ई-रिक्सा चालकलाई सवारीचालक परिचयपत्र « Khabarhub

ई-रिक्सा चालकलाई सवारीचालक परिचयपत्र


५ बैशाख २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


756
Shares
  • change font
  • change font
  • change font

खजुरा– नेपालगन्ज उपमहानगरपालिकाले ई–रिक्सा चालकलाई सवारीचालक परिचयपत्र वितरण सुरु गरेको छ । नेपालगञ्ज उपमहानगरका नगर प्रमुख प्रशान्त विष्टले सुरुआतमा एक सय १७ जनालाई चालक परिचयपत्र वितरण गरे । 

उपमहानगरपालिकाले पछिल्लो समय ई-रिक्सा चालकलाई परिचयपत्र वितरणका साथै बीमा र अभिमुखिकरण कार्यक्रम गर्दै आएको छ । नेपाल ई–रिक्सा व्यवस्थापन समिति प्रालिले ई-रिक्साको व्यवस्थापनको काम गरिरहेको छ । 

ई-रिक्सा चालकको सुरक्षाका लागि परिचयपत्रसहित स्वास्थ्य बीमा गर्ने योजना अगाडि बढाएको नगर प्रमुख विष्टले बताए । 

उनले भने, ‘नेपालगञ्जमा ई–रिक्साको व्यवस्थापन गर्न जरुरी छ, ई–रिक्सा चालकले नेपालको कानुन अनुसार सुरक्षित भएर काम गर्ने वातावरण पाउनुपर्छ ।’ उनीहरुको पेसागत सुरक्षा र यात्रीको सुरक्षाका लागि कार्यविधि बनाएर काम गरिरहेको उनले भने । 

नेपाल ई–रिक्सा व्यवस्थापन समिति प्रालिका अध्यक्ष कुमारसिंह ठकुरीले ई–रिक्सा चालकलाई विज्ञबाट ट्राफिक नियम तथा बीमाको बारेमा अभिमुखिकरण गर्दै चालक परिचयपत्र वितरण गरिने बताए । 

नेपालगञ्जमा सञ्चालित ई–रिक्साका चालकलाई बेला ट्राफिक नियमबारेमा सचेतना अभियान थालिएको नेपालगञ्ज अस्थायी ट्राफिक प्रहरी पोष्ट नेपालगञ्जका इन्चार्ज वरिष्ठ प्रहरी नायब निरीक्षक प्रवीण  आचार्यले बताए ।

प्रकाशित मिति : ५ बैशाख २०८१, बुधबार  ३ : २६ बजे

आज देशभरको मौसम कस्तो रहला ?

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

आज विश्व जल तथा मौसम दिवस मनाइँदै

काठमाडौँ– ‘आजको अवलोकन, भोलिको सुरक्षा’ भन्ने नाराका साथ आज नेपालमा

राजनीति त गर्‍यौ प्रकाश, बिनास्वादैको !

काठमाडौं – अचेल एकपछि अर्का कलाकारलाई राजनीतिको चस्का लागेको छ।

नेपाली मूलका नागरिकका लागि विमानस्थलमा अलग्गै डेस्क राखिने

काठमाडौँ– विश्वमा छरिएर रहेका नेपाली मूलका नागरिक एवं गैर आवासीय

सडक छेउका टहरा भत्काउन दरवाङवासी अग्रसर

म्याग्दी– म्याग्दीको मालिका गाउँपालिका–६ दरवाङका बासिन्दाले सडक विस्तार गर्न स्वस्फूर्त