देशका लागि योगदान दिनेलाई राष्ट्रले सम्मान गर्नुपर्छ : पूर्वराष्ट्रपति यादव | Khabarhub Khabarhub

देशका लागि योगदान दिनेलाई राष्ट्रले सम्मान गर्नुपर्छ : पूर्वराष्ट्रपति यादव


५ बैशाख २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पूर्व राष्ट्रपति डा. रामबरण यादवले देशका लागि राम्रो काम गर्नेलाई राष्ट्रले सम्मान गर्छ भन्ने कुरा नयाँ पिडिहरुलाई बोध गराउनुपर्ने बताएका छन् ।

बुधबार काठमाडौंमा शताब्दी पुरुष गणेश बहादुर बस्नेतको अभिनन्दन कार्यक्रममा उनले देश र समाजका लागि काम गर्नेहरुका विषयमा जानकार गराउँदै नयाँ पीडिहरुलाई राम्रो काम गर्न प्रेरित गर्नुपर्ने बताएका हुन् ।

शताब्दी पुरुष गणेश बहादुर बस्नेत गर्ने गरेको सत्कर्मका लागि सबैले सम्मान गर्नुपर्ने उनले बताए । यादवले समाज र देशका लागि योगदान दिनेलाई राष्ट्रले पनि सम्मान गर्नुपर्ने बताए ।

त्यस्तै कांग्रेस महामन्त्री गगन कुमार थापाले देशमा केही हुँदैन भन्ने भाष्य निर्माण भइरहेको भन्दै नेतृत्वमा बसेकाहरू जिम्मेवार हुनुपर्ने बताए । उनले जनताबाट अनुमोदित भएकालेहरुले शक्तिको दुरुपयोग नगरी आफ्नो जिम्मेवारी पूरा गर्नुपर्नेमा जोड दिए ।

सोलुखुम्बु जिल्ला थुलुङ दुधकोसी २ काँगेल वाहुण्डीमा वि.सं. १९८० साल कार्तिक ४ गते जन्मनु भएका पूर्व प्रशासक (स्थानीय विकास अधिकारी) बस्नेतलाई पूर्वराष्ट्रपति यादवले अभिनन्दन गरेका थिए । 

प्रकाशित मिति : ५ बैशाख २०८१, बुधबार  ६ : २९ बजे

माधव नेपालको पदलोलुपता ज्यादै अशोभनीय: सूर्य थापा

काठमाडौं – नेकपा (एमाले)का सांसद सूर्य थापाले नेकपा (एकीकृत समाजवादी)

रोमाञ्चक खेलमा इङ्गल्यान्डसँग भारत एक विकेटले पराजित

काठमाडौं – इङ्गल्यान्ड यु-१९ क्रिकेट टोलीले भारत यु-१९ क्रिकेट टोलीमाथि

आजको मौसम: कोशी, बागमती, गण्डकी र लुम्बिनीमा भारी वर्षाको सम्भावना

काठमाडौं – हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल

एसीसी यु-१६ : समूह चरणको अन्तिम खेलमा भुटानसँग भिड्दै नेपाल

काठमाडौं – १६ वर्षमुनिको एसीसी इस्ट जोन कप क्रिकेटमा आज