व्यस्त एटलान्टा र दुबई एयरपोर्ट | Khabarhub Khabarhub

व्यस्त एटलान्टा र दुबई एयरपोर्ट


५ बैशाख २०८१, बुधबार  

पढ्न लाग्ने समय : 4 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

संसारका केही अन्तर्राष्ट्रिय विमानस्थल एकदमै व्यस्त छन्। यसरी व्यस्त रहने एयरपोर्टमा रहने पहिलो एयरपोर्टमा सन् २०२३ मा पनि एटलान्टाको हार्ट फिल्ड ज्याक्सन अन्तर्राष्ट्रिय विमानस्थल रहेको छ। कोरोना महामारीले अत्यन्त धेरै असर गरेको वर्ष सन् २०२० लाई छाड्ने हो भने पछिल्लो दुई दशकदेखि सोही एयरपोर्ट सबै भन्दा व्यस्त एयरपोर्टको रूपमा रहेको छ।

एयरपोर्ट काउन्सिल अन्तर्राष्ट्रिय प्रेमिलिनरी वरियता अनुसार दुबई पहिलो पटक दोस्रो वरियतामा उक्लेको छ। सो डेटाका अनुसार सन् २०२३ मा दुबईले ८७ मिलियन पेसेन्जरको सेवा गरेको थियो। पछिल्लो वर्ष ३१ प्रतिशतले त्यहाँको यात्रु सङ्ख्यामा वृद्धि भएको हो। यो सन् २०१९ को तुलनामा भने १ प्रतिशत वृद्धि हो।

एसिआई वर्ल्डका प्रबन्ध निर्देशक लुइस फिलिप डी ओलिभियराले बताए अनुसार यस बिचमा उनीहरूले संसारका १ सय ४ देशका दुई सय ६२ स्थानमा यात्रा गरेको देखियो।

ओलिभियराको अनुसार सन् २०२२ मा पाँचौँ स्थानमा रहेको एयरपोर्ट एकै पटक त्यत्ति धेरैमाथि उक्लनु साँच्चै ठुलो सफलता हो। यसै सफलताको मुख्य कारण भनेको गएको दशकमा मध्यपूर्व तथा एसिया प्यासिफिकमा भएको आर्थिक उत्थान तथा विश्व अर्थतन्त्रको त्यस क्षेत्रको प्रभाव रहेको ओलिभियराको मत छ। दुबईले एटलान्टालाई पछि पार्ने सम्भावना भने तत्कालका लागि एकदमै कम छ।

एटलान्टाले सन् २०२३ मा १०४ दशमलव ७ मिलियन यात्रु ओसारेको थियो। यो कोरोना महामारी सुरु हुनु अगाडि सन् २०१९ को तुलनामा यो करिब ५ प्रतिशत कमी हो।

एटलान्टाले सन् २०२३ मा १०४ दशमलव ७ मिलियन यात्रु ओसारेको थियो। यो कोरोना महामारी सुरु हुनु अगाडि सन् २०१९ को तुलनामा यो करिब ५ प्रतिशत कमी हो।

ओलिभियराको अनुमानमा सन् २०२४ मा १ सय १० मिलियनले त्यहाँ यात्रा गर्ने छन्। त्यो भनेको सन् २०१९ कै हाराहारी हो।

विश्वव्यापी रूपमा हेर्ने हो भने सन् २०२२ को तुलनामा २०२३ मा २७ प्रतिशत बढी हवाई यात्रा भएको थियो। त्यो भनेको सन् २०१९ को ९४ प्रतिशत हो।

घरेलु यात्रा सबै भन्दा धेरै हुने अमेरिकामा सन् २०२३ मा शीर्ष चारमा पर्ने कुल चार एयरपोर्ट छन्। डालास फोर्ट वर्थ तेस्रोमा छ भने डेनभर छैटौँ तथा लस एन्जलस आठौँ र सिकागो ओ हारे नवौँ स्थानमा छन्। सन् २०२३ मा पर्यटन र अन्तर्राष्ट्रिय उडानको पूर्ण हिसाब गर्ने हो भने ३७ प्रतिशतले वृद्धि भएर सन् २०१९ को ९० प्रतिशत भएको हो।

