‘मिस पिंक २०२४’ सम्पन्न (तस्बिरहरु) « Khabarhub

‘मिस पिंक २०२४’ सम्पन्न (तस्बिरहरु)


४ जेष्ठ २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


2.9k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – ‘मिस पिंक २०२४’ को उपाधिको ताज अनमोल राईले पहिरिएकी छन् । राष्ट्रिय नाचघरमा बिहीबार सम्पन्न फाइनलमा उनी विजेता घोषित भएकी हुन् । उनले एक लाख नगद पुरस्कार समेत हात परेकी छन् ।

१८ प्रतिस्पर्धीबाट राई प्रथम घोषित भएकी हुन् । विजेता बनेकी उनी थाइल्यान्डमा आयोजना हुने मिस इन्टरनेसनल क्विनमा नेपालको प्रतिनिधि बनेर सहभागी हुन पाउने छिन् ।  त्यस्तै, फस्ट रनर अपको उपाधि जितेकी सरोसी न्यौपानेले ७५ हजार रुपैयाँ पाएकी छन् । सेकेन्ड अनरअपको उपाधि जितेकी आरोही बस्नेतले ५० हजार रुपैयाँ पाएकी छन् ।

लैंगिक तथा यौनिक अल्पसङ्ख्यक समुदायमाथि हुने घृणाविरुद्धको अन्तर्राष्ट्रिय दिवसका अवसर पारेर यस प्रतियोगिता सम्पन्न गरिएको हो ।

ब्लु सोसाइटीले यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायको हक अधिकारका लागि ‘मिस पिंक’को आयोजना गर्दै आएको छ । ट्रान्स वुमनहरुको बौद्धिक तथा सौन्दर्य प्रतियोगिता स्वरूप आयोजना गरिँदै आएको छ ।

तस्बिरहरु हेर्नुहाेस् : 

 तस्बिर : नेपाल फोटो लाइब्रेरी 

प्रकाशित मिति : ४ जेष्ठ २०८१, शुक्रबार  १२ : ४० बजे

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको