सर्लाहीमा ट्र्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु « Khabarhub

सर्लाहीमा ट्र्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु


४ चैत्र २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


147
Shares
  • change font
  • change font
  • change font

सर्लाही – सर्लाहीको बसबरिया गाउँपालिका–३ मा भएको ट्र्याक्टर दुर्घटनामा एकजनाको ज्यान गएको छ ।

बसबरिया गाउँपालिका–३ का दिनकर रायको प्रदेश २–०२–००१ त ०४३५ नम्बरको ट्र्याक्टर खेतमा काम गरेर फर्किंदा बसबरिया गाउँपालिका–३ कोठिहारस्थित नहरमा आज करिब ७ बजे पल्टिँदा ट्र्याक्टरका चालक बसबरिया गाउँपालिका–३ का १९ वर्षीय पुजेरी माझीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रवक्ता एव प्रहरी नायब उपरीक्षक दीपेन्द्र पञ्जियार थारूले राससलाई जानकारी दिए ।

उनका अनुसार बसबरिया गाउँपालिका–३ कोठिहारस्थित नहरमा ट्र्याक्टर पल्टिँदा ट्र्याक्टरका चालक माझीको ज्यान गएको र ट्र्याक्टरमा सवार ट्र्याक्टर धनी बसबरिया गाउँपालिका–३ का अन्दाजी ५० वर्षीय सञ्जीवकुमार यादव सकुशल रहेका छन् ।

ट्र्याक्टर धनी यादव फरार रहेका छन् । दुर्घटनामा संलग्न ट्र्याक्टर इलाका प्रहरी कार्यालय बरहथवाको नियन्त्रणमा रहेको र शवलाई शवपरीक्षणका लागि प्रादेशिक अस्पताल मलङ्गवा, सर्लाही पठाइएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी नायब उपरीक्षक थारूले जानकारी दिए ।

प्रकाशित मिति : ४ चैत्र २०८०, आइतबार  ११ : ०२ बजे

एनपीएलको तेस्रो संस्करण आजदेखि, उद्घाटन खेलमा सुदूरपश्चिम र लुम्बिनीबीच प्रतिस्पर्धा

काठमाडौँ– नेपाली क्रिकेटको महाकुम्भ नेपाल प्रिमियर लिग (एनपीएल) आजदेखि सुरु

कात्तिक स्नान, तुलसी पूजा र आकाशदीपदान आजदेखि सुरु

काठमाडौँ– प्रत्येक वर्ष आश्विन शुक्ल पूर्णिमाका दिन सुरु हुने कात्तिक

आज सोमबार, भगवान शिवको यसरी पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल कात्तिक ९ गते सोमबार सन् २०२६

आज २०८३ साल कात्तिक ९ गते सोमबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक ९ गते सोमबार सन् २०२६

दशैंपछि मुक्तिनाथ मन्दिरमा दर्शनार्थी बढे

मुस्ताङ – हिन्दु तथा बौद्ध धर्मालम्बीहरुको धार्मिक साझा तीर्थस्थल मुक्तिनाथ