कर्मचारीलाई बालेनकाे निर्देशन : वार्षिक लक्ष्य पूरा गर्न सक्रिय हुनु « Khabarhub

कर्मचारीलाई बालेनकाे निर्देशन : वार्षिक लक्ष्य पूरा गर्न सक्रिय हुनु


४ चैत्र २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले विभागीय प्रमुखहरूलाई विश्वास कायम राखेर उच्च मनोबलका साथ काम गर्न आग्रह गरेका छन् ।

चालु आर्थिक वर्षको ६ महिनामा प्राप्त भएका उपलब्धि, यसका लागि झेल्नु परेका समस्या र लक्ष्य प्राप्त गर्न अवलम्बन गरिएका उपायका विषयमा आज आयोजित छलफलमा उनले सेवा प्रवाहलाई अझ चुस्त बनाएर कार्य सम्पादन गर्न सबै विभागीय प्रमुखहरूलाई निर्देशन दिए ।

‘गलत गर्नु हुँदैन, गल्ती गर्नेलाई कारबाही र राम्रो गर्नेलाई प्रोत्साहन गर्नुपर्छ । असल नियतले काम गर्दागर्दै भएको भूललाई सहज लिनुपर्छ । मनसाय गलत राखिएका गल्तीप्रति आँखा चिम्लनु हुँदैन,’ प्रमुख शाहले भने, ‘गएको वर्षको तुलनामा यस वर्ष गुनासा कम छन् । सुधारका सङ्केतहरु देखिएका छन् । खर्च कम भयो भनेर नआत्तिनू, भौतिक प्रगति कति भएको छ हेर्नू, काम भइसकेपछि भुक्तानी नरोक्नू, कोही कर्मचारी बिदामा बसेका कारण सेवा प्रभावित हुनु हुँदैन । कोही बिदामा बस्दा सेवा प्रवाह नरोकिने व्यवस्था मिलाउनुपर्छ ।’

उनले वर्षौंसम्म काम गरिरहेका कर्मचारीको अनुभव र क्षमताको प्रयोगबाट धेरै प्रगति हासिल गर्न सकिने उल्लेख गर्दै उनले भने, ‘धेरै कार्यक्रममध्ये कुन कामलाई प्राथमिकता दिने भन्ने अन्योल नहोस् भनेर हामीले महानगर गौरव र स्वर्णिम योजना कार्यान्वयनमा ल्याएका हौँ । यी कार्यक्रमको कार्यान्वयन दायित्व विभागीय प्रमुखहरूको हो । यसलाई प्राथमिकता राख्नुहोला ।’

लक्ष्य प्राप्त गर्न कर्मचारीको सक्रियता आवश्यक रहेको बताउँदै प्रमुख शाहले भ्रमण, गोष्ठी र कार्यशाला घटाउन र वार्षिक लक्ष्य पूरा गराउन सक्रिय हुन निर्देशन दिए।  बैठकमा उपप्रमुख सुनिता डङ्गोल, प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियार, सहरी योजना आयोगका उपाध्यक्ष डा सुमननरसिंह राजभण्डारी सहभागी थिए । यस क्रममा विभागका प्रमुखहरूले प्रगतिको सङ्क्षिप्त जानकारी गराएका थिए ।

प्रकाशित मिति : ४ चैत्र २०८०, आइतबार  ६ : ०० बजे

मलेसियामा हुने सिन्डिकेट र बिचौलिया अन्त्य गर्न प्रधानमन्त्री बालेनको एक्सन

काठमाडौँ – प्रधानमन्त्री वालेन्द्र शाह र मलेसियाका प्रधानमन्त्री अनवर इब्राहिमबीच

यमन सङ्कट चर्किँदा साउदीको साथमा बेलायत, हवाई इन्धन सहयोग गर्ने

लन्डन– यमनका हुथी विद्रोहीबाट साउदी अरबमाथि भइरहेको आक्रमणको सामना गर्न बेलायतले

एसियाली खेलकुद : नेपाल थाइल्यान्डपछि पाकिस्तानसँग पराजित

काठमाडौं– जापानमा जारी २० औँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष कबड्डीको

प्रोटोकल तोड्दै प्रधानमन्त्री बालेन: भीआईपी बिदाइ, रेड कार्पेट र गार्ड अफ अनर बिना अमेरिका उड्दै

काठमाडौँ – प्रधानमन्त्री वालेन्द्र शाहले विमानस्थलमा देखिने वर्षौँ पुरानो अर्को

भुटानको राष्ट्रिय क्रिकेट टोलीले पोखरामा चार वटा अभ्यास खेल खेल्ने

कास्की– विश्व पर्यटन दिवसका अवसर पारेर भुटानको राष्ट्रिय क्रिकेट टोलीले