दुबई समग्र यात्रुमा दोस्रो भए पनि अन्तर्राष्ट्रिय यात्रुको आधारमा भने पहिलो नै हो। अन्तर्राष्ट्रिय पर्यटकीय विकासमा ठुलो गेम चेन्जर बनेको लन्डन हेथ थ्रोको सन् २०२२ को आठौँ स्थानबाट उक्लेर चौथोमा पुगेको छ।

जापानको टोकियो हानिडाले भने झनै ठुलोठुलो फड्को मारेको छ। गत वर्ष १६ ओ स्थानमा रहेको सो विमानस्थल अहिले माथि उक्लेर पाँचौँ स्थानमा पुगेको छ। ओलिभियराकै अनुसार यसले एसियाको पर्यटन क्षेत्र विस्तारै सुदृढ हुँदै आएको जनाइएको छ।

एटलान्टाको हार्ट फिल्ड ज्याक्सन अन्तर्राष्ट्रिय विमानस्थल ।

इस्तानबुल सातौँ स्थानमा यथावत् छ। त्यसैगरी इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थल गत वर्ष नवौँ स्थानबाट एक स्थानमाथि उक्लेर १० औं स्थानमा पुगेको छ।

भारत संसारकै बढी घनत्व भएको तथा बढी जनसङ्ख्या भएको देश हो। यसै कारण त्यहाँका धेरै यात्रु अहिले हवाई यातायातको माध्यमबाट जोडिएका छन्।

अमेरिकामा भने ठुला अन्तर्राष्ट्रिय, मध्यम तथा साना एयरपोर्टको राम्रो समन्वय छ। संसारका अन्य देशमा यस्तो छैन। संसारका धेरै देशमा यस्तो समन्वय छैन।
भारतमा भने अहिले हवाई यातायातमा लगानी बढी रहेको छ।

एयर इन्डिया र इन्डिगोले सयौँ विमान किनिरहेका छन्। सरकारले पनि देशको १ सय ४० भन्दा बढी एयरपोर्टमा लगानी गरिरहेको छ।

एसिआईको डेटा अनुसार सन् २०२३ मा ८ दशमलव ५ बिलियन हवाई यात्रा भएको थियो। अहिलेको यो आँकडा उत्साहजनक मान्न सकिन्छ। सन् २०२० एकदमै ओरालो लागेको थियो। त्यसै समयको आधारलाई हेर्न हो भने २० वर्षमा पनि हवाई यातायात माथि नउठ्ने आशङ्का पनि पैदा भएको थियो।

बढी टिकाउ पूर्ण तथा कम इन्धन खपतका लागि केही नयाँ र अत्याधुनिक सामग्रीको आवश्यकता पनि त्यत्तिकै छ। अहिले सप्लाइ चेन प्रभावकारी भएको छ। केही कम प्रभावकारी विमानका कारण प्लेन डिलेको समस्या अझै छ।

महामारी काल भन्दा अगाडिको अवस्थामा आइपुगेपछि धेरै कुरा व्यवस्थित केही समस्या र चुनौती अझै छन्। अमेरिकामा पनि थप एयर ट्राफिक कन्ट्रोलर आवश्यक छ।

बढी टिकाउ पूर्ण तथा कम इन्धन खपतका लागि केही नयाँ र अत्याधुनिक सामग्रीको आवश्यकता पनि त्यत्तिकै छ। अहिले सप्लाइ चेन प्रभावकारी भएको छ। केही कम प्रभावकारी विमानका कारण प्लेन डिलेको समस्या अझै छ। एसिआई अहिले महामारी काल पछिको अवस्था सुधार गर्नका लागि त्यत्ति नै लागी परेको छ। त्यसको केही परिणाम देखिएको छ।

सन् २०१९ मा कोभिड महामारी पछिका दिनमा यसको असर अमेरिका र अन्य पश्चिमा देशमा सबै भन्दा धेरै असर गरेको थियो। अन्य देश कोभिड महामारीको मारबाट उम्कँदै गर्दा पनि एसियाली देश थला परे।

