संसदमा सत्तापक्षबाट दुर्व्यवहार भयो : नेविसंघ « Khabarhub

संसदमा सत्तापक्षबाट दुर्व्यवहार भयो : नेविसंघ


४ जेष्ठ २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


603
Shares
  • change font
  • change font
  • change font

काठमाडौं‍- प्रतिनिधि सभा बैठकमा बिहीबार सत्तापक्षबाट असंसदीय कार्य भएको भन्दै नेपाल विद्यार्थी संघले आपत्ति जनाएको छ । 

नेविसंघले संसदमा सत्तारूढ दलबाट प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको विरोध जारी रहँदा भएको असंसदीय कार्यप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

आज प्रेस विज्ञप्ति जारी गर्दै बिहीबार संसद्मा सत्तारूढ दल र सभामुखकै कारण संसद्को गरिमामाथि प्रश्न उठ्न पुगेको आरो लगाएका छन् ।  

कांग्रेस उपसभापति धनराज गुरुङले संसद्‌भित्र नारा लगाइरहेका बेला एमाले सांसद केपी ओलीबाट भएको व्यवहार निन्दनीय भएकाे उल्लेख छ ।

यस्तै संसदमा रुलिङ सभामुखले गर्ने हो, सत्तारूढ दलले होइन भन्दै सामान्य मर्यादा नभुल्न संघले सत्तारूढ दललाई चेतावनी समेत दिएको छ । 

प्रकाशित मिति : ४ जेष्ठ २०८१, शुक्रबार  १० : ३३ बजे

अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, मौसममा सुधार

काठमाडौँ– मौसम पूर्वानुमान महाशाखाले अर्नब चक्रवातको अवशेषका रूपमा पश्चिम नेपाल

अकबरे खुर्सानीको बोट मर्न थालेपछि किसान चिन्तित

इलाम– अकबरे खुर्सानीको बोट मर्न थालेपछि इलामका किसान चिन्तित बनेका

नेपालगन्ज भन्सारबाट पाँच अर्ब २४ करोड राजस्व संकलन

बाँके– नेपालगन्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको पहिलो तीन महिनामा

आइतबारका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज आइतबार, सूर्यदेवको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल कात्तिक १५ गते आइतबार सन् २०२६