कोलकाताले दिएको चुनौतीपूर्ण लक्ष्यविरुद्ध राजस्थानको रोचक जित « Khabarhub

कोलकाताले दिएको चुनौतीपूर्ण लक्ष्यविरुद्ध राजस्थानको रोचक जित


५ बैशाख २०८१, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत मंगलबार राति भएको खेलमा कोलकाता नाइट राइडर्सले दिएको चुनौतीपूर्ण लक्ष्य राजस्थान रोयल्सले ८ विकेटको क्षतिमा भेट्टाएको छ।

कोलकाताले ६ विकेटको क्षतिमा दिएको २२४ रनको लक्ष्य राजस्थानले ८ विकेटको क्षतिमा अन्तिम बलमा एक रन जोडेर पूरा गरेको हो। यो जितसँगै राजस्थान १२ अंकसहित आईपिएलको शीर्ष स्थानमा कायम छ। राजस्थानले सात खेल खेल्दा ६ जित दर्ता गरेको छ। दोस्रो स्थानमा रहेको कोलकाताले ६ खेलमा चार जित निकाल्दै आठ अंक जोडेको छ।

राजस्थानले टस जितेर सुरुमा ब्याटिङको निम्तो दिएको खेलमा सुनिल नारायणको शतक प्रहार गरेपछि कोलकाताले विशाल लक्ष्य प्रस्तुत गरेको थियो। इडेन गार्डेनमा पहिला ब्याटिङ थालेको कोलकाताले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै २२३ रन बनाएको थियो।

कोलकाताका ओपनर सुनिलले ५६ बलमा १३ चौका र ६ छक्कासहत १०९ रन बनाए। त्यस्तै अंकृष्ण रघुवंशी ३०, आन्द्रे रसेल १३, श्रेयस अय्यर ११ र फिल साल्ट १० रन बनाए।

सुनिल नारायण ।

राजस्थानका लागि कुलदीप सेन र आभेस खान दुई दुई तथा युजबेन्द्र चाहल र ट्रेन्ट बोल्डले एक एक विकेट लिए।

२२४ रनको लक्ष्य पछ्याएको राजस्थानका लागि जोस बटलरले ९ चौका र ६ छक्काको मद्दतमा नटआउट १०७ रन प्रहार गरे। रियान पराग ३४, रोभम्यान पावेल २६, यशस्वी जैसवाल १९, कप्तान सञ्जु सामसन १२ रनमा आउट हुँदा अन्य ब्याटसम्यानले दोहोरो अंक जोड्न सकेनन्। राजस्थानको जितका लागि बटलरको योगदान विशेष रहयो। अन्तिम ओभरसम्म शानदार प्रदर्शन गर्दा कोलकातामाथि दुई विकेटको रोचक जित दर्ता गरेका हुन्। उनी प्लेयर अफ दि म्याचसमेत बने।

राजस्थानको ब्याटिङ लाइन कमजोर बनाउन कोलकाताका लागि हर्षित राना, सुनिल नारायण र वरुण चक्रवर्तीले दुईदुई विकेट हात पारे भने वैभव अरोराले एक विकेट लिए।

आईपिएल अन्तर्गत बुधबार गुजरात टाइटन र दिल्ली क्यापिटल्सको खेल हुँदैछ। यो खेल साँझ ७:४५ बजे सुरु हुनेछ।

प्रकाशित मिति : ५ बैशाख २०८१, बुधबार  ६ : २० बजे

यस्तो अवस्थामा छ जनकपुर चुरोट कारखाना (तस्बिरहरू) 

 जनकपुरधाम– लामो समयदेखि बन्द अवस्थामा रहेको जनकपुर चुरोट कारखाना पुनः

कोलम्बिया–इक्वेडर व्यापार युद्ध चर्कियो

बोगोटा– दक्षिण अमेरिकाका दुई छिमेकी मुलुक कोलम्बिया र इक्वेडरबीच जारी

अस्पताल सेवा सुधार कार्यविधि जारी

काठमाडौं– स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले ‘अस्पताल सेवा सुधार कार्यविधि २०८२’

‘साउथ एसिया ओबेसिटी फोरम’को दोस्रो अन्तर्राष्ट्रिय सम्मेलन काठमाडौंमा

काठमाडौं– काठमाडौंमा ‘साउथ एसिया ओबेसिटी फोरम’को दोस्रो अन्तर्राष्ट्रिय सम्मेलन सुरु

इस्टरको अवसरमा रुस–युक्रेनबीच अस्थायी युद्धविराम सुरु

एजेन्सी– चार वर्षदेखि जारी भीषण द्वन्द्वका बीच अर्थोडक्स इस्टरको अवसर