सुनसरीमा आगलागीबाट ५० लाखको क्षति | Khabarhub Khabarhub

सुनसरीमा आगलागीबाट ५० लाखको क्षति


४ चैत्र २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


183
Shares
  • change font
  • change font
  • change font

इनरुवा – सुनसरीको बर्जु गाउँपालिका–४ मा आज भएको आगलागीमा करिब रु ५० लाख बराबरको क्षति भएको छ ।

स्थानीय विष्णुदेव पौदारको घरबाट अचानक आगलागी हुँदा १५ वटा घर जलेर नष्ट भई रु ५० लाख बराबरको क्षति भएको हो ।

आगलागीमा परेर स्थानीयको घर, घरभित्र रहेका विभिन्न फर्निचरका सामग्री, खाद्यान्न सामग्री, कपडालगायत सामग्री जलेर नष्ट भएको सुनसरीका प्रहरी नायब उपरीक्षक नवीनकृष्ण भण्डारीले जानकारी दिए ।

आगलागीमा घरसहित अन्य सामग्री जलेर नष्ट हुँदा रु ५० लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।

आगलागीलाई विराटनगर र इटहरीबाट गएको वारुणयन्त्रण, स्थानीयवासी र प्रहरीको सहयोगमा नियन्त्रण लिएको छ । आगलागीको विषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

प्रकाशित मिति : ४ चैत्र २०८०, आइतबार  ७ : ५२ बजे

बाढीको जोखिम बढ्दो : सतर्कता अपनाउन उदयपुर प्रशासनको आग्रह

उदयपुर – मनसुन सक्रिय भएसँगै पहाडी तथा उच्च हिमाली क्षेत्रमा

चन्दा उठाएर प्रहरी चौकी निर्माण

सिरहा – यहाँको लहान नगरपालिका–१३ स्थित पक्कीटोलका स्थानीयले आपसी सहयोग

माथिल्लो क्षेत्रको विपद्सम्बन्धी सूचना आदानप्रदानका लागि चीनसँग समन्वय बढाइने

काठमाडौं – नेपाल भएर बग्ने नदीनालाको माथिल्लो जलाधार क्षेत्रका हिमतालका

रसुवा बाढी : मृत्यु भएका आठ जनाको शव काठमाडाैं ल्याइयो, एक जनाको आजै अन्त्येष्टि

काठमाडौं – रसुवामा मङ्गलबार गएको भीषण बाढीमा परेर मृत्यु भएका

थुनिएको म्याग्दी नदी बग्न थाल्यो

म्याग्दी – धवलागिरि गाउँपालिका–४ बाँसबोटको भिरबाट खसेको पहिरोले आज दिउँसो