भारतको निर्वाचनमा भाजपा र एनडीएको प्रभाव | Khabarhub Khabarhub

भारतको निर्वाचनमा भाजपा र एनडीएको प्रभाव


४ चैत्र २०८०, आइतबार  

पढ्न लाग्ने समय : 4 मिनेट


102
Shares
  • change font
  • change font
  • change font

नोबेल पुरस्कार विजेता अर्थशास्त्री अर्मात्य सेनले धेरै पहिले नै एउटा कुरा घोषणा गरेका थिए। सन् २०२४ को भारतीय लोकसभा निर्वाचन कसैले भारतीय जनता पार्टी (भाजपा)ले एकछत्र राज गर्ने अनुमान गरेको छ भने गलत हुने उनको ठहर थियो। उनले त अझ भाजपा र काँग्रेसको दुई पक्षीय भिडन्त त कल्पना भन्दा बाहिरको कुरा भएको बताएका थिए। उनले साना तथा क्षेत्रीय दल नै लोकसभा निर्वाचनमा पनि प्रभावकारी हुन्छन् भन्ने भनाइ सार्वजनिक गरेका थिए। उनले भने जस्तै भारतीय निर्वाचनमा धेरै दल अहिले गठबन्धनमा आबद्ध भएका छन्। यो गठबन्धनले साना दललाई पनि एउटा हैसियत प्रदान गरेको छ। साथमा भाजपा र काँग्रेस नेतृत्वमा जुन गठबन्धनले जित हात पारे पनि अब लामो समय साथमा हिँड्न एक किसिमको दबाब सिर्जना भएको छ।

यो प्रक्षेपण सन् २०२३ को सुरुवातकै हो। यो एक वर्षको समयमा भारतीयको मानसिकतामा धेरै परिवर्तन भइसकेको हुनसक्छ। तर, त्यसै समयमा उनले ममता बेनर्जी प्रधानमन्त्री हुन सबै ढङ्गले उपयुक्त भएको बताएका थिए। तृणमुल काँग्रेसकी सुप्रिमो पश्चिम बङ्गालकी मुख्यमन्त्री भाजपाको विरुद्धमा जनलहर नै खडा गरेर प्रधानमन्त्री हुनसक्ने अनुमान त्यो समयमा उनको थियो।

तृणमुल काँग्रेसकी सुप्रिमो पश्चिम बङ्गालकी मुख्यमन्त्री भाजपाको विरुद्धमा जनलहर नै खडा गरेर प्रधानमन्त्री हुनसक्ने अनुमान त्यो समयमा उनको थियो।

तामिलनाडुमा प्रभावशाली रहेको डीएमके मात्र होइन टिएमसी र समाजवादी पार्टी पनि बेवास्ता गर्न नमिल्ने शक्ति हुन्। उनले पिटीआइसगँको अन्तरवार्तामा भाजपालाई चुनौती दिनसक्ने शक्ति धेरै भए पनि एकत्रित हुनु आवश्यक भएको आशय व्यक्त गरेका थिए।

राष्ट्रवादी काँग्रेस पार्टी र जनता दलले एउटा नयाँ गठबन्धन तयार पारेका छन्। यीबाहेक अन्य प्रान्तीय दल पनि कम शक्तिशाली भने छैनन्। चन्द्र शेखर रावोको तेलंगना राष्ट्र समिति र केजरीवालको आम आदमी पार्टी पनि आफ्नो स्थानमा एकदमै प्रभावकारी छन्। जेडी एसका नेता भारतीय राजनीतिमा उत्तिकै प्रभावशाली मान्छिन्। ओमार अब्दुल्लाह लगायत नेताको भूमिका र सक्रियता आसन्न २०२४ को लोकसभा निर्वाचनमा धेरै महत्त्वपूर्ण हुने नै छ।अरुणाञ्चलका जीयोपाङ जमाङ अर्का प्रभावशाली प्रान्तीय दलका नेता हुन्।

एक वर्षअघि सेनले भनेका धेरै कुरामा अहिले पनि समानता छ। धेरै कुरामा फरक आइसकेको छ। खासमा अहिले इन्डियामा आबद्ध दल भन्दा एनडीएमा आबद्ध धेरै प्रभावकारी भएका छन्। एक वर्षको अन्तरालमा धेरै कुरामा परिवर्तन भइसकेको छ। यो एक वर्षमा भारतमा दुई ध्रुव तयार भइसकेका छन्। कतिपयले कित्ता परिवर्तन पनि गरिसकेका छन्। काँग्रेसको नेतृत्वमा रहेको इन्डिया तथा भाजपाको नेतृत्वको एनडीए अन्तिम भिडन्तमा जाँदा गत साता एउटा सर्वेक्षण भएको थियो। सो सर्वेक्षणले एनडीएले सानदार जित हात पार्ने देखाएको छ।

