टोखामा ‘मेयर दीर्घायु निःशुल्क स्वास्थ्य परीक्षण’ सुरु « Khabarhub

टोखामा ‘मेयर दीर्घायु निःशुल्क स्वास्थ्य परीक्षण’ सुरु


४ चैत्र २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


921
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौँको टोखा नगरपालिकामा ‘मेयर दीर्घायु निःशुल्क स्वास्थ्य परीक्षण’ कार्यक्रम सुरु गरिएको छ । टोखाले नगरभित्रका ६० वर्ष नाघेका ज्येष्ठ नागरिकलाई निःशुल्क स्वास्थ्य परीक्षण तथा औषधि वितरण गर्ने उद्देश्यले आजदेखि मेयर दीर्घायु निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सुरु गरेको हो । उक्त अभियान टोखा चण्डेश्वरी प्रादेशिक अस्पतालमा सुरु गरिएको छ ।

कार्यक्रमको शुभारम्भ गर्दै टोखा नगरपालिकाका प्रमुख प्रकाश अधिकारीले पालिकाभित्रका ज्येष्ठ नागरिकलाई स्वास्थ्य बनाउनका लागि उक्त अभियान सञ्चालन गरिएको जानकारी दिए । ‘विगतका दिनमा नगरपालिकाले सुरु गरेको अभियानमा उत्साहपूर्वक जनसहभागिता देखिएपछि मेयर दीर्घायु कार्यक्रमलाई निरन्तरता दिएका हौँ’,उनले भने ।

टोखाका प्रमुख प्रशासकीय अधिकृत शेरबहादुर बिसीले टोखाका बासिन्दाको स्वास्थ्यलाई ध्यानमा राखेर उक्त अभियान सञ्चालन गरिएको बताए । पालिकाले उक्त कार्यक्रम सञ्चालन गर्नका लागि आवश्यक नीति तथा कानुन निर्माण गरिसकेको उनले जानकारी दिए ।

नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख रनलाल कुलालले उक्त अभियानका लागि टोखाले चालू आवमा ६५ लाख रुपैयाँ बजेट विनियोजन गरेको जानकारी दिए । टोखाले उक्त अभियानलाई विगत चार वर्षदेखि सञ्चालन गरिरहेको भन्दै यस वर्षका लागि आजदेखि सुरुवात गरिएको उनको भनाइ छ ।

उक्त अभियानलाई आगामी दिनमा टोखा–११ को सहरी स्वास्थ्य केन्द्रबाट पनि सुरु गरिने नगरपालिकाले जनाएको छ । अभियानअन्तर्गत ज्येष्ठ नागरिकको ‘होलवडी’ चेकजाँच गरिनेछ ।

प्रकाशित मिति : ४ चैत्र २०८०, आइतबार  ४ : ०६ बजे

छ सय वर्ष पुरानो खड्गदेवीमा भक्तजनको भीड

दमौली (तनहुँ)- तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा रहेको प्रसिद्ध खड्गदेवी मन्दिरमा

नवरात्रको सातौँ दिन : कालरात्रि देवीको विधिपूर्वक पूजा आराधना

काठमाडौं- नवरात्रको सातौँ दिन दसैँ घर तथा पूजाकोठामा नवदुर्गामध्येकी सातौँ

किशोर श्रेष्ठलाई पक्राउ गरिएकोबारे पत्रकार महासंघले के भन्यो ?

काठमाडौं- नेपाल पत्रकार महासंघले जनआस्था साप्ताहिकका प्रधानसम्पादक किशोर श्रेष्ठलाई प्रहरीले

एसिया–प्रशान्तको समृद्धिमा जोड दिँदै एपीईसी सम्मेलन

बेइजिङ- एसिया–प्रशान्त क्षेत्रको आर्थिक समृद्धि र सहकार्य प्रवद्र्धन गर्ने उद्देश्यले

गृहमन्त्री गुरुङद्वारा जीवित देवी कुमारीको दर्शन

काठमाडौँ- गृहमन्त्री सुधन गुरुङले जीवित देवी कुमारीको दर्शन गरेका छन्