पाकिस्तानमा महिला पत्रकारमाथि हुने अनलाइन हिंसा बढ्दै « Khabarhub

पाकिस्तानमा महिला पत्रकारमाथि हुने अनलाइन हिंसा बढ्दै


५ फाल्गुन २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

कराँची- पाकिस्तानमा महिला पत्रकारमाथि अनलाइन हिंसा हुने क्रम बढ्दै गएको पाइएको छ । डिजिटल अधिकारका लागि पाकिस्तानी महिला पत्रकारहरुको सञ्जालले महिला पत्रकारमाथि भएको हिंसाप्रति ‘गम्भीर चिन्ता’ प्रकट गर्दै आक्रोशपूर्ण प्रतिक्रिया दिएको छ ।

हालै पाकिस्तानकी प्रभावशाली महिला पत्रकार मेहेर बोखारी र अन्यमाथि अनलाइन प्लेटफर्ममार्फत् भएको हिंसाको उक्त सञ्जालले निन्दा गरेको हो ।

महिला पत्रकारका तस्बिरको दुरुपयोग गरी अनलाइन प्लेटफर्मममा दुष्प्रचार गरिएको, कृत्रिम बुद्धिमत्ता (एआई) को प्रयोग गरी पत्रकारको तस्बिर आपत्तिजनक हिसाबमा सम्पादन गरिएको र यौनिक एवम् लैङ्गिक हिंसा गरिएको सञ्जालको ठहर छ । खसगरी निश्चित राजनीतिक पार्टीका कार्यकर्ताहरुले उनलाई निशाना बनाएको पाकिस्तानबाट प्रकाशित हुने डन अखबारको अनलाइन संस्करणले जनाएको छ ।

पाकिस्तानमा महिला पत्रकारमाथि यसरी डिजिटल प्लेटफर्मममा हिंसा भएको यो पहिलो घटना भने नभएको डनले जनाएको छ । यसअघि पनि महिला पत्रकारहरुले बारम्बार यस्ता हिंसाको सामना गर्दै आएका छन् ।

प्रकाशित मिति : ५ फाल्गुन २०८०, शनिबार  १० : ०३ बजे

सुनका गरगहना चोरीमा संलग्न पाँचजना पक्राउ

काठमाडौं । भक्तपुरको मध्यपुरथिमि नगरपालिका–१, लोकन्थलीस्थित एउटा घरबाट सुनका गरगहना,

प्रधानाध्यापकमाथि हातपात गर्ने २ जना पक्राउ

काठमाडौं । काठमाडौंको बूढानीलकण्ठ नगरपालिका–१०, कपनस्थित बाल उद्धार माध्यमिक विद्यालयका

पोखरा स्कुल बस दुर्घटनाका घाइतेलाई एयर एम्बुलेन्सबाट काठमाडौं लगियो

पोखरा । कास्कीको पोखरा महानगरपालिका–२८ ओख्लेमा स्कुल बस दुर्घटनामा घाइते अश्मि

बूढीगण्डकी बाढी : आरुघाटमा बेलीब्रिज जडानको तयारीमा खटियो सेनाको टोली

काठमाडौं । बूढीगण्डकी बाढीले आरुघाट–धादिङ जोड्ने मोटरेबल पुलमा बगाएपछि सो

उपचार र राहतमा सहमतिपछि स्कुल बस दुर्घटनाका मृतकको अन्त्येष्टि

कास्की – पोखरा महानगरपालिका–२८ कालिकास्थित ओख्लेको भिरमा शुक्रबार बिहान स्कुल