पार्टीलाई बलियो बनाउन एक ढिक्का हुन आवश्यक : विजयकुमार गच्छदार « Khabarhub

पार्टीलाई बलियो बनाउन एक ढिक्का हुन आवश्यक : विजयकुमार गच्छदार


४ चैत्र २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


105
Shares
  • change font
  • change font
  • change font

इनरुवा – नेपाली कांग्रेसलाई बलियो बनाउनका लागि सबै एक ढिक्का हुन आवश्यक रहेको पूर्वउपप्रधानमन्त्री तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य विजयकुमार गच्छदारले बताएका छन् ।

नेपाली कांग्रेस सुनसरीले आज सदरमुकाम इनरुवामा आयोजना गरेको अगुवा कार्यकर्तासँगको अन्तरक्रिया कार्यक्रममा नेता गच्छदारले कांग्रेस बलियो भएन भने लोकतन्त्र नै कमजोर हुने भएकाले लोकतन्त्रलाई जोगाउन र अहिलेको व्यवस्थालाई ठीक ढङ्गले अगाडि बढाउनका लागि कांग्रेसलाई बलियो बनाउन आवश्यक रहेको उनले बताए ।

पछिल्लो समय देशको राजनीतिक गतिविधि सही ‘ट्र्याक’मा अगाडि नबढेको उनले सुनाए । देशको राजनीतिलाई सही ट्र्याकमा अगाडि बढाउनका लागि कांग्रेसलाई मजबुत पार्टीका रुपमा स्थापित गर्न आवश्यक रहेको नेता गच्छदारले बताए ।

कांग्रेसका केन्द्रीय सदस्य तथा अनुशासन समितिका सदस्य राजीव कोइराला, पूर्वराज्यमन्त्री सीताराम मेहता, पार्टी सभापति तथा इनरुवा नगरपालिकाका प्रमुख केदार भण्डारी, इनरुवा नगरपालिकाका उपप्रमुख विनिता मेहता, दुहबी नगरपालिकाका प्रमुख बेद गच्छदार, पार्टीका सुनसरी उपसभापति पङ्कज महतो, सुनसरी सचिव वीरेन्द्रकुमार साहलगायतको सहभागिता थियो ।

प्रकाशित मिति : ४ चैत्र २०८०, आइतबार  १० : ४७ बजे

जितिया पर्वको निराहार व्रत समापन

जनकपुर– सन्तानको दीर्घायु, सुस्वास्थ्य र समृद्धिको कामनासहित महिलाले मनाउने जितिया

तनहुँका दुई हजार पाँचसय बढी किशोरीलाई एचपीभी खोप

तनहुँ– तनहुँका दुई हजार ५४८ किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्ध एचपिभी

पर्वतमा बाढीपहिरोबाट तीन सय परिवार विस्थापित

पर्वत– पर्वतमा बाढीपहिरोबाट तीनसय परिवार विस्थापित भएका छन् । जिल्लाभर

देउवाबाट गगनको निम्तो अस्वीकार, महाधिवेशनमा नजाने

काठमाडौँ– नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा संस्थापन पक्षको आजबाट सुरु

कांग्रेसको महाधिवेशनस्थल खुलामञ्च (तस्बिर)

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ राष्ट्रिय महाधिवेशन आजदेखि काठमाडौँको खुलामञ्चमा सुरु