दीपाको निर्देशन क्षमतामाथि प्रश्न, प्रतिवाद गर्दै दीपक भन्छन– कामको जश नदिनु अन्याय « Khabarhub

दीपाको निर्देशन क्षमतामाथि प्रश्न, प्रतिवाद गर्दै दीपक भन्छन– कामको जश नदिनु अन्याय


४ चैत्र २०८०, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सिने क्षेत्रमा दीपकराज गिरी र दीपाश्री निरौला (दीपक–दीपा)को जोडीको विशिष्ट स्थान छ । सानो पर्दादेखि ठूलो पर्दासम्म यो जोडीको सहकार्यले निरन्तरता पाएको छ । दर्शकको पनि राम्रो साथ पाएको कुरा उनीहरूले निर्माण गरेको फिल्म ‘छक्का पञ्जा’का श्रृंखलाले नै प्रष्ट पार्छ ।

छक्का पञ्जा १, २ र ३ दीपाले निर्देशन गरेकी हुन् । यी फिल्ममा दीपकको नाम नायक र निर्माताका भूमिका सीमित छ । सोही कारण यो टिमलाई दीपकले निर्देशन गरे पनि दीपाको नाम निर्देशकका रूपमा राखिएको फिल्म निर्माण गरिएको आरोप लागेको छ ।

नेपाल अन्तर्राष्ट्रिय फिल्म महोत्सवको ‘निर्देशक हराएको सूचना’ अन्तरक्रियामा दीपकले यो आरोप तथ्यहीन भएको दाबी गरे । यसरी टिप्पणी गर्नु निर्देशक प्रतिको अन्याय रहेको उनको ठहर छ ।

दीपक थप्छन्, ‘त्योसँग म सहमत छैन । यो कुरा चाहिँ निर्देशक प्रतिको अन्याय हो । दीपाजीको नाम मात्र हो दीपकले निर्देशन गर्छ भन्ने प्रतिक्रिया मैले पहिलादेखि नै सुन्दै आएको हुँ । यो कुराले दीपाजीलाई जति नराम्रो लाग्छ त्यो भन्दा बढी मलाई लाग्छ ।’

यद्यपि छायांकनमा क्रममा आफूले आवश्यक र विज्ञता राख्ने विषयमा निर्देशकलाई सल्लाह दिने आफ्नो बानी रहेको उनले बताए ।

उनले थपे, ‘सिनेमा भनेको सामूहिक कार्य हो । हाँक्ने काम निर्देशक हो । फिल्म राम्रो होस् भनेर म दीपा जी होस् वा अन्य निर्देशक सबैलाई म सल्लाह दिइरहन्छु । राख्ने–नराख्ने उहाँहरुको विचार हो । म चाहिँ कुनै दृश्यका बारेमा फरक सोच आयो भने निर्देशकलाई भन्छु, तर हस्तक्षेप गर्ने होइन ।’

तस्बिर : चिरायु शाक्य 

प्रकाशित मिति : ४ चैत्र २०८०, आइतबार  ४ : २५ बजे

एनपीएलमा जनकपुर विजयी, काठमाडौं ८ विकेटले पराजित

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलको बिहीबारको दोस्रो खेलमा जनकपुर बोल्ट्स

नेप्से परिसूचक ३१ अंकले बढ्यो

काठमाडौँ –  धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज

खर्चको विवरण सार्वजनिक गर्नुपर्नेमा समितिको जोड

काठमाडौँ– भोटेकोशी तथा कालीगण्डकी करिडोर विपद्सम्बन्धी अध्ययन तथा अनुगमन संसदीय

बनेपा बजार क्षेत्रको सडक निर्माण अघि बढ्यो

काठमाडौँ– लामो समयदेखि विवादका कारण रोकिएको सूर्यविनायक–धुलिखेल सडक आयोजनाअन्तर्गत बनेपा

काठमाडौँ क्लाइमेट एक्सन विक-२०२६ र खबरहबबीच समझदारीपत्रमा हस्ताक्षर

काठमाडौँ–  नेपालमा पहिलोपटक आयोजना हुन लागेको ऐतिहासिक नेपालको राष्ट्रिय जलवायु सप्ताह