रास्वपाले मन्त्रीहरूलाई सघाउन विज्ञ समूह बनाउने « Khabarhub

रास्वपाले मन्त्रीहरूलाई सघाउन विज्ञ समूह बनाउने


४ चैत्र २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


231
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्नो पार्टीबाट मन्त्री बनेकाहरूलाई सघाउन सम्बन्धित विषयमा विज्ञता हासिल गरेका र अनुभव भएकाहरूको समूह बनाउने निर्णय गरेको छ ।

मन्त्रीहरू र पार्टीबीच समन्वय गर्न गठित डा. स्वर्णिम वाग्ले  नेतृत्वको समन्वय समितिको आज बसेको बैठकले आफ्नो पार्टीबाट मन्त्री भएकाहरूलाई सघाउन विज्ञ समूह बनाउने निर्णय गरेको हो ।

महामन्त्री ढकाल र शिशिर खनाल सदस्य रहेको सो समितिले सरुवा, बढुवा तथा नियुक्तिको अनुचित सिफारिस गर्नेलाई पार्टीको साधारण सदस्य समेत नरहने गरी निष्कासन गर्ने निर्णय समेत गरेको छ ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको वर्तमान सरकारमा रास्वपाका सभापति रवि लामिछाने उपप्रधानमन्त्री तथा गृहमन्त्री, उपसभापति डोलप्रसाद अर्याल श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री, सुमना श्रेष्ठ शिक्षा विज्ञान तथा प्रविधि मन्त्री र विराजभक्त श्रेष्ठ युवा तथा खेलकुद मन्त्रीको रुपमा सहभागी छन् ।

 

प्रकाशित मिति : ४ चैत्र २०८०, आइतबार  १० : ५४ बजे

मानव–हात्ती द्वन्द्व न्यूनीकरणका लागि सुरक्षा कार्ययोजना पुनरावलोकन

झापा– झापामा मानव–हात्ती द्वन्द्वका घटना बढ्दै गएपछि त्यसबाट हुने मानवीय

एनपीएल : काठमाडौँ र जनकपुर तथा कर्णाली र विराटनगर भिड्दै

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल

बिहीबार भगवान विष्णुको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल कात्तिक १२ गते बिहीबार सन् २०२६

आज २०८३ साल कात्तिक १२ गते बिहीबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक १२ गते बिहीबार सन् २०२६

उत्तर यमनमा साउदी हवाई आक्रमणमा १४ जनाको मृत्यु, १० घाइते

साना – यमनको उत्तरी प्रान्त अल–जौफमा बुधबार भएको साउदी हवाई