नेसपाका सहअध्यक्ष श्रेष्ठले भने, ‘केन्द्रीय समितिले गरेको निर्णय कार्यान्वयन गरेका हौँ’  « Khabarhub

नेसपाका सहअध्यक्ष श्रेष्ठले भने, ‘केन्द्रीय समितिले गरेको निर्णय कार्यान्वयन गरेका हौँ’ 


४ चैत्र २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


144
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल समाजवादी पार्टी नेसपाका सहअध्यक्ष गंगानारायण श्रेष्ठले आफूहरूले केन्द्रीय समितिले निर्णयलाई कार्यान्वयन गरेको बताएका छन् ।

शनिबार नेकपा माओवादी केन्द्रसँग एकता गर्ने निर्णय गरेका उनीले खबरहबसँग भने, ‘व्याज हुने अवस्था छैन । हामीले मंसिर ६ गतेको चौथो केन्द्रीय समितिले गरेको निर्णय कार्यान्वयन गरेका छौँ ।’

मंसिर ६ मा बसेको नेसपा केन्द्रीय समितिको बैठकले माओवादी लगायत विचार मिल्ने पार्टीसँग एकता गर्ने भनिएको र आफूहरूले त्यही  निर्णय कार्यान्वयन गरेको श्रेष्ठको दाबी छ  ।

उनले केन्द्रीय समितिले गरेको निर्णयलाई कार्यकारिणी समितिले  उल्टाउन नमिल्ने बताए ।

शनिबार नेसपा दोस्रो वर्यताका अर्का अध्यक्ष महिन्द्रराय यादव पक्षले शनिबार माओवादी केन्द्रसँग एकता गरेको पत्र सार्वजनिक गरेको थियो ।

पत्रमा माओवादीको तर्फबाट महासचिव देवप्रसाद गुरुङ र उपमहासचिव जनार्दन शर्मा तथा नेसपाबाट सह अध्यक्ष गंगानारायण श्रेष्ठ र महासचिव रमेशप्रसाद यादवले निर्णय गरेका थिए ।

सहमतिमा भने माओवादी केन्द्रका महासचिव देव गुरुङ र नेसपाका महासचिव रमेश प्रसाद यादवले हस्ताक्षर गरेका थिए ।

नेसपाबाट प्रतिनिधिसभामा यादवसहित २ सांसद छन् भने बागमती र गण्डकी प्रदेशसभामा पनि १–१ सांसद छन् । उनीहरू सबै माओवादी केन्द्रको चुनाव चिन्हबाट निर्वाचित भएका हुन् ।

श्रेष्ठले तीन दशकदेखि आफू बाबुरामलाई साथ दिँदै आएको र अहिले पनि सम्बन्ध नटुटेको विचार मात्र फरक भएको बताए ।

प्रकाशित मिति : ४ चैत्र २०८०, आइतबार  ७ : ५८ बजे

सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती

कास्की – पोखराको प्रसिद्ध शक्तिपीठ विन्ध्यवासिनी मन्दिरमा बडादसैँको सप्तमीका अवसरमा

म्यान्मामा सैन्य हवाई आक्रमण, ११ सर्वसाधारणको मृत्यु

ढाका – म्यान्माको मध्यक्षेत्रमा पर्ने एक गाउँमा सेनाले गरेको हवाई

बागमती किनारमा दसैँको रौनक, लिङ्गे पिङमा रमाउँदै बालबालिका (तस्बिरहरू)

काठमाडाैं – कुपोण्डोलस्थित बागमती नदी किनारमा दसैँको उमङ्ग, लिङ्गे पिङ

अस्थायी मर्मतपछि दसैँमा सहज बन्दै बागलुङका सडक

बागलुङ – बाढीपहिरोले क्षति पुर्‍याएका बागलुङका राष्ट्रिय राजमार्गदेखि ग्रामीण सडकसम्म

करेन्ट लागेर महिलाको मृत्यु

ओखलढुङ्गा – ओखलढुङ्गाको चिशङ्खुगढी गाउँपालिका–१, कुमलटारमा करेन्ट लागेर ५४ वर्षीया