सबै विपक्षी जुटाएर मोर्चा कस्ने कांग्रेसको रणनीति, को को सहभागी भए बैठकमा ? « Khabarhub

सबै विपक्षी जुटाएर मोर्चा कस्ने कांग्रेसको रणनीति, को को सहभागी भए बैठकमा ?


४ जेठ २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सबै विपक्षी दलहरूलाई जुटाएर सत्ता गठबन्धनविरुद्ध मोर्चा कस्ने रणनीति बनाएको छ ।

बिहीबारको प्रतिनिधि सभा बैठकमा सत्तारुढ नेकपा एमालेका सांसदहरूसँग घम्साघम्सी भएपछि कांग्रेसले विपक्षीहरूलाई एकै ठाउँ ल्याउने रणनीति बनाएको हो ।

सहकारी ठगी प्रकरणमा मुछिएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेबारे संसदीय छानबिनका लागि सत्तापक्ष तयार नभएपछि कांग्रेसले नयाँ रणनीति बनाउँदै विपक्षीको मोर्चा कस्न लागेको हो ।

त्यसकै लागि कांग्रेस सभापति शेरबहादुर देउवाले नयाँबानेश्वरमा विपक्षी दलको बैठक राखेका छन् । विपक्षी दलहरू बैठकमा ब्यस्त भएपछि बिहान ११ बजे बस्ने भनिएको प्रतिनिधि सभाको बैठक पनि धकेलिएको छ ।

बैठकमा भर्खरै सत्ताबाट बाहिरिएका जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव पनि सहभागी छन् । उनीसँगै सांसद राजकिशोर यादव पनि बैठकमा छन् ।

उता राष्ट्रिय प्रजातन्त्र पार्टीबाट उपाध्यक्ष बुद्धिमान तामाङ र प्रमुख सचेतक ज्ञानेन्द्र शाही सहभागी छन् । यो बैठकमा बिहीबार मात्रै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग संवाद गरेका लोकतान्त्रिक समाजवादीका अध्यक्ष महन्थ ठाकुर पनि सहभागी छन् ।

यो बैठकमा देउवाले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई पनि बोलाएका थिए । तर पछिल्लो समय सत्ता गठबन्धनसँग असन्तुष्ट उनी प्रतिपक्षीको बैठकमा गएनन् ।

कांग्रेसले सहकारीको बचत हिनामिना प्रकरणमा उपप्रधानमन्त्री तथा गृहमन्त्री लामिछानेमाथि संसदीय समिति बनाएर छानबिन हुनुपर्ने अडान राखेको छ ।

तर सत्तापक्ष कांग्रेसको मागमा सहमत छैन । उसले समग्र सहकारीको समस्याबारे छानबिन हुनुपर्ने बताउँदै कांग्रेस व्यक्तिकेन्द्रित राजनीतिमा लागेको आरोप लगाइरहेको छ । त्यहीकारण संघीय संसद्का दुवै सदन अवरुद्ध छन् ।

बिहीबार सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समिति बनाउन करिब सहमति भएको थियो । तर, सहमति भाँडियो । बिहीबार प्रतिनिधिसभा बैठकअघि प्रधानमन्त्रीले सदनको अवरोध हटाउन कांग्रेसको मागअनुसार संसदीय छानबिन समिति बनाउने निर्णयमा पुगेका थिए ।

छानबिन समितिको मस्यौदा बनाउन कांग्रेसबाट जीवन परियार र रास्वपाबाट स्वर्णिम वाग्लेलाई लगाइएको थियो । तर दुवै पक्ष एकअर्काले बनाएको मस्यौदामा सहमत नहुन संसद्‍मा तनाव बढ्यो ।

प्रकाशित मिति : ४ जेठ २०८१, शुक्रबार  १२ : ३९ बजे

उत्पादनस्थल फोहर रहेको भन्दै उद्योगलाई दुई लाख जरिवाना

वीरगञ्ज (पर्सा) – जिल्ला प्रशासन कार्यालय (जिप्रका) ले उत्पादनस्थल फोहर

लापसे गरी सवारी चलाउने तीन चालक पक्राउ

काठमाडौँ। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले लागुऔषध (लापसे) सेवन गरी

वाम आन्दोलनलाई बलियो बनाउने चाहना छ : विद्या भण्डारी

रूपन्देही । नेपाल कम्युनिष्ट पार्टी (एमाले) की  वरिष्ठ नेता विद्यादेवी

भारतमा कसरी रोकिँदैछ समुद्री कटान ? 

करियाचल्ली (भारत) (रासस/एएफपी) । समुद्री सतह बढ्दै जाँदा भूभाग गुमाउँदै

अध्ययन बिदा दुरुपयोग छानिबन गर्न कृषि तथा वन विज्ञान विश्वविद्यालयमा समिति

काठमाडौं । कृषि तथा वन विज्ञान विश्वविद्यालयले शिक्षक तथा कर्मचारीले