शीतलकृष्ण महाराजले हिंसा गरेको श्रीमतीको आरोप | Khabarhub Khabarhub

शीतलकृष्ण महाराजले हिंसा गरेको श्रीमतीको आरोप


४ चैत्र २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


25.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौ- भागवत कथा बाचक आचार्य श्री शीतलकृष्णजी महाराजले आफूमाथि अन्याय गरेको भन्दै श्रीमती स्वीकृति पौडेल भुसालले आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गरेकी छिन् ।

सातजुनीसम्म सँगै बिताउने कसम खाएर बिहे गरेकी श्रीमतीलाई मन लागुञ्जेल भोग गरेपछि बीचैमा छाडेर भाग्नु हिन्दु परम्पराविपरीत भएको पत्नी स्वीकृतिको गुनासो छ ।

कथित धर्मगुरु भनेर चिनिने प्रसिद्ध कथावाचक शीतलकृष्ण महाराज भुसालले आफ्नो जीवनमाथि खेलबाड गरेको र जबरजस्ती डिभोर्सका लागि दबाब दिएको उनले बताइन् ।

आइतबार रिपोर्टर्स क्लबमा पत्रकार सम्मेलन गर्दै उनले आफूलाई पतिले पटक–पटक हिंसा गरेको आरोप लगाइन् । उनले भनिन्, ‘हाम्रो विवाह भएको तीन वर्ष भयो । विवाहपश्चात् केही महिना राम्रोसँग बित्यो तर पछि उहाँको दुर्व्यवहार र दुश्चरित्रहरु मैले अनुभव गर्न थालें । मैले सो व्यवहारका विषयमा उहाँलाई बारम्बार भन्दा पनि उहाँले मलाई रगताम्य हुने गरी कुटपिट गर्ने आदि घट्ना हुन थाले ।’

स्वीकृतिले भनिन्, ‘यतिमात्र नभई मलाई भ्रुणहत्या गर्न विवश बनाइयो । म सहँदै गएँ । मैले मेरो पीडा माईती पक्षलाई पनि केही भनिनँ ।’

स्वीकृतिले पत्रकार सम्मेलनमा भनिन्, ‘अकस्मात मलाई छोडपत्र दिने विचारले जिल्ला अदालत नवलपुरमा डिभोर्स फाइल पेश गरेको जानकारी आयो । म यो अप्रत्यासित र अकल्पनीय खबर सुनेर एक्कासी बेहोस भएँ । मन लागुञ्जेलसम्म सँगै बस्ने अनि मन भरिएपछि विभिन्न बाहाना गरेर यसै गरेर छोडपत्र गर्दै जाने प्रवृत्ति के उचित हो र ?’

प्रकाशित मिति : ४ चैत्र २०८०, आइतबार  ५ : १२ बजे

आज २०८१ साल साउन १२ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार तदनुसार

माछा मार्ने क्रममा पानीमा डुबेर एक जनाको मृत्यु

झापा – झापाको गौरीगञ्ज गाउँपालिका–१ महाभारामा आज दिउँसो माछा मार्ने

अझै हटेन पशुचौपाया छाड्ने प्रवृति

कैलाली – कैलालीमा पशुचौपाया छाडा छाड्ने प्रवृति अझै हट्न सकेको

खर्च नियम उल्लङ्घन गरेको आरोपमा इयुद्वारा फ्रान्सविरुद्ध कारबाही

ब्रसेल्स – फ्रान्स, इटाली र युरोपेली सङ्घ (इयु) ब्लकका अन्य

पाँच वर्षपछि लिबियामा भारतीय राजदूतावास पुनः स्थापना

काठमाडौं – भारतले उत्तर अफ्रिकी मुलुक लिबियामा आफ्नो राजदूतावास पुनः