रुसलाई हतियार नदिएको किमकी बहिनी जोङको दाबी « Khabarhub

रुसलाई हतियार नदिएको किमकी बहिनी जोङको दाबी


४ जेठ २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


4.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– उत्तर कोरियाका शासक किम जोङ उनकी बहिनी किम यो जोङले अमेरिका र दक्षिण कोरियाले लगाएको आरोपको खण्डन गरेकी छन् ।

दक्षिण कोरिया र अमेरिकाले युक्रेनविरुद्धको युद्धका क्रममा उत्तर कोरियाले रुसलाई हतियार दिएको आरोप निराधार रहेको बताएकी हुन् । 

उत्तर कोरियाको सरकारी समाचार च्यानल केसीएनएका अनुसार किम यो जोङले रुसलाई हतियार दिएको भनेर आएका कुरालाई  बेतुकका भनिन् । 

जोङले भनिन्, ‘उत्तर कोरियाले देशको सुरक्षाका लागि हतियार बनाएको हो, अरु कुनै देशलाई बेच्न होइन ।’

किमकी बहिनीको यो भनाइ यस्तो बेला आएको छ, जब अमेरिकाले ३ रुसी कम्पनीमाथि प्रतिबन्ध लगाएको छ । उत्तर कोरियालाई रुससँग हतियार सम्झौता गरेको आरोप लागेको थियो ।

संयुक्त राष्ट्र (संयुक्त राष्ट्र) ले उत्तर कोरियाको हतियार खरिद बिक्रीमा प्रतिबन्ध लगाएको छ। अमेरिका र पश्चिमी देशहरूले लगातार रुसले उत्तर कोरियाबाट सैन्य प्रविधि र आर्थिक सहायताको बदलामा युक्रेन युद्धका लागि तोपखाना, क्षेप्यास्त्र र अन्य हतियारहरू खरिद गरेको आरोप लगाउँदै आएका छन् ।

यस अघि दक्षिण कोरियाले मार्चमा दावी गरेको थियो कि उत्तर कोरियाले जुलाई २०२३ देखि मार्च २०२४ सम्म हतियारले भरिएका ७ हजार कन्टेनर रुस पठाएको दाबी गरिएको थियो । बदलामा ९ हजार रुसी कन्टेनर उत्तर कोरिया आएको समेत बताइएको थियो । यी खाद्यान्न अभावबाट पीडित उत्तर कोरियालाई सहयोग गर्ने वस्तु भएको दाबी गरिएको थियो।

यसैबीच वाशिङ्टनमा बसेका विज्ञहरूले उत्तर कोरियाले हतियार पठाउने बदलामा स्याटलाइट प्रविधि प्राप्त गरेको दाबी गरेका छन् । उत्तर कोरियाले हालै आफ्नो सेनाका लागि २४० एमएमको रकेट लन्चर बनाउने बताएको थियो, जसले आफ्नो युद्ध लड्ने क्षमता बढाउनेछ ।

प्रकाशित मिति : ४ जेठ २०८१, शुक्रबार  १ : २६ बजे

मस्कले ल्याए उड्ने कार

काठमाडौं- टेस्ला कम्पनीका प्रमुख एवम् विश्वका धनाढ्य खर्बपति एलोन मस्कले

आईसीसी एसिया कन्फ्रेन्स नेपालमा हुने

काठमाडौं- अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) को सहकार्यमा नेपाल क्रिकेट संघ

 सभामुखसँग अमेरिकी कावा राजदूत शिष्टाचार भेट

काठमाडौँ– सभामुख डोलप्रसाद (डिपी) अर्यालसँग नेपालका लागि अमेरिकी कार्यवाहक राजदूत मेगन

सडकमै नयाँ नोटको व्यापार (तस्बिरहरू)

काठमाडौँ– रत्नपार्कस्थित फुटपाथमा दसैँका लागि सर्वसाधारण नोट साटिरहेका छन् ।