आगलागी पीडितलाई राहत वितरण | Khabarhub Khabarhub

आगलागी पीडितलाई राहत वितरण


४ जेठ २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कञ्चनपुर- कञ्चनपुर जिल्लाको शुक्लाफाँटा नगरपालिका–७ जुडाकाका आगलागी पीडित जयदेव ठगुन्नासहित ५ जनाको परिवारलाई राहत वितरण गरिएको छ ।

सशस्त्र प्रहरीको  ७ वैद्यनाथ बाहिनी मुख्यालय कैलालीमा रहेका विभिन्न राहतका सामान नं। ३५ शैलेश्वरी गण कञ्चनपुरका गणपति सशस्त्र प्रहरी उपरीक्षक खगेन्द्र बहादुर चन्दले वितरण गरेका हुन् ।

पीडितहरूलाई दैनिक प्रयोग हुने भाँडावर्तन, कपडा आदि वितरण गरिएको छ । विभिन्न विपद्मा परी घरबारविहीन भएका नागरिकहरूलाई तत्काल अस्थायी बसोवास र दैनिक उपभोग्य सामानसहितको २८ वटा डिजास्टर रिलिफ सिस्टम कन्टेनर सशस्त्र प्रहरी बलका १३ जिल्लाका १५ वटा युनिटहरूमा रहेका  छन् ।

यसअघि जाजरकोट र पश्चिम रुकुमको भुकम्पबाट प्रभावित भएका नागरिकलाई समेत ५ वटा डिजास्टर रिलिफ सिष्टम मार्फत सहयोग उपलब्ध गराईएको थियो ।  

गत वैशाख २१ गते ठगुन्नाको भान्सा कोठामा राखिएको ग्याँस सिलिन्डर लिक भई अचानक आगलागी हुँदा घरभित्र रहेको खाद्यान्न, लत्ताकपडा, भाँडावर्तन, नगद, जिन्सी सामान लगायत पशुचौपाया जलेर नष्ट भएको बताईएको थियो ।

प्रकाशित मिति : ४ जेठ २०८१, शुक्रबार  १२ : ०७ बजे

गाजामा इन्धन आपूर्ति दोस्रो दिन पनि अपर्याप्त : संयुक्त राष्ट्रसङ्घ

एजेन्सी– इजरायलका अधिकारीहरूद्वारा लगातार दोस्रो दिन गाजामा ७५ हजार लिटर

शिकारीबास खोलाको कटान रोक्न तटबन्ध निर्माण गरिँदै

वीरगञ्ज– पर्साको विकट गाउँका रूपमा रहेको ठोरी गाउँपालिका-३ शिकारीबास खोलाको

रिजाल धारा खानेपानी मुहान संरक्षणले नागरिकलाई सहज

भोजपुर– पौवादुङमा गाउँपालिका-३ मा रिजाल धारा मुहान संरक्षण तथा खानेपानी

पशुपालक किसानलाई नगद अनुदान

गोरखा– उत्तरी गोरखाको धार्चे गाउँपालिकाले मासु उत्पादन गर्ने किसानलाई नगद

बाख्रापालनमा जमेका चन्द दम्पती

टीकापुर– गाउँघरमा पछिल्लो समय वैदेशिक रोजगारीका लागि जाने क्रम बढेका