‘मिस पिंक २०२४’ सम्पन्न (तस्बिरहरु) « Khabarhub

‘मिस पिंक २०२४’ सम्पन्न (तस्बिरहरु)


४ जेष्ठ २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


2.9k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – ‘मिस पिंक २०२४’ को उपाधिको ताज अनमोल राईले पहिरिएकी छन् । राष्ट्रिय नाचघरमा बिहीबार सम्पन्न फाइनलमा उनी विजेता घोषित भएकी हुन् । उनले एक लाख नगद पुरस्कार समेत हात परेकी छन् ।

१८ प्रतिस्पर्धीबाट राई प्रथम घोषित भएकी हुन् । विजेता बनेकी उनी थाइल्यान्डमा आयोजना हुने मिस इन्टरनेसनल क्विनमा नेपालको प्रतिनिधि बनेर सहभागी हुन पाउने छिन् ।  त्यस्तै, फस्ट रनर अपको उपाधि जितेकी सरोसी न्यौपानेले ७५ हजार रुपैयाँ पाएकी छन् । सेकेन्ड अनरअपको उपाधि जितेकी आरोही बस्नेतले ५० हजार रुपैयाँ पाएकी छन् ।

लैंगिक तथा यौनिक अल्पसङ्ख्यक समुदायमाथि हुने घृणाविरुद्धको अन्तर्राष्ट्रिय दिवसका अवसर पारेर यस प्रतियोगिता सम्पन्न गरिएको हो ।

ब्लु सोसाइटीले यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायको हक अधिकारका लागि ‘मिस पिंक’को आयोजना गर्दै आएको छ । ट्रान्स वुमनहरुको बौद्धिक तथा सौन्दर्य प्रतियोगिता स्वरूप आयोजना गरिँदै आएको छ ।

तस्बिरहरु हेर्नुहाेस् : 

 तस्बिर : नेपाल फोटो लाइब्रेरी 

प्रकाशित मिति : ४ जेष्ठ २०८१, शुक्रबार  १२ : ४० बजे

एनपीएल खेल्न नेपाल आइपुगे डेभिड वार्नर (तस्बिरहरू)

काठमाडौं – अस्ट्रेलियाका स्टार क्रिकेटर डेभिड वार्नर नेपाल आइपुगेका छन्

आँबुखैरेनीमा माइक्रो दुर्घटना, चालकसहित ११ जना घाइते

तनहुँ – पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ बरादीस्थित आज साँझ माइक्रो

भद्रपुरले जित्यो अन्तरराष्ट्रिय हक्की प्रतियोगिताको उपाधि

झापा – पहिलोपटक जिल्लामा सञ्चालित ‘प्रथम अन्तरराष्ट्रिय नकआउट हक्की प्रतियोगिता’

पाल्पामा राहदानी लिन सदरमुकाम धाउनुपर्ने बाध्यता हट्यो

पाल्पा – राहदानी लिन सदरमुकाम तानसेन पुग्नुपर्ने सोच बनाइरहेका रम्भा

ट्रम्प भने : इरानका अझै पनि ‘एकाध लक्ष्य’ नियन्त्रणमा लिन बाँकी छ

वाशिङ्टन – अमेरिकाले इरानको धेरै सैन्य क्षमता नष्ट गरेको तर