भलिबल खेलाडीलाई सेनाको सहयोग | Khabarhub Khabarhub

भलिबल खेलाडीलाई सेनाको सहयोग


४ जेठ २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


11k
Shares
  • change font
  • change font
  • change font

महेन्द्रनगर– नेपाली सेनाले भलिबल खेलाडीहरूलाई सहयोग गरेको छ । कञ्चनपुरको महेन्द्रनगरस्थित भलिबल प्रशिक्षण केन्द्रमा आश्रित सुदूरपश्चिमका विभिन्न जिल्लाका खेलाडीलाई सेनाले खाद्यान्नलगायत सामग्री सहयोग गरेको हो ।

कञ्चनपुर जिल्ला भलिबल सङ्घले लामो समयदेखि खेलाडी एकत्रित गरेर यहाँस्थित प्रशिक्षण केन्द्रमा भलिबलको अभ्यास तथा उनीहरूलाई पढ्न सहयोग गर्दै आएको छ ।

खेलाडीको नियमित प्रशिक्षणका दौरान उनीहरूको खानपिनको व्यवस्थापनमा सहयोग पुगोस् भन्ने उद्देश्यले सेनाको श्री नं. २५ बाहिनी अड्डा भगतपुर ब्यारेक, रुद्रध्वज गण र श्रीदल गुल्मले चामल, तेल, मसला, बिस्कुटलगायतका सामाग्री सहयोग हो । श्री नं. २५ बाहिनी अड्डाका बाहिनीपति सहायकरथि मनोज थापाले उक्त सामाग्री भलिबल प्रशिक्षक जगदीशप्रसाद भट्टलाई हस्तान्तरण गरे ।

सो अवसरमा बाहिनीपति सहायकरथि थापाले खेलाडीलाई अनुशासित, लगनशिल र मेहनतका साथ प्रशिक्षणमा लगाव राख्न तथा भलिबल खेलमार्फत विश्वर नेपाललाई चिनाउन सफल हुने विश्वास व्यक्त गरे ।

 नेपाली सेनाले यसअघि भलिबल प्रशिक्षण केन्द्रको भवन निर्माणदेखि विभिन्न प्रतियोगितामा समेत सहयोग र सहकार्य गर्दै आएको भलिबल प्रशिक्षक भट्टले बताए ।

हाल प्रशिक्षण केन्द्रमा झन्डै एक सयको हाराहारीमा खेलाडी प्रशिक्षणरत छन् । पन्ध्र खेलाडी प्रशिक्षण केन्द्रमै बसेर अध्ययन तथा भलिबलको अभ्यास गर्दै आएका छन् ।

प्रकाशित मिति : ४ जेठ २०८१, शुक्रबार  २ : ४२ बजे

राहुघाट आयोजनाको मुख्य सुरुङ निर्माण अन्तिम चरणमा

म्याग्दी– नेपाल विद्युत प्राधिकरणद्वारा म्याग्दीको रघुगङ्गा गाउँपालिकामा निर्माणाधीन ४० मेगावाट

रास्वपा संसदीय दलको बैठक बस्दै

काठमाडौँ–  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलको बैठक आज बस्दैछ

प्रविधिको उच्चतम प्रयोग : मानवीय संवेदनामाथि जटिल प्रश्न

संसार पहिले भन्दा आज केही स्वस्थ र धनी छ। अझ

एडीबीद्वारा भारतका लागि २४ करोड डलर ऋण स्वीकृत

काठमाडौँ– एशियाली विकास बैंक एडीबीले घरको छानामा सौर्य प्रणाली जडान

राप्रपा संसदीय दलको बैठक बस्दै

काठमाडौँ– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संसदीय दलको बैठक आज बस्दैछ