गृहमन्त्रीको राजीनामा माग्दै सडकमा नेविसंघ (तस्बिरहरू) « Khabarhub

गृहमन्त्रीको राजीनामा माग्दै सडकमा नेविसंघ (तस्बिरहरू)


४ जेष्ठ २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


3.8k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सहकारी प्रकरणमा मुछिएका उपप्रधान तथा गृहमन्त्रि रवि लामिछानेको राजीनामा माग्दै नेपाली कांग्रेसको भ्रातृसंगठन नेविसंघले संसद् भवनअगाडि प्रदर्शन गरेको छ ।

कालो पट्टीसहित प्रदर्शनमा उत्रिएका नेविसंघका कार्यकर्ताहरूमाथि प्रहरीले तत्कालै धरपकड गरेको छ ।

गृहमन्त्रीको राजीनामा माग्दै उनीहरूले संसद् भवनअगाडि प्रदर्शन गर्दा केही बेर यातायातसमेत प्रभावित भयो । प्रदर्शनका क्रममा प्रहरीले ११ जना प्रदर्शनकारीलाई पक्राउ गरेको छ ।

प्रदर्शन गर्ने नेविसंघका ११ जना नेताहरूलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता नवराज अधिकारीले बताए ।

गृहमन्त्री रवि लामिछानेले आफूलाई संसद्‌मा पहिले बोल्न दिनुपर्ने माग गर्दै आएका छन् । नेपाली कांग्रेसले सहकारी ठगी प्रकरणमा गृहमन्त्री रवि लामिछानेमाथि छानबिन समिति बनाउनुपर्ने माग गर्दै लगातार सदनमा अवरोध गर्दै आएको छ ।

तस्बिरमा हेर्नुहोस् :

तस्बिर : नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : ४ जेष्ठ २०८१, शुक्रबार  २ : ४६ बजे

म्यान्मामा सैन्य हवाई आक्रमण, ११ सर्वसाधारणको मृत्यु

ढाका – म्यान्माको मध्यक्षेत्रमा पर्ने एक गाउँमा सेनाले गरेको हवाई

बागमती किनारमा दसैँको रौनक, लिङ्गे पिङमा रमाउँदै बालबालिका (तस्बिरहरू)

काठमाडाैं – कुपोण्डोलस्थित बागमती नदी किनारमा दसैँको उमङ्ग, लिङ्गे पिङ

अस्थायी मर्मतपछि दसैँमा सहज बन्दै बागलुङका सडक

बागलुङ – बाढीपहिरोले क्षति पुर्‍याएका बागलुङका राष्ट्रिय राजमार्गदेखि ग्रामीण सडकसम्म

करेन्ट लागेर महिलाको मृत्यु

ओखलढुङ्गा – ओखलढुङ्गाको चिशङ्खुगढी गाउँपालिका–१, कुमलटारमा करेन्ट लागेर ५४ वर्षीया

म्याग्दीको बेनी–दरबाङ सडक बन्द

म्याग्दी – म्याग्दीको पश्चिमी भेगका तीन वटा स्थानीय तहलाई जिल्ला