प्रतिपक्षीहरूको बैठकमा राप्रपाले भन्यो : गृहमन्त्रीलाई बोल्न दिऊँ, चित्त नबुझे प्रतिवाद गरौँला « Khabarhub

प्रतिपक्षीहरूको बैठकमा राप्रपाले भन्यो : गृहमन्त्रीलाई बोल्न दिऊँ, चित्त नबुझे प्रतिवाद गरौँला


४ जेठ २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


876
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सहकारी ठगी प्रकरणमा नेपाली कांग्रेसको आयोजनामा बसेको प्रतिपक्षी दलहरूको बैठक सकिएको छ ।

सिंहदरबारमा बसेको उक्त बैठकमा सहभागी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई संसद्‍मा बोल्न दिनुपर्ने प्रस्ताव गरेको छ ।

राप्रपाबाट सहभागी उपाध्यक्ष बुद्धिमान तामाङ र प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले गृहमन्त्री लामिछानेले संसद्मा बोल्न पाउनुपर्ने आफ्नो पार्टीको प्रष्ट लाइन रहेको बताएका छन् ।

नयाँ बानेश्वरस्थित संसद् भवनभित्र कांग्रेस दलको कार्यालयमा बसेको प्रतिपक्षी दलहरूको बैठकमा संसदीय छानबिन समिति बन्नुपर्ने र गृहमन्त्रीले आफ्ना कुरा राख्नुपर्ने राप्रपाले उल्लेख गरेको हो ।

बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै राप्रपाका प्रमुख सचेतक शाहीले भने गृहमन्त्रीलाई बोल्न दिनुपर्ने पक्षमा आफूहरू प्रष्ट रहेको उल्लेख गरे ।

‘राप्रपाको तर्फबाट गृहमन्त्रीलाई बोल्न दिनुपर्छ भन्ने माग राखेका छौँ। गृहमन्त्रीले बोल्न संसद्‍मा पाउनुपर्छ। छानबिन समिति बन्नुपर्ने कुरामा हामी पछि हट्दैनौँ’, उनले भने ।

संसद्‍मा गृहमन्त्रीको जवाफ सुनिसकेपछि चित्त नबुझे प्रतिवाद गर्न सकिने पनि उनले बताए । ‘गृहमन्त्रीको जवाफ सुनिसकेपछि चित्त नबुझे प्रतिवाद गर्ने कुरामा हामी प्रष्ट छौँ ।’, उनले भने।

बिहीबार बसेको संसद् बैठकमा कांग्रेस र एमाले सांसदहरूबीच हातहालाहाल र घम्साघम्सी भएको थियो । यस्तो अवस्थामा कांग्रेस संसदीय दलको बैठकपछि सभापति शेरबहादुर देउवाले विपक्षी दलहरूसँग रणनीतिका लागि बैठक राखेका थिए ।

प्रकाशित मिति : ४ जेठ २०८१, शुक्रबार  १ : ५८ बजे

दसैँको सँघारमा किसानलाई धान भित्र्याउने चटारो

राँझा– चारैतिर दसैँको रौनकता छाएका बेला बाँकेका किसानलाई भने यतिबेला

सशस्त्र प्रहरीका कर्मचारीलाई राहत रकम हस्तान्तरण

काठमाडौं– सशस्त्र प्रहरी कर्मचारी तथा उनीहरूका आश्रित परिवार र अवकाशप्राप्त

चार महिनापछि गुल्मीमा हवाई सेवा सञ्चालन

गुल्मी– रेसुङ्गा विमानस्थलको हवाई सेवा आजबाट पुनः सञ्चालनमा आएको छ ।

अपराध प्रमाणित भए फिर्ता हुन्छन् खगेन्द्र सुनुवार, उनको कार्यशैलीलाई लिएर पार्टीभित्र छटपटी

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद खगेन्द्र सुनार डेन्जर जोनमा छन्।

दुधे बालक काखमा, पैतालाबाट रगत ! निरुताको रहस्यमय अवतारमा ‘सारथि’

काठमाडौं– अभिनेत्री निरुता सिंहलाई दर्शकले यसपटक बिल्कुलै फरक र गम्भीर