ब्राउनसुगरसहित तीन जना पक्राउ « Khabarhub

ब्राउनसुगरसहित तीन जना पक्राउ


४ चैत्र २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


105
Shares
  • change font
  • change font
  • change font

झापा– ब्राउनसुगरसहित तीन जना पक्राउ परेका छन् ।  मेचिनगर नगरपालिका-१३ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ५ ग्राम २० मिलिग्रामसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा बुद्धशान्ति गाउँपालिका-३ बस्ने २९ वर्षीय भिम बहादुर मगर र सोही गाउँपालिका-२ बस्ने २४ वर्षीय रोशन उपरकोटी रहेका छन् ।

इलाका प्रहरी कार्यालय धुलाबारी र लागूऔषध नियन्त्रण ब्यूरो काँकरभिट्टाबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

त्यस्तै, कैलालीकाे धनगढी उपमहानगरपालिका-३ बाट अवैध लागूऔषध ब्राउनसुगर २ ग्राम ८ सय ५० मिलिग्रामसहित गोदावरी नगरपालिका-४ बस्ने २२ वर्षीय बिषाल ऐडीलाई प्रहरीले पक्राउ गरेको छ ।

वडा प्रहरी कार्यालय धनगढी र प्रहरी चौकी त्रिनगर कैलालीबाट खटिएको संयुक्त टोलीले उनलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो ।

प्रकाशित मिति : ४ चैत्र २०८०, आइतबार  ५ : ३४ बजे

एनएफएलमा तीन नयाँ क्लब थपिने

काठमाडौं – नेपाल फुटबल लिग ९एनएफएल० ले तीन नयाँ क्लब

तापक्रम वृद्धिका विषयमा नेपाल–भुटानको संयुक्त प्रस्ताव

काठमाडौं – नेपाल र भुटानले हिमाली क्षेत्रमा जलवायु परिवर्तनका कारण

रवीन्द्र मिश्रले भने : ‘सत्ता कब्जा’काे सङ्केत देखियो

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का पूर्वउपाध्यक्ष रवीन्द्र मिश्रले पछिल्लो

नेपालका आठ हजार मिटरमाथिका हिमाललाई अन्तरराष्ट्रिय मान्यता दिलाउन पहल

काठमाडौं – नेपाल सरकारले विश्वका आठ हजार मिटरभन्दा अग्ला हिमालको

बेगनास ताल किनारमा सुरु भयो ‘फिस फेस्टिभल’

कास्की – पोखराको दोस्रो ठूलो बेगनास तालको किनारमा आजदेखि ‘फिस