जसले कतारबाट पठाएको ७० ग्राम सुन पचाउन केसम्म गरेनन् ? | Khabarhub Khabarhub

जसले कतारबाट पठाएको ७० ग्राम सुन पचाउन केसम्म गरेनन् ?


४ जेठ २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


219
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- कतारमा वैदेशिक रोजगारी गरेर फर्किएका एकजना ३८ वर्षीय युवकले अवैध रुपमा पठाइएको ७० ग्राम सुन पचाउन अनौठो हर्कत गरेको खुलेको छ ।

यही जेठ १ गते कतारबाट फर्किएका उनी त्यसको भोलिपल्ट बिहान ९ बजे आसपास ललितपुरको गोदावरी नगरपालिका-६ स्थित सडक किनारको नालीमा घाइते अवस्थामा भेटिए ।

त्यसरी घाइते अवस्थामा भेटिने युवक थिए, इलामको सूर्योदय नगरपालिका-१४ घर भई हाल झापाको बिर्तामोड नगरपालिका-५ निवासी ३८ वर्षीय सूर्यबहादुर समाल मगर ।

घाइते अवस्थामा भेटिएका मगरलाई त्यस क्षेत्रमा तैनाथ प्रहरीको टोली र स्थानीयबासीले उद्धार गरी तत्कालै गोदावरी नगरपालिका-६ स्थित नमस्ते मेट्रो अस्पतालमा उपचारका लागि भर्ना गर्‍यो ।

त्यसपछि नमस्ते मेट्रो अस्पतलामै काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट पुगेको टोलीले सोधखोज थाल्यो । शंका लागेपछि उनलाई अस्पतालमा सोधखोज गरेर थप अनुसन्धानका लागि मीनभवनस्थित अपराध अनुसन्धान कार्यालयमै लगियो ।

अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एवम् एसपी रवीन्द्र रेग्मीका अनुसार कार्यालयमा ल्याएर सोधखोज गर्ने क्रममा मगरले कतारबाट ७० ग्राम अवैध सुन बोकेर आएको खुल्यो ।

कुनै पनि नागरिकले विदेशबाट आउँदा महिलाको हकमा ५० ग्रामसम्म र पुरूषको हकमा २५ ग्रामसम्मको सुनको गहनामा भन्सार तिर्नु नपर्ने व्यवस्था छ । तर उनले ७० ग्राम सुन भन्सार नतिरी छिराएका थिए ।

जेठ १ गते बिहान कतार एयरवेजबाट आएका उनले साथीले पठाएको अवैध सुन पचाउने योजनासहित नालीमा लड्नेसम्मको घटना गराएको प्रहरीको अनुसन्धानबाट खुलेको छ ।

जेठ १ गते बिहान कतारबाट त्रिभुवन अन्तराष्ट्रिय विमानस्थालमा उत्रिएका उनले राजस्व छलेर ल्याएको सुन पचाउने योजनासहित दिउँसो १ बजे सौर्य एयरलाइन्सको जहाजबाट झापाको भद्रपुरसम्मको यात्रा गरे ।

प्रहरी उपरीक्षक रेग्मीका अनुसार उनले भद्रपुर विमानस्थलमा उत्रिएपछि उक्त अवैध सुन हाल बस्दै आएको झापाको बिर्तामोड नगरपालिका-५ स्थित घरमा लुकाउन भ्याए ।

उक्त अवैध सुन पचाउने योजनासहित घरमा लुकाएर त्यही साँझ साढे ६ बजेको बुद्ध एयरको विमानमार्फत् भद्रपुरबाट काठमाडौं फर्किए ।

‘झापाको बिर्तामोडमा उक्त अवैध सुन लुकाएपछि मगर त्यही साँझ काठमाडौं फर्किएको खुलेको छ’, रेग्मीले भने, ‘त्यसपछि बुधबार बिहानको समयमा आफैंले आफ्नो शरीरमा चोटपटक लाग्ने गरी घाउचोट लगाएको पाइयो । अनि आफैंले आफ्नो हातखुट्टासमेत बाँधेर सडक किनारमा रहेको नालीमा बसेको पुष्टि भयो ।’

यता आफूलाई लुटपाट गरी नालीमा फ्याँकिएको कथा बनाएका मगरको बिर्तामोडस्थित घरमा झापाको प्रहरी पुगिसकेको थियो । अपराध अनुसन्धान कार्यालयको समन्वयमा उनको झापास्थित घरमा पुगेको इलाका प्रहरी कार्यालय बिर्तामोडको टोलीले बरामद गर्‍यो ।

मगरको घरमा लुकाइएको उक्त अवैध सुन बरामद गरेपछि इलाका प्रहरी कार्यालय बिर्तामोडले अपराध अनुसन्धान कार्यालयमा पठाइदियो। त्यसपछि उक्त सुनसहित मगरलाई आवश्यक कारबाहीका लागि त्रिभुवन अन्तराष्ट्रिय भन्सार कार्यालय गौचर पठाइएको रेग्मीले बताएका छन् ।

के के भेटियो?

प्रहरीले मगरको झापास्थित घरबाट ५० ग्राम बराबरको सुनको ब्रासले एक थान र २० ग्राम बराबरको सुनको बेरुवा औँठी एक थान बरामद गरेको छ । दुवै परिमाणको सुन अवैध रहेको प्रहरीले जनाएको छ ।

त्यस्तै सामसङ कम्पनीको मोबाइल एक थान, आईफोन एक थान र लेनेभो ब्रान्डको ल्याप्टप एक थान पनि प्रहरीले मगरको साथबाट बरामद गरेको छ ।

प्रकाशित मिति : ४ जेठ २०८१, शुक्रबार  ४ : १५ बजे

आज २०८१ साल साउन १२ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार तदनुसार

माछा मार्ने क्रममा पानीमा डुबेर एक जनाको मृत्यु

झापा – झापाको गौरीगञ्ज गाउँपालिका–१ महाभारामा आज दिउँसो माछा मार्ने

अझै हटेन पशुचौपाया छाड्ने प्रवृति

कैलाली – कैलालीमा पशुचौपाया छाडा छाड्ने प्रवृति अझै हट्न सकेको

खर्च नियम उल्लङ्घन गरेको आरोपमा इयुद्वारा फ्रान्सविरुद्ध कारबाही

ब्रसेल्स – फ्रान्स, इटाली र युरोपेली सङ्घ (इयु) ब्लकका अन्य

पाँच वर्षपछि लिबियामा भारतीय राजदूतावास पुनः स्थापना

काठमाडौं – भारतले उत्तर अफ्रिकी मुलुक लिबियामा आफ्नो राजदूतावास पुनः