सरकारी जग्गाको अतिक्रमण हटाउने अभियान | Khabarhub Khabarhub

सरकारी जग्गाको अतिक्रमण हटाउने अभियान


५ बैशाख २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बेदकोट जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले सरकारी जग्गामा भएको अतिक्रमण हटाउने अभियान थालेको छ । स्थानीय तहसँगको सहकार्यमा जिल्ला प्रशासन कार्यालयले सरकारी, सार्वजनिक जग्गा र सम्पत्तिमा भएको अतिक्रमण हटाउने अभियान थालेको हो । 

सरकारी तथा सार्वजनिक जग्गामा भएको अतिक्रमण हटाउने अभियानअन्तर्गत हाल पहिलो चरणमा सरकारी कार्यालय अगाडि अतिक्रमण गरी बनाइएका संरचना हटाइएको सहायक प्रमुख जिल्ला अधिकारी धर्मराज जोशीले जानकारी दिए ।

अभियानअन्तर्गत पहिलो चरणमा राजमार्ग छेउ र सरकारी कार्यालय अगाडि जमिन अतिक्रमण गरेर निर्माण गरिएका अनधिकृत संरचना हटाइएको छ । जिल्ला प्रशासन कार्यालयका अनुसार भीमदत्त नगरपालिका–४ महेन्द्रनगरस्थित नापी, मालपोत र यातायात कार्यालय भएर जाने सडक दुवैतिर छेउमा रहेका ३२ वटा अनधिकृत खोकाछाप्रा, टहरा र सटर हटाइएको छ । 

यस्तै आन्तरिक राजस्व कार्यालय अगाडि र ट्राफिक चोकबाट दक्षिण आउने सडकका चार÷चार अनधिकृत संरचना पनि खाली गराइएको छ ।
वैशाख ३ गते कृषि ज्ञानकेन्द्र र प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अगाडिका तीन संरचना पनि हटाइएको उनले बताए। बेलडाँडी गाउँपालिकाले बसपार्क, अस्पताललगायतका लागि छुट्याएको सार्वजनिक जग्गामा निर्माण गरिएका संरचना हटाएको छ । 

दोस्रो चरणमा महेन्द्रनगर बजार क्षेत्रमै रहेको बालसङ्गठनको एक बिघाभन्दा बढी जमिनमा निर्माण गरिएका संरचना हटाइनेछ । बालउद्यान निर्माणका लागि छुट्याइएको उक्त जमिन अहिले घरटहरा निर्माण गरिएका छन् । 

यसैगरी महेन्द्रनगर बजारमै रहेको खाद्यव्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको जमिनमा पनि पक्की संरचना निर्माण गरिएका छन् । बालसङ्गठन र खाद्यव्यवस्था तथा व्यापार कम्पनीको जमिन यही वैशाख १५ गतेसम्म खाली गराउन सूचना जारी गरिएको छ ।

प्रकाशित मिति : ५ बैशाख २०८१, बुधबार  ८ : ०४ बजे

जुत्ता सिलाएर हातमुख जोर्नेको व्यथा- ‘अरूको जुत्ता टल्कियो, आफ्नो भाग्य घर्कियो’ 

नेपालमा विदेशिनेको ओइरो छ । बाध्यतावश होस् या रहरले नै

लगानी सम्मेलनको प्रभाव, एकै दिन २५.९३ अंकले बढ्यो नेप्से 

काठमाडौं– सरकारले गरेको लगानी सम्मेलनको प्रभावले नेपाल स्टक एक्चेञ्ज (नेप्से)मा

तेल अविवमा गर्मीले तोड्यो ८५ वर्षको रेकर्ड

इजराइल– मुलुक प्रचण्ड गर्मीले तातेका बेला इजराइल मौसम विज्ञान सेवा

महासंघले भन्यो : ‘सिधा कुरा’को समाचार रोक्ने सर्वोच्चको आदेश संविधानविपरीत

काठमाडौं– नेपाल पत्रकार महासंघले केही न्यायाधीशहरूलाई समेत मुछ्ने गरी ‘सिधा

नौ महिनामा एक अर्ब ७८ करोड राजस्व संकलन

अत्तरिया– आन्तरिक राजस्व कार्यालय धनगढीले चालु आवका नौ महिनामा रु