संसदीय छानबिन समिति बनाउन प्रतिपक्षी दल एकजुट « Khabarhub

संसदीय छानबिन समिति बनाउन प्रतिपक्षी दल एकजुट


४ जेष्ठ २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6.7k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रतिपक्षी दलहरूले सहकारी ठगी प्रकरणमा संलग्न भनिएका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि छानबिनका लागि संसदीय समिति गठन गरिनुपर्ने निष्कर्ष निकालेका छन् ।

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको आह्वानमा शुक्रबार नयाँ बानेश्वरमा बसेको प्रतिपक्षमा रहेका दलहरूको संयुक्त बैठकले संसदीय छानबिन समिति गठन गरिनुपर्ने निष्कर्ष निकालेका हुन् ।

बैठकले समिति गठनका लागि सभामुख देवराज घिमिरेको ध्यानाकर्षण गराउने निर्णयसमेत गरेको छ ।

बैठकमा सहभागी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले संसदीय समिति गठन हुनुपर्नेमा प्रतिपक्षी दलहरू एकमत भएका जानकारी दिए ।

‘छानबिन समिति बन्नु पर्छ भन्नेमा हामी एकमत छौँ,’ उनले खबरहबसँग भने, ‘सभामुख तटस्थ देखिनु भएन । समिति गठनका लागि सभामुखको ध्यानाकर्षण गराउँछौँ ।’

बैठकमा राप्रपाले कांग्रेस सभापति शेरबहादुर देउवासमक्ष गृहमन्त्री लामिछानेले संसद्‌मा बोल्न पाउनु पर्ने प्रस्ताव गरेको पनि उनले बताए । 

प्रकाशित मिति : ४ जेष्ठ २०८१, शुक्रबार  १ : १२ बजे

टस जितेको सुदूरपश्चिमले पहिले फिल्डिङ गर्दै

काठमाडौं- एनपिएल अन्तर्गत शनिबारको दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सले टस जितेको

सुदूरपश्चिम र विराटनगरको खेल हुनेमा अन्यौल

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएल अन्तर्गत ५ ओभरमा छोट्याइएको भनिएको

अमेरिका र इजरायललाई इरानको चेतावनी- फेरि युद्धको कल्पना नगर्नू

तेहरान – इरानका सर्वोच्च नेता मोजतबा खामेनीले अमेरिका र इजरायललाई

वर्षाले अवरुद्ध जोमसोम–कोरला सडक सञ्चालन

मुस्ताङ– भारी वर्षाले अवरुद्ध जोमसोम–कोरला सडक मर्मतपछि सञ्चालनमा आएको छ