प्रधानमन्त्रीले छलफलका लागि बोलाए कांग्रेसलाई « Khabarhub

प्रधानमन्त्रीले छलफलका लागि बोलाए कांग्रेसलाई


४ जेष्ठ २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


5.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसलाई छलफलका लागि बोलाएका छन् । 

संसद्‌मा जारी गतिरोध अन्त्यको प्रयास स्वरुप उनले संसद्‌मा आन्दोलनरत प्रतिपक्षी कांग्रेसलाई छलफलका लागि बोलाएका हुन् । 

प्रधानमन्त्री प्रचण्डले शुक्रबार बेलुकी ६ बजेका लागि बालुवाटारमा बोलाएको कांग्रेसका एक पदाधिकारीले जानकारी दिए ।
कांग्रेस प्रमुख सचेतक रमेश लेखकले पनि प्रधानमन्त्रीले छलफलका लागि बोलाएको पुष्टि गरे । 

‘छलफलका लागि प्रधानमन्त्रीले बोलाउनुभएको भन्ने कुरा सुन्नमा आएको छ,’ उनले खबरहबसँग भने ।

यसअघि कांग्रेसले बोलाएको प्रतिपक्षी दलहरूको संयुक्त बैठकले सहकारी ठगी प्रकरणमा संलग्न भनिएका गृहमन्त्री रवि लामिछानेमाथि छानबिनका लागि संसदीय समिति गठन गरिनुपर्ने निष्कर्ष निकालेका थिए ।

प्रकाशित मिति : ४ जेष्ठ २०८१, शुक्रबार  १ : ३३ बजे

पाल्पामा राहदानी लिन सदरमुकाम धाउनुपर्ने बाध्यता हट्यो

पाल्पा – राहदानी लिन सदरमुकाम तानसेन पुग्नुपर्ने सोच बनाइरहेका रम्भा

ट्रम्प भने : इरानका अझै पनि ‘एकाध लक्ष्य’ नियन्त्रणमा लिन बाँकी छ

वाशिङ्टन – अमेरिकाले इरानको धेरै सैन्य क्षमता नष्ट गरेको तर

पहिरोका कारण मङ्गलामा १६६ परिवार प्रभावित

म्याग्दी – गत असोज महिनाको दोस्रो साता परेको निरन्तरको झरीपछिको

अवरुद्ध बिपी राजमार्ग सञ्चालन

काभ्रे – अविरल वर्षाका कारण अवरुद्ध बनेको बिपी राजमार्गका विभिन्न

जनकपुरले पोखरालाई हराउँदा मैदानमा यस्तो देखियो (तस्बिरहरू)

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा जनकपुर बोल्ट्सले