मौद्रिक नीतिको समीक्षाप्रति शेयर लगानीकर्ताको धारणा : ‘कागलाई बेल पाक्यो, हर्ष न बिस्मात’  « Khabarhub

मौद्रिक नीतिको समीक्षाप्रति शेयर लगानीकर्ताको धारणा : ‘कागलाई बेल पाक्यो, हर्ष न बिस्मात’ 


४ जेठ २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


384
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल राष्ट्र बैंकले शुक्रबार सार्वजनिक गरेको चालु आर्थिक वर्षको मौद्रिक नीतिको तेस्रो समीक्षाले पुँजी बजारलाई सम्बोधन नगरेको भन्दै लगानीकर्ताले ‘कागलाई बेल पाक्यो हर्ष न बिस्मात’ भन्दै प्रतिक्रिया दिएका छन् ।

राष्ट्र बैंकले सार्वजनिक गरेको ८ पेजको ८ पृष्ठ लामो समीक्षामा पुँजीबजारको विषयमा कहीँ कतै सम्बोधन भएको देखिँदैन । राष्ट्र बैंकले समीक्षामा शेयर बजारको विषयलाई एक शब्दले पनि पनि सम्बोधन नगर्दा बजारमा नकारात्मक असर पर्ने लगानीकर्ताहरूको धारणा छ ।

अर्थतन्त्रको महत्त्वपूर्ण क्षेत्र शेयर बजारको बारेमा मौद्रिक नीतिमा समावेश नहुनु आश्चर्यजनक विषय भएको उनीहरूको धारणा छ ।

पुँजी बजार लगानीकर्ता संघकी अध्यक्ष राधा पोखरेलले मौद्रिक नीतिको समीक्षालाई लिएर सामाजिक सञ्जालमा आफ्नो असन्तुष्टि पोखेकी छिन् । ‘सन्दर्भ : सेयर बजारका लागि मौद्रिक नीतिको त्रैमासिक समीक्षा ! ‘कागलाई बेल पाक्यो, हर्ष न बिस्मात !!’ अध्यक्ष पोखरेलले लेखेकी छिन् ।

अर्का लगानीकर्ता छोटेलाल रौनियारले पनि मौद्रिक नीतिको समीक्षामा शेयर बजारलाई ‘क’ पनि उच्चारण नगरिएको भन्दै शेयर बजारसँग सम्बन्धित बजेट र मौद्रिक नीतिको तालमेल नमिलेको बताएका छन् ।

‘तेस्रो मौद्रिक नीतिको समीक्षाले शेयर बजारलाई केही पनि असर गरेन’, रौनियारले खबरहबसँग भने, ‘राष्ट्र बैंकले शेयर बजारमा राम्रो नदेखेकाले राम्रो समीक्षा गर्न सकेन र नराम्रो गर्ने कुरा भएन, त्यो भएर शेयर बजारको ‘क’ पनि आएन ।’

अर्का शेयर बजार विश्लेषक दिनेश आचार्यले भने मौद्रिक नीतिले शेयर बजारको समीक्षा नगर्ने धारणा राखेका छन् ।

समीक्षामा उल्लेख गरिएको ‘बैंक तथा वित्तीय संस्थाहरूको १ वर्ष अवधि व्यतीत भई सकेका लगानी मध्येबाट एक आर्थिक वर्षमा आफ्नो प्राथमिक पुँजीको २० प्रतिशतसम्म बिक्री गर्न पाउने व्यवस्था मिलाइने छ’ व्यवस्थाले शेयर बजारमा सकारात्मक प्रभाव पार्ने आचार्यले बताए ।

‘२० प्रतिशतसम्म बिक्री गर्ने पाउने व्यवस्थाले त शेयर बजारमा सकारात्मक असर पर्छ’, आचार्यले भने, ‘पुँजी बजारमा राष्ट्र बैंकले लिएको बाटो ठिक छ ।’

अबको केही दिनमा बजेट आउने र बजेट पछि आउने वार्षिक मौद्रिक नीति कस्तो आउँछ भन्ने कुराले शेयर बजारमा असर पर्ने आचार्यको भनाइ छ । ‘शेयर बजारमा अब आउने बजेट र त्यसपछि आउने वार्षिक मौद्रिक नीति महत्त्वपूर्ण हो’, आचार्यले भने, ‘मैले त तेस्रो समीक्षामा पनि बजारलाई सकारात्मक असर गर्ने केही कुराहरू सुधार भएको देख्छु ।’

प्रकाशित मिति : ४ जेठ २०८१, शुक्रबार  ३ : २४ बजे

पौडी खेल्नक्रममा डुबेर तीन जनाको मृत्यु

कर्णाली– सुर्खेत र दैलेखमा खोलामा पौडी खेल्ने क्रममा डुबेर तीनजनाको

योगलाई जीवनशैलीका रूपमा अपनाउन राष्ट्रपतिको आग्रह

काठमाडौँ– राष्ट्रपति रामचन्द्र पौडेलले योगलाई जीवनशैलीका रूपमा अपनाउन आग्रह गरेका

रास्वपा महाधिवेशन: ९९ केन्द्रीय सदस्यका लागि निर्वाचन पक्का, पदाधिकारी छान्न सकस

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनमा ९९

रास्वपालाई कांग्रेस सभापति थापाको शुभकामना : संगठन निर्माणदेखि निर्वाचनसम्मको यात्रा प्रशंसनीय

काठमाडौँ– नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले राष्ट्रिय स्वतन्त्र पार्टी

फिफा विश्वकप : इक्वेडर र कुरासाओले खेले गोलरहित बराबरी

काठमाडौँ– फिफा विश्वकप फुटबल २०२६ मा समूह ‘ई’ का इक्वेडर