एनडीए गठबन्धनले चार सयको आँकडा पार गर्ने सर्वेक्षणले देखाएको छ। पाँच सय ४३ सिटको लोक सभामा एनडीएले चार सय ११ सिट जित्ने प्रक्षेपण गरिएको छ भने भाजपा एक्लैले तीन सय ५० पार गर्ने अनुमान गरिएको छ।

पाँच सय ४३ सिटको लोक सभामा एनडीएले चार सय ११ सिट जित्ने प्रक्षेपण गरिएको छ भने भाजपा एक्लैले तीन सय ५० पार गर्ने अनुमान गरिएको छ।

२१ राज्यका एक लाख भन्दा मानिसमा गरिएको सो सर्वेक्षण अनुसार भाजपा हिन्दी भाषामा नै मुख्य भाषा रहेको उत्तरी क्षेत्रमा धेरै लोकप्रिय रहको पाइएको छ। बिहार, उत्तर प्रदेश र मध्य प्रदेशमा भाजपाको विशेष पकड रहने देखिएको छ।

पश्चिम बङ्गाल र दक्षिणी भारतका विगतको भन्दा भाजपा अझ लोकप्रिय रहेको छ। जेडीयु र टीडीपीको यस गठबन्धनमा विशेष भूमिका रहने छ। तमिल नाडुमा पाँच, केरलामा २ तथा पश्चिम बङ्गालमा २१ सिट जित्ने अनुमान छ। सो सिट सङ्ख्या भाजपाले सन् २०१९ को निर्वाचनमा जितेको भन्दा अलिकति बढी हो।

उत्तर प्रदेशमा ७७, मध्य प्रदेशमा २८, विहारमा ३८, झार खण्डमा १२ तथा कर्नाटकमा २५ सिट जित्ने प्रक्षेपण गरिएको छ। पछिल्लो सर्वेक्षण अनुसार नै मोदीको गृह राज्य गुजरातमा भाजपाले क्लीन स्वीप गर्दै २६ सिट नै जित्ने छ।

परम्परागत रूपमा भाजपाको प्रभाव क्षेत्र नभए पनि यस पटकको निर्वाचनमा केही राज्यको अस्वाभाविक उपस्थिति देखिँदै छ। उडिसामा १३, पश्चिम बङ्गालमा २५ , तेलंगनामा ८ तथा आन्ध्र प्रदेशमा १८ सिट जित्ने प्रक्षेपण गरिएको छ।

यो सर्वेक्षण काँग्रेसका लागि ठुलो धक्का नै हो। काँग्रेस ४९ सिटमा सीमित हुनसक्ने छ। लोकसभाको निर्वाचनमा काँग्रेसको दोस्रो खराब उपस्थिति हुनेछ।

प्रान्तीय पार्टी एआइएडएमके, बीएसपी, बीआरएस, बीजेडी र वाइएसआरसीपीका लागि यो निर्वाचन अत्यन्त खराब हुनसक्ने छ। यसले भाजपाको अवस्थालाई अझ कमजोर बनाएको छ। भाजपा नेतृत्वको एनडीएले ५० प्रतिशतको हाराहारीमा लोकप्रिय मत पाउन सक्नेछ।

उत्तर प्रदेशमा भाजपा नेतृत्वको एनडीएले ५७ प्रतिशत मत पाउने प्रक्षेपण छ भने इन्डिया गठबन्धनले २६ प्रतिशत मत पाउने देखिएको छ। बिहारको अवस्था पनि त्यस्तै छ। एनडीए गठबन्धनले ५८ प्रतिशत मत पाउन सक्नेछ।

भाजपाको यो सफलतामा प्रान्तीय दलको प्रभाव पनि उत्तिकै छ। उत्तर प्रदेशमा भाजपा नेतृत्वको एनडीएले ५७ प्रतिशत मत पाउने प्रक्षेपण छ भने इन्डिया गठबन्धनले २६ प्रतिशत मत पाउने देखिएको छ। बिहारको अवस्था पनि त्यस्तै छ। एनडीए गठबन्धनले ५८ प्रतिशत मत पाउन सक्नेछ।

