सबै दलको छलफलबाट राजनीतिक निकास आउँछ : मन्त्री अर्याल | Khabarhub Khabarhub

सबै दलको छलफलबाट राजनीतिक निकास आउँछ : मन्त्री अर्याल


४ जेठ २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

नेपालगन्ज– श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले सबै राजनीतिक दलको छलफलबाट राजनीतिक निकास आउने बताएका छन् ।

रोजगार सेवा केन्द्रमा कार्यरत कर्मचारीहरूको क्षमता अभिवृद्धि तालिममा सहभागी हुन आज बाँकेको कोहलपुर आएका उनले पत्रकारहरूसँग कुरा गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीले मात्रै  निकास निकाल्न नसक्ने बताए ।

उनले संवादबाट गतिरोधको अन्त्य हुने विश्वास व्यक्त गरे । सुसंस्कृत राजनीति गर्न भनेर आएको पार्टीले संसद्मा गरेको गतिविधि दुःखद भएको उनको भनाइ थियो ।

मन्त्री अर्यालले वैदेशिक रोजगारका लागि विभिन्न देशमा गएका र जेलमा भएका नेपालीका विषयमा गहन अध्ययन हुन लागेको उल्लेख गर्दै श्रम स्वीकृति लिएर गएका नेपाली नागरिकका पक्षमा उद्धार, शव व्यवस्थापन, औषधि उपचार गर्न वैदेशिक रोजगार बोर्ड गठन भएको बताए ।

उनले श्रम स्वीकृति नलिई जाने कामदारका लागि मन्त्रालयले कुनै काम गर्न नसक्ने जानकारी दिँदै महिला कामदार विदेश जाने र असुरक्षा हुने विषय जटिल भएको उल्लेख गरे ।

‘वैदेशिक रोजगारीमा संस्थागत र व्यक्तिगत ठगी छ, यसलाई  योजना बनाएर काम गर्नुपर्छ’, मन्त्री अर्यालले भने।

मन्त्रालयका सचिव घनश्याम उपाध्यायले श्रमसँग सम्बन्धित श्रमदान अभियान सञ्चालन हुन लागेको जानकारी दिए । उनले वैदेशिक रोजगारीका लागि मिटर ब्याजमा पैसा लिने समस्या चिन्ताको विषय भएको बताए ।

प्रकाशित मिति : ४ जेठ २०८१, शुक्रबार  ४ : ०० बजे

मनाङबाट ३२ किलो यार्सागुम्बा निकासी

मनाङ– मनाङको तल्लो क्षेत्रमा यार्सागुम्बा सङ्कलन कार्य सम्पन्न भएको छ

म्याग्दीको रुममा चारसय परिवारलाई खानेपानी

म्याग्दी– म्याग्दीको मालिका गाउँपालिका–२ रुममा ‘एक घर, एक धारा’ सहितको

काठमाडौं उपत्यका : एकै दिन घुम्न सकिन्छ सात सम्पदा

काठमाडौं – खुला संग्रहालयको रुपमा विश्वसामु परिचित काठमाडौं उपत्यका जहाँ

तीन दशकपछि सडक कालोपत्र

तनहुँ– करिब तीन दशकअघि रेखाङ्कन गरिएको तनहुँको भानु नगरपालिकास्थित कालीमाटीदेखि

बागमतीसहित यी प्रदेशमा ठूलो वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल