नयाँ निर्देशकले ‘होस्टेल ३’ बनाउने ! « Khabarhub

नयाँ निर्देशकले ‘होस्टेल ३’ बनाउने !


५ बैशाख २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– चर्चित चलचित्र सिरिज ‘होस्टेल’को तेस्रो भाग ‘होस्टेल ३’ बन्ने भएको छ । चलचित्रको तेस्रो भागलाई सुशान कँडेलले निर्देशन गर्ने बताइएको छ । 

यसअघि बनेका ‘होस्टेल’  ‘होस्टेल रिटर्न्स’ लाई सुनील रावलले बनाएका थिए भने ‘होस्टेल ३’ मा भने उनको लगानी रहने छैन । उनले आफू पनि एक महत्त्वपूर्ण कलाकार रहने गरी सम्मान इन्टरटेन्मेन्टलाई चलचित्र बनाउन अनुमति दिएका छन्। 

निर्देशक कँडेला अनुसार तेस्रो भाग होस्टेलमा बसेर अध्ययन गरिरहेका किशोर किशोरी र उनीहरूको भविष्यका घटनाहरूमा आधारित कथामा  निर्माण हुनेछ । उनले यस चलचित्रबाट पनि अघिल्ला भागहरूमा जस्तै केही स्टार कलाकारको जन्म हुने सङ्केत गरे। यद्यपि कलाकारको बारेका उनले खुलाएका छैनन् । 

सम्मान इन्टरटेन्मेन्टले आरोन कन फिल्म्ससँगको सहकार्यमा ‘होस्टेल ३’ बनाउनेछ। निर्माताको रूपमा शिशिर ज्ञवाली, कार्यकारी निर्माता शङ्कर कोइराला, सह निर्माताहरू सुधा मरहट्ठा, सुरेश कँडेल र अर्जुन सापकोटा रहेका छन्।

होस्टेल श्रृंखलाबाट धेरै स्टार कलाकारको जन्म भएको छ । होस्टलबाट अनमोल केसी, सलोन बस्नेत, प्रकृति श्रेष्ठ, गौरव पहाडी लगायतका कलाकारहरूले डेब्यु गरेका थिए। त्यस्तै, ‘होस्टेल रिटर्न्स’ बाट स्वस्तिमा खड्का, सुशील श्रेष्ठ, नजिर हुसेन, सुशील सिटौला लगायतका कलाकारहरूले डेब्यू गरेका थिए।

यसअघि वि.सं. २०७६ सालमा निर्माता रावल आफैले निर्देशन गर्ने गरी ‘होस्टेल ब्याक अगेन’ शीर्षकमा तेस्रो भाग बनाउने तयारी गरेका थिए। विविध कारणले उनले चलचित्र बनाएनन्। 

वि.सं. २०७० सालमा रिलिज भएको ‘होस्टेल’ लाई हेमराज बिसीले निर्देशन गरेका थिए भने २०७२ मा रिलिज भएको ‘होस्टेल रिटर्न्स’ लाई सुरज भुसालले निर्देशन गरेका थिए। यी दुवै चलचित्र ‘टिनएज ड्रामा’ मा आधारित थिए । घरेलु बक्स अफिसमा दुवै चलचित्र सफल भएका थिए।

पहिलो पटक चलचित्र निर्देशन गर्न लागेका कँडेल डेढ दशकदेखि म्युजिक भिडियो निर्देशनमा सक्रिय छन् । 

‘होस्टेल ३’ को लागि पनि ‘होस्टेल’ र ‘होस्टेल रिटर्न्स’ को प्रोडक्सन सम्हालेका यम प्रसाद ओलीले प्रोडक्सन डिजाइन गर्नेछन् । यस वर्षको अन्त्यतिर प्रदर्शन हुने गरी छायांकनमा निस्कने निर्देशकको योजना रहेको छ ।

प्रकाशित मिति : ५ बैशाख २०८१, बुधबार  १२ : ४५ बजे

साउदी राजधानी रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अवरूद्ध

रियाद- साउदी अरबको राजधानी रियादको अन्तर्राष्ट्रिय विमानस्थल नजिक शनिबार कालो

सुनसरीको देवानगञ्जमा गोली चल्दा घाइते भएका यादवको विराटनगरमा उपचार जारी

काठमाडौं- सुनसरीको देवानगञ्ज गाउँपालिकामा गोली चल्दा एक जना घाइते भएका

संविधान दिवसका अवसरमा साइकल र्‍याली

काठमाडौं- संविधान दिवसको अवसर पारेर बाढीपहिरो प्रभावितको सहयोग तथा वातावरण

अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान

काठमाडौं- अर्थमन्त्री डा स्वर्णिम वाग्लेले भारतीय लगानीकर्ता, उद्योगी तथा व्यवसायीलाई

एनपीएलको खेल तालिका सार्वजनिक

काठमाडौं- नेपाल प्रिमियर लिग (एनपीएल) को खेल तालिका सार्वजनिक भएको