‘सिड्नी ब्लुज’को ७० प्रतिशत छायांकन अस्ट्रेलियामा हुने  « Khabarhub

‘सिड्नी ब्लुज’को ७० प्रतिशत छायांकन अस्ट्रेलियामा हुने 


४ चैत्र २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.6k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–  शंकर कार्कीले निर्देशन गर्न लागेको चलचित्र ‘सिड्नी ब्लुज’मा अभिनेता पुष्प खड्का पक्का भएका छन् । शुक्रबार निर्माण पक्ष र पुष्पले सम्झौता गरेका छन् ।

यो चलचित्रमा पुष्पसँगै अञ्जना बराइली, रवीन्द्र झा लगायतको प्रमुख भूमिका रहने छ । असार दोस्रो हप्तापछि छायांकनमा निस्कने निर्माण पक्षले जनाएको छ ।

‘सिड्नी ब्लुज’ देशको सम्भावनालाई बेवास्ता गरी बिदेसिएका युवाहरूको कथा आधारित फिल्म भएको निर्देशक कार्कीले खुलाएका छन् । उनी भन्छन्, ‘अस्ट्रेलिया बस्ने युवक जसको जीवन बाहिर देख्दा निकै सुन्दर तर यथार्थमा अन्धकार छ । सो युवकको कथा यो चलचित्र मार्फत भन्ने प्रयास गर्नेछु ।’

निर्माण पक्षका अनुसार फिल्मको छायांकन ७० प्रतिशत अस्ट्रेलिया र ३० प्रतिशत नेपालमा हुनेछ ।  चलचित्रमा चार भिन्न लुक्स र चुनौतीपूर्ण भूमिकामा अभिनय गर्नुपर्ने अभिनेता पुष्पले जानकारी दिए ।

चलचित्रको कथा शिव आर ठकुरीको हो भने पटकथा लेखक किरण घिमिरे (माइकल) हुन् । आर्ट मुभिजको प्रस्तुतिमा डि मिडियाले बनाउने यो चलचित्रको  निर्माता आरती शाही हुन् ।

प्रकाशित मिति : ४ चैत्र २०८०, आइतबार  ४ : ३३ बजे

महाअष्टमीमा सुदूरपश्चिमकै प्रसिद्ध उग्रतारा भगवती मन्दिरमा भक्तजनको घुइँचो

डडेलधुरा – महाअष्टमी पर्वका अवसरमा सुदूरपश्चिमकै प्रसिद्ध धार्मिक शक्तिपीठ उग्रतारा

चङ्गा : अन्तर्राष्ट्रिय खेल पर्यटनदेखि दसैँको उत्सवसम्म

दसैँको सिजन आउँदा सहरका घरका छतहरूबाट चङ्गा उडाउने दृष्य अब

कञ्चनपुरको गड्डाचौकीमा ‘अल्फा’ र ‘डेल्टा’ को ड्युटी: सीमापार अपराध रोक्न कडा सुरक्षा कडाइ

महेन्द्रनगर – नेपाल-भारत सीमावर्ती क्षेत्रमा हुनसक्ने आपराधिक गतिविधि, लागूऔषध ओसारपसार

दसैँको मुखमा नुवाकोटवासीलाई राहत, ढुङ्गे र त्रिशूली बजार जोड्ने झोलुङ्गे पुल सञ्चालन

नुवाकोट – गत भदौ १० गते भोटेकोशीको बाढीले नुवाकोटको विदुर

१२ शय्याबाट सुरु भएको यात्रा: करोडौँको दृष्टि परीक्षण र लाखौँ शल्यक्रिया

काठमाडौँ – कुनै समय पूर्वी नेपालका नागरिकलाई आँखामा सामान्य समस्या