नाउपाले सुदूरपश्चिममा समर्थन कायमै राख्ने « Khabarhub

नाउपाले सुदूरपश्चिममा समर्थन कायमै राख्ने


४ चैत्र २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


309
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नागरिक उन्मुक्ति पार्टीले सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन कायम राख्ने निर्णय गरेको छ ।

बहुमत प्रदेशसभा सदस्यले सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन कायमै राख्ने निर्णय गरेको नाउपाको दाबी छ ।

सुदूरपश्चिम प्रदेशसभा संसदीय दलको बैठक राखेर यस्तो निर्णय गरेको पार्टीको भनाइ छ । बैठक प्रदेशसभा संसदीय दलको नेता घनश्याम चौधरीको अध्यक्षतामा बसेको थियो ।

बैठकमा पाँच जना प्रदेशसभा सदस्य थिए भने  सरकारलाई दिएको समर्थन कायमै राख्ने निर्णय गरेको बताइएको छ । सो बैठकमा सदस्यहरू कैलाश चौधरी र टीका थापा सहभागी थिएनन् ।

नाउपामा पछिल्लो समय पार्टी अध्यक्ष रन्जिता श्रेष्ठ र पार्टी संरक्षक रेशमलाल चौधरीबीच सरकारमा जाने र नजानेमा विवाद छ । श्रेष्ठले केन्द्र सरकारलाई पनि समर्थन गरेकी छन् । तर चौधरी यसको विपक्षमा उभिएका छन् ।

प्रकाशित मिति : ४ चैत्र २०८०, आइतबार  ६ : ०८ बजे

इजरायलमा तीन वर्षमा १ हजार ३१८ सुरक्षाकर्मीको मृत्यु

काठमाडौँ– इजरायलको रक्षा मन्त्रालयले सन् २०२३ अक्टोबर ७ देखि जारी

सञ्चार क्षेत्र व्यवस्थित गर्न बलियो नियामक संयन्त्र आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

काठमाडौँ- सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले सञ्चार तथा पत्रकारिता क्षेत्रलाई

ब्राजिल निर्वाचन : पूर्वराष्ट्रपति जइरका छोरा फ्लेभियोलाई अग्रता, बोल्सोनारो परिवार मालामाल

रियो- ब्राजिलको राष्ट्रपतीय निर्वाचनमा पूर्वराष्ट्रपति जाइर बोल्सोनारोका जेठा छोरा फ्लेभियो

महामन्त्रीमा उम्मेदवारी दिएपछि डिलाले भनिन्- महिलाका मुद्दा उठाउँछु

काठमाडौं– नेपाली कांग्रेसकी सहमहामन्त्री डिला संग्रौलाले पार्टीको महामन्त्री पदमा उम्मेदवारी

दक्षिणपूर्वी एसियामा चीनको सैन्य पहुँच विस्तार, लाओसमा नयाँ हवाई केन्द्र सञ्चालन

काठमाडौँ- चीनले दक्षिणपूर्वी एसियामा आफ्नो सैन्य पहुँच विस्तार गर्दै लाओसको