कांग्रेसको निर्णय : रविलाई बोल्न दिने, विपक्षीले सामुहिक प्रतिवाद गर्ने « Khabarhub

कांग्रेसको निर्णय : रविलाई बोल्न दिने, विपक्षीले सामुहिक प्रतिवाद गर्ने


४ जेठ २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15.8k
Shares
  • change font
  • change font
  • change font

शुक्रबार बिहान आयोजित का‌ंग्रेस संसदीय दलको बैठक

काठमाडौं- नेपाली कांग्रेस संसदीय दलको बैठकले विहीबार संसदमा उत्पन्न भएको तनावको जवाफदेही सभामुख देवराज घिमिरे रहेको निष्कर्ष निकालेको छ । साथै कांग्रेसले संसदमा रहेका सबै विपक्षी पार्टीहरुसँग संयुक्त बैठक बस्ने निर्णय गरेको छ ।

कांग्रेस संसदीय दलको बैठक सकिएलगत्तै सभापति शेरबहादुर देउवाको कार्यकक्षमा अहिले विपक्षी दलहरुको संयुक्त बैठक शुरु भएको छ ।

संयुक्त बैठकमा कांग्रेस, जनता समाजवादी, लोकतान्त्रिक समाजवादी, जनमत पार्टी लगायतको सहभागिता छ ।

संसदीय दलको बैठकबारे जानकारी दिँदै कांग्रेसका एक सांसदले खबरहबसँग भने,‘रवि लामिछानेलाई संसदमा बोल्न दिन्छौं भनेर हामीले पहिले देखि नै भन्दै आएको कुरा हो । तर, उनले बोलेपछि हामीले बोल्न पाउनुपर्छ ।’

यो पनि-

संसदीय समिति गठनको मागबाट पछि नहट्ने कांग्रेसको निर्णय

विहीबार संसदमा जुन किसिमको तनावको स्थिति उत्पन्न भयो, त्यसमा सभामुख नै मुख्य जिम्मेवार रहेको कांग्रेसले निष्कर्ष निकालेको बताउँदै कांग्रेसका एक सांसदले भने, ‘सभामुखको भूमिकाबारे विपक्षी बेञ्चमा रहेका पार्टीहरुसँग छलफल हुनेछ र हामीले साझा रुपमा त्यसको प्रतिवाद गर्नेछौं ।’

सहकारीमा भएको ठगीबारे संसदीय छानविन समिति बन्नुपर्नेमा सबै विपक्षी दलको एउटै आवाज रहेको कांग्रेसका ती नेताले दाबी गरे ।

यो पनि-

कांग्रेसलाई जवाफ दिन ‘विश्वासको कार्ड’ ?

प्रकाशित मिति : ४ जेठ २०८१, शुक्रबार  ११ : ०१ बजे

नारायणीको जलसतह हालसम्मकै उच्च

नारायणगढ– नारायणी नदीमा आज जलसतह ११ दशमलव ९४ मिटर पुगेको

पूर्वप्रधानन्यायाधीश जबराको अनुगमनमा प्रहरीले रोक लगाएपछि आयोगको ध्यानाकर्षण

काठमाडौं– सर्वोच्च अदालतका पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई नेपाल प्रहरीले पक्राउ

महाकालीमा पानीको बहाव बढ्यो, आवागमन प्रभावित

महेन्द्रनगर– लगातार भइरहेको वर्षाका कारण महाकाली नदीमा पानीको बहाव बढेपछि

मनसुन प्रतिकार्य कमाण्ड पोष्टको बैठक : खोज, उद्धार तथा राहत व्यवस्थापनमा उच्च प्राथमिकतामा काम गर्न निर्देशन

काठमाडौं– राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण अन्तर्गतको मनसुन

‘टनेल २६’ को आम्दानीको २५ प्रतिशत विपद् कोषमा, गृहमन्त्री गुरुङले गरे प्रशंसा

काठमाडौं– असोज २३ गतेदेखि प्रदर्शनमा आउन लागेको फिल्म ‘टनेल २६