गृहमन्त्रीमाथि प्रहार गरेर सरकार ढाल्ने ध्याउन्नमा कांग्रेस लागेको छ : बर्तौला « Khabarhub

गृहमन्त्रीमाथि प्रहार गरेर सरकार ढाल्ने ध्याउन्नमा कांग्रेस लागेको छ : बर्तौला


४ चैत्र २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा एमालेका प्रमुख सचेतक महेशकुमार बर्तौलाले सरकार ढाल्ने योजनामा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि पूर्वाग्राही भएर लागेको आरोप लगाएका छन् ।

आइतबार संघीय संसद भवनमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले कांग्रेस गृहमन्त्री लामिछानेमाथि प्रहार गरेर वर्तमान सरकार ढाल्ने योजनामा लागेको आरोप लगाएका हुन् ।

कांग्रेसले २८ दिनभित्र सरकार ढाल्ने अभिव्यक्ति दिइरहेको बताउँदै उनले सहकारी तथा सुन तस्करी प्रकरणमा दोषी देखिएकालाई कारबाही हुने दाबी गरे ।

सुन तस्करी प्रकरणमा उच्चस्तरीय जाँचबुझ आयोगले दिएको प्रतिवेदनको पूर्ण कार्यान्वयन हुने दाबी गर्दै उनले दोषीलाई कारबाही गर्नुपर्नेमा जोड दिए ।

प्रकाशित मिति : ४ चैत्र २०८०, आइतबार  ५ : २८ बजे

पहिरोले बीपी राजमार्गसहित विभिन्न सडक अवरुद्ध

काठमाडौँ– प्रहरी प्रधान कार्यालयले लगातारको वर्षाका कारण खहरेखोलाबाट लेदोसहित ढुङ्गामाटो

अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, मौसममा सुधार

काठमाडौँ– मौसम पूर्वानुमान महाशाखाले अर्नब चक्रवातको अवशेषका रूपमा पश्चिम नेपाल

अकबरे खुर्सानीको बोट मर्न थालेपछि किसान चिन्तित

इलाम– अकबरे खुर्सानीको बोट मर्न थालेपछि इलामका किसान चिन्तित बनेका

नेपालगन्ज भन्सारबाट पाँच अर्ब २४ करोड राजस्व संकलन

बाँके– नेपालगन्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको पहिलो तीन महिनामा

आइतबारका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण