प्रहरीले सार्वजनिक गर्यो नक्कली नोटसहित प्रकाउ परेका तीन अभियुक्त « Khabarhub

प्रहरीले सार्वजनिक गर्यो नक्कली नोटसहित प्रकाउ परेका तीन अभियुक्त


४ चैत्र २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


213
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– ललितपुर प्रहरीले नक्कली नोट सहित तीन जनालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी परिसर ललितपुरले आइतबार पत्रकार सम्मेलन गर्दै नक्कली नोट छाप्ने र कारोबार गर्ने गोदावरी नगरपालिका ३ टौखेल बस्ने करण प्रधान, काभ्रे मण्डनदेउपुर बस्ने सञ्जय अधिकारी र बेथानचोक घर भई बनेपा सबिन हुमागाईंलाई पक्राउ गरी सार्वजनिक गरेको हो ।

नक्कली नोटबाट कारोबारको सुचना आएपछि करण प्रधानलाई एक हजारको २० थान नक्कली नोटसहित पक्राउ गरिएको र सोधपुछ गर्ने क्रममा सञ्जय अधिकारीको पनि संलग्नता देखिएपछि १ सय १५ वटा एक हजार नोटसहित पक्राउ गरिएको जिल्ला प्रहरी परिसर ललितपुरका प्रमुख एसएसपी शेखर खनालले जानकारी दिए ।

त्यस्तै थप अनुसन्धान गर्दा मोवाइल पसल व्यवसाय गर्ने सबिन हुमागाईंलाई एक हजारको ६९ वटा र पाँच सयको १ वटा नक्कली नोट सहित पक्राउ गरिएको उनले बताए ।

पक्राउ परेका हुमागाईंले आफ्नै पसलमा नक्कली नोट छाप्ने गरेको खुलेको खनालले बताए ।

उनीहरूबाट नक्कली नोट छाप्न प्रयोग हुने प्रिन्टर, सादा पेपर चार सय थानलगायत बरामद गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ परेका तीनै जनालाई मुद्रा सम्बन्धी कसुरमा म्याद थप भई थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित मिति : ४ चैत्र २०८०, आइतबार  ६ : ५१ बजे

एनपीएल खेल्न नेपाल आइपुगे डेभिड वार्नर (तस्बिरहरू)

काठमाडौं – अस्ट्रेलियाका स्टार क्रिकेटर डेभिड वार्नर नेपाल आइपुगेका छन्

आँबुखैरेनीमा माइक्रो दुर्घटना, चालकसहित ११ जना घाइते

तनहुँ – पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ बरादीस्थित आज साँझ माइक्रो

भद्रपुरले जित्यो अन्तरराष्ट्रिय हक्की प्रतियोगिताको उपाधि

झापा – पहिलोपटक जिल्लामा सञ्चालित ‘प्रथम अन्तरराष्ट्रिय नकआउट हक्की प्रतियोगिता’

पाल्पामा राहदानी लिन सदरमुकाम धाउनुपर्ने बाध्यता हट्यो

पाल्पा – राहदानी लिन सदरमुकाम तानसेन पुग्नुपर्ने सोच बनाइरहेका रम्भा

ट्रम्प भने : इरानका अझै पनि ‘एकाध लक्ष्य’ नियन्त्रणमा लिन बाँकी छ

वाशिङ्टन – अमेरिकाले इरानको धेरै सैन्य क्षमता नष्ट गरेको तर