प्रतिपक्षीहरूको बैठकमा राप्रपाले भन्यो : गृहमन्त्रीलाई बोल्न दिऊँ, चित्त नबुझे प्रतिवाद गरौँला « Khabarhub

प्रतिपक्षीहरूको बैठकमा राप्रपाले भन्यो : गृहमन्त्रीलाई बोल्न दिऊँ, चित्त नबुझे प्रतिवाद गरौँला


४ जेठ २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


876
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सहकारी ठगी प्रकरणमा नेपाली कांग्रेसको आयोजनामा बसेको प्रतिपक्षी दलहरूको बैठक सकिएको छ ।

सिंहदरबारमा बसेको उक्त बैठकमा सहभागी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई संसद्‍मा बोल्न दिनुपर्ने प्रस्ताव गरेको छ ।

राप्रपाबाट सहभागी उपाध्यक्ष बुद्धिमान तामाङ र प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले गृहमन्त्री लामिछानेले संसद्मा बोल्न पाउनुपर्ने आफ्नो पार्टीको प्रष्ट लाइन रहेको बताएका छन् ।

नयाँ बानेश्वरस्थित संसद् भवनभित्र कांग्रेस दलको कार्यालयमा बसेको प्रतिपक्षी दलहरूको बैठकमा संसदीय छानबिन समिति बन्नुपर्ने र गृहमन्त्रीले आफ्ना कुरा राख्नुपर्ने राप्रपाले उल्लेख गरेको हो ।

बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै राप्रपाका प्रमुख सचेतक शाहीले भने गृहमन्त्रीलाई बोल्न दिनुपर्ने पक्षमा आफूहरू प्रष्ट रहेको उल्लेख गरे ।

‘राप्रपाको तर्फबाट गृहमन्त्रीलाई बोल्न दिनुपर्छ भन्ने माग राखेका छौँ। गृहमन्त्रीले बोल्न संसद्‍मा पाउनुपर्छ। छानबिन समिति बन्नुपर्ने कुरामा हामी पछि हट्दैनौँ’, उनले भने ।

संसद्‍मा गृहमन्त्रीको जवाफ सुनिसकेपछि चित्त नबुझे प्रतिवाद गर्न सकिने पनि उनले बताए । ‘गृहमन्त्रीको जवाफ सुनिसकेपछि चित्त नबुझे प्रतिवाद गर्ने कुरामा हामी प्रष्ट छौँ ।’, उनले भने।

बिहीबार बसेको संसद् बैठकमा कांग्रेस र एमाले सांसदहरूबीच हातहालाहाल र घम्साघम्सी भएको थियो । यस्तो अवस्थामा कांग्रेस संसदीय दलको बैठकपछि सभापति शेरबहादुर देउवाले विपक्षी दलहरूसँग रणनीतिका लागि बैठक राखेका थिए ।

प्रकाशित मिति : ४ जेठ २०८१, शुक्रबार  १ : ५८ बजे

१० खेलाडीमा सीमित सेभिल्लामाथि रियलको जित : एम्बाप्पे र बेलिङ्घमले गरे गोल

काठमाडौं – ला लिगा अन्तर्गत आइतबार बिहान सम्पन्न खेलमा सेभिल्लामाथि

दार्चुलामा जीप दुर्घटनाः एक जनाको मृत्यु

दार्चुला – मार्मा गाउँपालिका–३ भसेमा जीप दुर्घटना हुँदा एक जनाको

आज विश्व ध्यान दिवस मनाइँदैः टुँडिखेलमा विशेष कार्यक्रम

काठमाडौं – संयुक्त राष्ट्रसङ्घको घोषणाअनुसार आज ‘विश्व ध्यान दिवस’ मनाइँदै

निर्वाचन ७४ दिन बाँकीः आचारसंहितामा कस्तो छ सवारीसाधन प्रयोग गर्ने व्यवस्था ?

काठमाडौं – आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय