हालैको वर्षाले तनहुँमा एक करोड बराबरको धानबालीमा क्षति भएको

फेरि बढ्यो सुनचाँदीको मूल्य, कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं– अन्तरराष्ट्रिय बजारमा सुनचाँदीको मूल्यमा आएको उतारचढावको असर स्थानीय बजारमा पनि

काठमाडौं महानगरः पहिलो चौमासिकमा गएको वर्षभन्दा पाँच करोड ६५ लाख बढी राजस्व संकलन

काठमाडौं – चालु आर्थिक वर्षको कार्तिक मसान्तसम्ममा काठमाडौँ महानगरपालिकाले तीन