भैरवको रथ तानेर बिस्केट जात्रा सम्पन्न हुँदै « Khabarhub

भैरवको रथ तानेर बिस्केट जात्रा सम्पन्न हुँदै


५ बैशाख २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

भक्तपुर । भक्तपुरमा नौ दिन आठ रातसम्म मनाइने प्रसिद्ध बिस्केट जात्रा आज सम्पन्न हुँदैछ । गत चैत २७ गते तौमढीबाट भैरवको रथ तानेर सुरु भएको जात्राको आज अन्तिम दिन साँझ ५ बजे गःहिटीबाट भैरवको रथ तान्न सुरु भएको गुठी कार्यालय भक्तपुरका प्रमुख खिमा वलीले जानकारी दिए ।

आज साँझ सबै पूजा सम्पन्न भएपछि भैरवको रथ तानेर तौमढी हुँदै सुकुलढोका पु-याएर दत्तात्रयतर्फ लैजाँदै गरे पनि तल्लोतर्फका बासिन्दाले साँझ ७ बजेसम्म रथलाई तानेर पुन तौमढी हुँदै गःहिटी ल्याइएको छ । रथलाई वंशगोपालतर्फ लैजाने प्रयास जारी छ । राति रथलाई पुनः तोमढी र्पुयाएपछि जात्रा सम्पन्न हुने परम्परा छ ।

रथ तान्नेक्रममा तल्लो र माथिल्लो दुवैतर्फका हजारौँले स्थानीयवासीले आ(आफ्नो क्षेत्रमा रथ लैजान तानातान गर्ने चलन छ । तानातानको क्रममा झैझगडा हुने सम्भावना भएपछि जिल्ला प्रशासन कार्यालय भक्तपुरले सुरक्षाका लागि एक हजार सुरक्षाकर्मी तैनाथ गरेको छ । नेपाल प्रहरी, सशस्त्र प्रहरी र सादा पोसाकका प्रहरीलगायतका सुरक्षाकर्मी तैनाथ गरिएको प्रमुख जिल्ला अधिकारी रोशनीकुमारी श्रेष्ठले जानकारी दिए ।

जात्रा बिथोल्नेलाई पक्राउ गरी सार्वजनिक मुद्दा चलाइने उनले बताए । विक्रम संवत्अनुसार सौरमासको आधारमा चल्ने यो जात्रा नव वर्षको चार दिनअघिदेखि तान्त्रिक विधिअनुसार प्रारम्भ गरी वैशाख ५ गते रथ तानेर जात्रा सम्पन्न गर्ने गरिन्छ ।

काठैकाठको प्यागोडा शैलीमा निर्माण गरिएको तीनतले रथमा भैरवनाथको मूल देवता र बेताल देवतालाई विराजमान गराइसकेपछि परम्पराअनुसार गःहिटीबाट माथिल्लो र तल्लो क्षेत्रका बासिन्दाले रथ तानेर तौमढी पु(याएपछि यस वर्षको जात्रा सम्पन्न हुनेछ ।

त्यसैगरी भक्तपुरको तालाक्वास्थित ज्याठा गणेश अगाडि उठाएको हात नभएको लिङ्गो आज ढालिएको छ । चैत मसान्त बिहान कुमाले टोलमा उठाएको लिङ्गो आज बिहान ढालिएको हो ।

प्रकाशित मिति : ५ बैशाख २०८१, बुधबार  ९ : ५६ बजे

महाअष्टमीमा सुदूरपश्चिमकै प्रसिद्ध उग्रतारा भगवती मन्दिरमा भक्तजनको घुइँचो

डडेलधुरा – महाअष्टमी पर्वका अवसरमा सुदूरपश्चिमकै प्रसिद्ध धार्मिक शक्तिपीठ उग्रतारा

चङ्गा : अन्तर्राष्ट्रिय खेल पर्यटनदेखि दसैँको उत्सवसम्म

दसैँको सिजन आउँदा सहरका घरका छतहरूबाट चङ्गा उडाउने दृष्य अब

कञ्चनपुरको गड्डाचौकीमा ‘अल्फा’ र ‘डेल्टा’ को ड्युटी: सीमापार अपराध रोक्न कडा सुरक्षा कडाइ

महेन्द्रनगर – नेपाल-भारत सीमावर्ती क्षेत्रमा हुनसक्ने आपराधिक गतिविधि, लागूऔषध ओसारपसार

दसैँको मुखमा नुवाकोटवासीलाई राहत, ढुङ्गे र त्रिशूली बजार जोड्ने झोलुङ्गे पुल सञ्चालन

नुवाकोट – गत भदौ १० गते भोटेकोशीको बाढीले नुवाकोटको विदुर

१२ शय्याबाट सुरु भएको यात्रा: करोडौँको दृष्टि परीक्षण र लाखौँ शल्यक्रिया

काठमाडौँ – कुनै समय पूर्वी नेपालका नागरिकलाई आँखामा सामान्य समस्या