तामिल नाडुको अवस्था भने फरक छ। भाजपाले ५ स्थानमा जित हात पार्नसक्ने छ भने डीएमके काँग्रेस गठबन्धनले कुल ३९ सिटमा अनुमानित ३० सिटमा जित हात पार्ने छन्। महाराष्ट्रमा एनडीएले ४८ मध्यका ४१ तथा इन्डियाले बाँकी सिट जित्ने अनुमान छ।

पश्चिम बङ्गालमा भाजपाको सिट सङ्ख्या १७ बाट बढेर २५ पुग्न सक्नेछ। टीएमसीले १७ स्थानमा जित हात पार्न सक्ने छ। बङ्गालको निर्वाचन त काँग्रेसका लागि अझ दुखद हुनसक्ने छ ।

भारतको निर्वाचन आयोगले निर्वाचनका लागि मिति तय गरिसकेको छ। १९ अप्रिलदेखि सात चरणमा गरेर १ जुनसम्म निर्वाचन हुनेछ। पाँच वर्ष अघि पनि केही राज्यमा भाजपाको अवस्था एकदमै सुदृढ थियो।हरियाणा र राजस्थानमा भाजपा बलियो थियो। ती दुवै राज्यमा अहिले पनि भाजपा बलियो छ। तामिल नाडुमा एनडीले तामील मनिला काँग्रेस तथा इन्डियाले एआइएडएमकेसँग गठबन्धन गरेका हुन्।

आन्ध्र प्रदेशमा भाजपाले सिट बाँडफाँडमा धेरै नै बुद्धिमानी पुरा गरेको देखिएको छ। जनसेना पार्टी र टीडीपीले भाजपासँगको गठबन्धनले आन्ध्र प्रदेशमा आफ्नो पकड बढ्दै गएको जनाएको छ।

डीएमकेले पनि सत्तारुढ गठबन्धनसँग गरेको छ। आन्ध्र प्रदेशमा भाजपाले सिट बाँडफाँडमा धेरै नै बुद्धिमानी पुरा गरेको देखिएको छ। जनसेना पार्टी र टीडीपीले भाजपासँगको गठबन्धनले आन्ध्र प्रदेशमा आफ्नो पकड बढ्दै गएको जनाएको छ।

न्युज १८ को सर्वेक्षण त्यस्तै छ। दक्षिणी राज्यमा भाजपाको प्रभाव विगतको भन्दा धेरै सुधारिएको छ। यस पटकको निर्वाचनमा कर्नाटकमा काँग्रेसको अवस्था सबै भन्दा धेरै बिग्रिएको छ। गत निर्वाचनमा काँग्रेसको प्रभाव रहेको सो क्षेत्रमा यसमा तीन स्थानमा मात्र जित हात पार्ने सम्भावना देखिएको छ। इकोनोमिक टाइम्स, मिन्ट

प्रकाशित मिति : ४ चैत्र २०८०, आइतबार  ८ : २७ बजे

प्रधाननमन्त्रीमा ओलीको नियुक्तिविरुद्धको रिट संवैधानिक इजलासमा पठाइयो

काठमाडौं-  प्रधानमन्त्री केपी शर्मा ओलीको नियुक्तिबारेमा परेको रिटको निरुपण अब

देउवाले चुनावी सरकारको नेतृत्व गर्न ओलीलाई ७ महिना ‘बोनस’

काठमाडौं– प्रतिनिधिसभाको ठूलो दल नेपाली कांग्रेसले चुनावी सरकारको नेतृत्व गर्ने

बागमती र लुम्बिनी प्रदेशका मुख्यमन्त्रीले दिए राजीनामा

काठमाडौं- बागमती र लुम्बिनी प्रदेशका मुख्यमन्त्रीले राजीनामा दिएका छन् ।

६१ अंकले बढ्यो नेप्से, कारोबार १५ अर्ब बढी 

काठमाडौं– साताको पहिलो नेपाल स्टक एक्सचेञ्ज –नेप्से) मा उछाल आएको

युसएआइडीको नेपाल निर्देशकमा क्याटी नियुक्त

वासिङ्टन डिसी- नेपालको सामाजिक आर्थिक विकासमा महत्वपूर्ण सहयोग पुर्‍याउँदै आएको