म्यान्माकी नेत्री सु कीलाई कारागारबाट सारेर घरमा नजरबन्द « Khabarhub

म्यान्माकी नेत्री सु कीलाई कारागारबाट सारेर घरमा नजरबन्द


५ बैशाख २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

याङ्गुन – जुन्ता सरकारले कैदीहरूलाई लुको लहरबाट बचाउने कदम चालेको घोषणा गरेसँगै कारागारमा रहेकी म्यान्माकी प्रजातन्त्रवादी नेत्री आङ सान सु कीलाई कारागारबाट घरमा नजरबन्द गरिएको एक सैन्य अधिकारीले बुधबार बताएका छन् ।

भ्रष्टाचारदेखि कोभिड–१९ नियमहरूको उल्लङ्घनसम्म धेरै आपराधिक अभियोगमा ७८ वर्षीय नोबेल पुरस्कार विजेता सु कीले २७ वर्षको कारागार सजाय काटिरहेकी छिन् । सन् २०२१ को सैन्य विद्रोहमा सत्ता कब्जा गरेर सेनाले हिरासतमा लिएपछि सु कीलाई धेरै हदसम्म नजरबाट लुकाइएको थियो र उनी स्वास्थ्य समस्याले ग्रस्त भएको बताइएको छ ।

एक सैन्य अधिकारीले सु की र पूर्वराष्ट्रपति विन मिन्टलाई कारागारबाट घरमा नजरबन्द गरिएको बताए। जुन्ताका प्रवक्ता जाव मिन टुनले गर्मी मौसमका कारण अधिकारीहरूलाई कमजोर बन्दीहरूको सुरक्षा उपाय अपनाउन प्रेरित गरेको बताए।

“डा आङ सान सु की र यु विन मिन्टलाई मात्र नभएर केही पुराना कैदीहरूलाई पनि तातो मौसमका कारण आवश्यक हेरचाह गरिएको थियो”, उनले भने । राजधानी नेपिडाउमा तापक्रम बुधबार ४१ डिग्री सेल्सियस पुग्ने अपेक्षा गरिएको छ र आगामी सातामा मौसम अझ तातो हुने अनुमान छ । नेपिडाउमा सु कीलाई विशेषरूपमा निर्मित परिसरमा हिरासतमा राखिएको मानिन्छ ।

मुलुकको नयाँ वर्षको उत्सव मनाउन नियमित आममाफीको एक भागका रूपमा तीन हजार तीन सय केदीलाई रिहा गरिने जुन्ताले बुधबार घोषणा गरेको छ । याङ्गुनको इनसेन कारागारबाहिर करिब दुई सयदेखि तीन सय आफन्त र साथीहरू कैदीहरूको स्वागतका लागि प्रतीक्षा गरिरहेका थिए ।

प्रकाशित मिति : ५ बैशाख २०८१, बुधबार  ९ : ३० बजे

समानुपातिक बन्दसूचीबारे आइरहेका प्रतिक्रियाप्रति रास्वपाको ध्यानाकर्षण

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिक बन्दसूचीबारे सरोकारवाला पक्षबाट प्राप्त प्रतिक्रिया

काठमाडौं महानगरले ‘हेरचाह’ सेवालाई नमूना कार्यक्रमका रूपमा सुरु गर्ने

काठमाडौं– काठमाडौँ महानगरपालिकाले ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, गर्भवती महिला

गाजामा सहायता समूहलाई रोक्नु ‘अपमानजनक’ कार्य

एजेन्सी– गाजामा दर्जनौं सहायता समूहहरूलाई जनवरीदेखि सञ्चालन गर्नबाट रोक्ने इजरायलको

मनाङबाहेक गण्डकी प्रदेशका सबै जिल्लामा प्रसूति शल्यक्रिया सेवा

गण्डकी– मनाङबाहेक गण्डकी प्रदेशका सबै जिल्लामा प्रसूति शल्यक्रिया सेवा विस्तार