यस बिचमा एसियाली देशमा पर्यटकीय व्यवसाय र उद्योग धारासायी भएका थिए। ती उद्योग सन् २०२४ मा आइपुग्दा सन् २०१९ कै हाराहारीमा रहने लख काटिएको छ। एयरपोर्टको विशेषता पनि त्यसै अनुसार हुने अनुमान गरिएको छ।

अन्य देशको भन्दा एसियाली देशको जनघनत्व पनि बढी छ। भारत, पाकिस्तान, इन्डोनेसिया र बङ्गलादेश लगायत देश त अत्यन्त बढ्दो जनघनत्व भएको देशको सूचीमा छन्।

एसियाको व्यस्त मानिएको दुबईका भने केही विशेषता छन्। यो एयरपोर्ट एसिया र युरोपको मूलद्वार मानिन्छ। फेडएक्स एक्सप्रेस, इमिरेट्स र फ्लाई दुबईका लागि सो स्थान विशेष हब नै मानिन्छ। यो एयरपोर्टका थप केही विशेषता छन्। दुबई एयरपोर्ट समुद्र र होटेलबाट एकदमै नजिक छ। यो एयरपोर्ट दुई दशमलव ९ वर्ग किलोमिटरमा फैलिएको छ।

एसियाको व्यस्त मानिएको दुबईका भने केही विशेषता छन्। यो एयरपोर्ट एसिया र युरोपको मूलद्वार मानिन्छ। फेडएक्स एक्सप्रेस, इमिरेट्स र फ्लाई दुबईका लागि सो स्थान विशेष हब नै मानिन्छ।

यो एयरपोर्ट संसारको महँगो एयरपोर्ट मानिन्छ। साथै क्षेत्रफलको आधारमा संसारका तेस्रो ठुलो एयरपोर्ट पनि हो। सर्वसाधारणका लागि सन् १९६० मा खुला भएको यो एयरपोर्ट सन् १९३७ मा स्थापना भएको हो। दोस्रो विश्वयुद्धको समयमा बेलायतले सैन्य सेवाका लागि त्यसको स्थापना गरेका हुन्। सन् २०१९ मा सोलार प्यानल जडान गरेर यस एयरपोर्टले आफूलाई जीवाश्म इन्धनको विरुद्धमा प्रस्तुत गरेको थियो।

टोकियोको हानेडा भने अन्तर्राष्ट्रिय भन्दा बढी घरेलु उडान र घरेलु यात्रुका कारण व्यस्त भएको हो। दुबई जस्तो संसारको धेरै देशका लागि द्वारको रूपमा तथा ट्रान्जिटको रूपमा टोक्यो एयरपोर्टको प्रयोग हुँदैन।

परन्तु जापान आर्थिक रूपले सम्पन्न भएका कारण त्यहाँका स्थानीय घरेलु रूपमै हवाई यातायात धेरै गर्ने गरेका छन्। श्रोत : सिएनएन, किवी

प्रकाशित मिति : ५ बैशाख २०८१, बुधबार  ८ : ४३ बजे

अमेरिकाको द्वन्द्व रोक्ने प्रयासकाबीच इजरायलद्वारा गाजामा बम प्रहार

काठमाडौं– संयुक्त राज्य अमेरिकाले आफ्ना सहयोगहीरुलाई लेबनान सीमामा हिंसा बढ्न

‘अब निर्वाचन प्रणालीमा संशोधन आवश्यक भइसक्यो’

संघीयता आएपछि मुलुकले छलाङ मार्छ भनिएको थियो । नेताहरूले पनि

प्रतिनिधिसभाबाट राष्ट्र ऋण उठाउने विधेयक स्वीकृत

काठमाडौं– प्रतिनिधिसभाबाट राष्ट्र ऋण उठाउने विधेयक, २०८१ स्वीकृत भएको छ।

एघार महिनामा ८५ करोड बढी राजस्व संकलन 

भद्रपुर– यातायात व्यवस्था कार्यालय झापाले चालु आर्थिक वर्षको ११ महिनामा

पार्टी बलियो बनाऔँ, अहिले सरकारतिर हेर्दै नहेरौँ : गगन थापा

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री गगन थापाले २०८४ को निर्वाचन जित्ने