दुईपक्षीय सहमतिपछि शिक्षकको आन्दोलन स्थगित « Khabarhub

दुईपक्षीय सहमतिपछि शिक्षकको आन्दोलन स्थगित


४ चैत्र २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


279
Shares
  • change font
  • change font
  • change font

रौतहट– रौतहटको फतुवा विजयपुर नगरपालिका र आन्दोलनरत शिक्षकबीच दुईपक्षीय सहमति भएपछि आन्दोलन स्थगित गरिएको छ । तलबको माग गर्दै आन्दोलनमा उत्रिएका फतुवा बिजयपुर नगरपालिकाका शिक्षकहरूले धर्ना स्थगित गरेका छन् ।

आन्दोलनरत शिक्षक र नगरपालिकाबीच सहमति भएसँगै शिक्षकहरूले जारिराखेको धर्नाको कार्यक्रम स्थगित गरिएको हो। नेपाली कांग्रेस जिल्ला सभापति तथा रौतहट निर्वाचन क्षेत्र- ३ ख का प्रदेश सांसद सुनिल यादव( जितेन्द्र) को पहलमा कार्यवाहक नगर प्रमुख अम्बेया खातुन, प्रमुख प्रशासकीय अधिकृत उपसचिव सुरेन्द्र प्रधान र आन्दोलनरत शिक्षकको बीचमा होली पर्वअगावै  सम्पूर्ण शिक्षक तथा कर्मचारीहरूको तलब उपलब्ध गराउने शुक्रबार साँझ सहमति भएको शिक्षक संघका नगर अध्यक्ष राधेश्याम यादवले बताएका छन्।

सोहीसहमतिको आधारमा फतुवा बिजयपुर नगरक्षेत्रअन्तर्गतको ३२ वटै विद्यालयमा कक्षा १ देखि ९ सम्मको बार्षिक परीक्षा आइतबार एक दिन स्थगित गरिएको मावि विजयपुरको प्रधानाध्यापक शंकर राय यादवले जानकारी दिएका छन् ।

भोलि सोमबारदेखि सम्पूर्ण विद्यालयमा परीक्षा सञ्चालन गर्ने र छुटेका विषयको अन्तिममा परीक्षा लिने सहमति भएको उनले बताए। फतुवा विजयपुर नगरक्षेत्रअन्तर्गतका ३२ विद्यालयका शिक्षा, कर्मचारी र अन्य क्षेत्रका कर्मचारी गरी ३५० जनाले गत साउनदेखि हालसम्म तलब नपाएको कारण गत बुधबारदेखि नगरपालिकाअगाडि धर्नामा बस्दै आएका थिए ।

फतुवा बिजयपुरका निर्वाचित मेयर नेपाली कांग्रेसका गोपाल राय यादव नदीको टेन्डरमा दोषी ठहर भएर विशेष अदालतबाट दण्ड सजायको फैसला भएपछि उनको पद जाँदा कांग्रेसकै निर्वाचित उपमेयर अम्बेया खातुन कार्यवाहक मेयर बनेकी थिइन् ।

उनले कार्यवाहकको जिम्मेवारी पाएपछि कांग्रेसकै वडा अध्यक्षहरू, कार्यपालिका सदस्यहरूसँग पटक पटक विवाद भएर गत असार १० गतेभित्र हुनुपर्ने नगरसभा ५ महिना ढिलो भएको कारण नगरको सम्पूर्ण आर्थिक कारोबार बन्द भएको छ ।

कार्यवाहक मेयर खातुन र उपसचिव प्रधानको सक्रियतामा सामाजिक सुरक्षाभत्ता वितरण भए पनि कर्मचारी तथा शिक्षकले हालसम्म तलब पाउन सकेका छैनन् ।

लगातार ९ महिनादेखि तलब पाउन नसकेका शिक्षक कर्मचारी होली पर्व कसरी मनाउने भनेर ठूलो चिन्ता भएको बताइरहेका छन् । फतुवा बिजयपुर नगरपालिका स्थापित भएदेखि नै शिक्षक कर्मचारी तलब पाउनकै लागि बर्सेनि आन्दोलन गर्नुपर्ने बाध्यता रहेको छ ।

प्रकाशित मिति : ४ चैत्र २०८०, आइतबार  १ : ५७ बजे

सिमलतालमा सडक भासिँदा नारायणगढ-मुग्लिन सडक एकतर्फी सञ्चालन

नारायणगढ (चितवन)- नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत चितवनको सिमलतालमा करिब ७० मिटर सडक

यूएईको गोप्य भ्रमणमा नेतान्याहू

काठमाडौँ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले आइतबार संयुक्त अरब इमिरेट्स

प्रतिबन्धले इरानी उड्डयन क्षेत्र प्रभावित भएको अमेरिकी दाबी

एजेन्सी । संयुक्त राज्य अमेरिकाले इरानको उड्डयन क्षेत्र माथि लगाएको

पहिरोले सडक अवरुद्ध : स्वास्थ्यचौकी लैजाने क्रममा बाटोमै शिशुको जन्म

बागलुङ । बागलुङको बडिगाडमा एक जना गर्भवतीले बाटोमै शिशुलाई जन्म

बाढीपहिरोबाट म्याग्दीका २०० परिवार विस्थापित

म्याग्दी । यही असोज ८ देखि ११ गतेसम्म परेको वर्षात्