महिनावारीमा नगर्नुहोस् यी काम, हुन सक्छ रक्तश्रावदेखि संक्रमणसम्मकाे खतरा « Khabarhub

महिनावारीमा नगर्नुहोस् यी काम, हुन सक्छ रक्तश्रावदेखि संक्रमणसम्मकाे खतरा


५ बैशाख २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


17.9k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– महिनावारी एक प्राकृतिक प्रक्रिया हो । जुन हरेक महिना महिलालाई हुन्छ । तर, महिनावारी भएको बेला केही सावधानी नअपनाएमा भने स्वास्थ्यमा गम्भीर असर पर्न सक्छ । यो बेला यस्ता केही बानी वा काम छन् जो गर्नु हुँदैन ।

– फास्ट फूड खानु

महिनावारीका बेला स्यान्डविच, बर्गर, पिज्जा वा चिप्सजस्ता फास्ट फूड खानु हुँदैन । यस्तो खाँदा शरीरलाई आवश्यक भिटामिन र मिनरल्स पाइँदैन र शरीर कमजोर हुन थाल्दछ ।

– पर्याप्त नसुत्नु

महिनावारीको क्रममा कम्तीमा पनि ८ घण्टा सुत्नु पर्दछ । अन्यथा पर्याप्त निन्द्रा पुगेन भने शरीरले आराम पाउँदैन । यस्तोमा टाउको दुख्ने र शरीर दुख्ने लगायतका समस्या हुन्छ ।

– व्रत बस्नु

महिनावारीका बेला शरीरलाई भिटामिन र मिनरल्सको आवश्यकता पर्दछ । त्यसैले यो बेला व्रत बस्दा शरीरले पोषण पर्याप्त पाउँदैनन् । यस्तोमा विभिन्न स्वास्थ्य समस्या हुनसक्छ ।

– शारीरिक सम्बन्ध राख्नु

कतिपय महिनावारीका बेला शारीरिक सम्बन्ध राख्दा केही नहुने तर्क गर्छन् । तर यो बेला शारीरिक सम्बन्ध राख्दा संक्रमणको खतरा बढ्ने गर्दछ । साथै पीडा पनि बढ्न सक्छ ।

– अत्यधिक व्यायाम गर्नु

महिनावारीको क्रममा अत्यधिक व्यायाम गर्दा शरीरमा रक्तसंचार बढ्ने गर्दछ । यस्तोमा पेट दुखाई र अत्यधिक रक्तश्राव पनि हुन सक्छ । तर व्यायाम नगर्ने भन्ने चाहिँ होइन ।

– सरसफाईमा ध्यान नदिनु

महिनावारीको क्रममा शरीरलाई सफा नराख्दा थुप्रै स्वास्थ्य समस्या हुनसक्छ । त्यसैले प्याड, कपडा वा अन्य सामाग्री नियमित निर्मलीकरण वा सफा गरेर मात्र लगाउनु पर्दछ ।

– अन्य कुराहरु

महिनावारी हुँदा गुप्ताङ्गलाई धुन रासायनिक उत्पादनको प्रयोग गर्नु हुँदैन । यसले पीडा र संक्रमण बढ्ने खतरा निम्तिन सक्छ । यस अलावा महिनावारीका बेला धेरै मात्रामा कफी पिउँदा शरीरमा पानीको मात्रा कम हुन्छ । साथै पेट दुखाईको समस्या बढाउन सक्छ ।

एजेन्सीको सहयोगमा

प्रकाशित मिति : ५ बैशाख २०८१, बुधबार  ४ : ११ बजे

असुरक्षा भयो भन्दै सुदन गुरूङले मागे प्रहरी

गोरखा- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) गोरखा जिल्ला समितिले प्रतिनिधिसभा सदस्य

कि संघीयता राख्नुभएन, कि पार्टीलाई ‘फेडेरलाइज’ गर्नुपर्‍यो

संवैधानिकतामा फर्किनका लागि निर्वाचन, त्यसभन्दा अरु बढी भन्ने अवस्था छैन,

दलित समुदायबारे आफूले नबोलेको विषय प्रचार गरिएको भन्दै लिङ्देनको आपत्ति

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले आफूले

मधेस प्रदेशमा १८ गते सार्वजनिक बिदा

जनकपुर– मधेस प्रदेश सरकारले यही माघ १८ गते प्रदेशमा सार्वजनिक

लुटपाट गर्न घरमै वृद्धाको हत्या, ५ जना समातिए

काठमाडौं– चितवनमा एक महिलाको बीभत्स हत्या गरेको अभियोगमा चितवन प्रहरीले