शीतलकृष्ण महाराजले हिंसा गरेको श्रीमतीको आरोप « Khabarhub

शीतलकृष्ण महाराजले हिंसा गरेको श्रीमतीको आरोप


४ चैत्र २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


25.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौ- भागवत कथा बाचक आचार्य श्री शीतलकृष्णजी महाराजले आफूमाथि अन्याय गरेको भन्दै श्रीमती स्वीकृति पौडेल भुसालले आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गरेकी छिन् ।

सातजुनीसम्म सँगै बिताउने कसम खाएर बिहे गरेकी श्रीमतीलाई मन लागुञ्जेल भोग गरेपछि बीचैमा छाडेर भाग्नु हिन्दु परम्पराविपरीत भएको पत्नी स्वीकृतिको गुनासो छ ।

कथित धर्मगुरु भनेर चिनिने प्रसिद्ध कथावाचक शीतलकृष्ण महाराज भुसालले आफ्नो जीवनमाथि खेलबाड गरेको र जबरजस्ती डिभोर्सका लागि दबाब दिएको उनले बताइन् ।

आइतबार रिपोर्टर्स क्लबमा पत्रकार सम्मेलन गर्दै उनले आफूलाई पतिले पटक–पटक हिंसा गरेको आरोप लगाइन् । उनले भनिन्, ‘हाम्रो विवाह भएको तीन वर्ष भयो । विवाहपश्चात् केही महिना राम्रोसँग बित्यो तर पछि उहाँको दुर्व्यवहार र दुश्चरित्रहरु मैले अनुभव गर्न थालें । मैले सो व्यवहारका विषयमा उहाँलाई बारम्बार भन्दा पनि उहाँले मलाई रगताम्य हुने गरी कुटपिट गर्ने आदि घट्ना हुन थाले ।’

स्वीकृतिले भनिन्, ‘यतिमात्र नभई मलाई भ्रुणहत्या गर्न विवश बनाइयो । म सहँदै गएँ । मैले मेरो पीडा माईती पक्षलाई पनि केही भनिनँ ।’

स्वीकृतिले पत्रकार सम्मेलनमा भनिन्, ‘अकस्मात मलाई छोडपत्र दिने विचारले जिल्ला अदालत नवलपुरमा डिभोर्स फाइल पेश गरेको जानकारी आयो । म यो अप्रत्यासित र अकल्पनीय खबर सुनेर एक्कासी बेहोस भएँ । मन लागुञ्जेलसम्म सँगै बस्ने अनि मन भरिएपछि विभिन्न बाहाना गरेर यसै गरेर छोडपत्र गर्दै जाने प्रवृत्ति के उचित हो र ?’

प्रकाशित मिति : ४ चैत्र २०८०, आइतबार  ५ : १२ बजे

भोलि खुलामञ्चमै कांग्रेस केन्द्रीय समिति बैठक

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक सोमबार बिहान १०

रक्षा बमको कटाक्ष : धन्न जेनजीहरूले रगत बगाइदिए, प्रधानमन्त्री हुन पाए

काठमाडाैं – प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को टिप्पणीप्रति जेनजी अभियन्ता रक्षा

बालेनलाई सचिनको जवाफ : ‘धन्न कांग्रेसले लोकतन्त्र स्थापना गरेछ, टिप्पणी गर्न पाएका छन्’

काठमाडाैं – नेपाली कांग्रेसका युवा नेता सचिन तिमिल्सिनाले प्रधानमन्त्री बालेन्द्र

यस्तो छ कांग्रेसको निर्वाचन कार्यक्रम, मनोनयन दर्ता मंगलबार

काठमाडौं । नेपाली कांग्रेसले निर्वाचन कार्यक्रम सार्वजनिक गरेको छ  ।

गगनको अभिव्यक्तिपछि बालेनले भने : ‘धन्न खुलामञ्च राम्रो बनाइएछ’

काठमाडाैं – प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले नेपाली कांग्रेसको १५औँ महाधिवेशन