किसानलाई अनुदानमा कृषि औजार वितरण « Khabarhub

किसानलाई अनुदानमा कृषि औजार वितरण


४ जेठ २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

गण्डकी– किसानलाई कृषि पेसामा थप आकर्षित गर्ने उद्देश्यले अनुदानमा कृषि औजार वितरण गरिएको छ ।

पोखरा महानगरपालिका–२६ को सहयोग र वडा कृषि सञ्जालको संयोजनमा विभिन्न कृषक समूह तथा कृषकलाई ५० प्रतिशत अनुदानमा कृषि औजार तथा उपकरण प्रदान गरिएको हो ।

वडा कृषि सञ्जालको संयोजनमा आज आयोजित एक कार्यक्रमकाबीच पोखरा–२६ का वडाध्यक्ष नरेन्द्र थापा, महानगरका कृषि महाशाखा प्रमुख मनोहर कडरियाले संयुक्तरुपमा ती सामग्री हस्तान्तरण गरेका हुन् ।

कृषकलाई पाँच थान हाते ट्याक्टर, एक सय १० वटा प्लास्टिक त्रिपाल, ४६ वटा प्लास्टिक टनेल, एक सय ८० बाउसा, सात स्प्रे मेसिन, छ वटा तौल जाँच्ने मेसिन हस्तान्तरण गरिएको सञ्जालले जनाएको छ ।

वडाध्यक्ष थापाले उत्पादनमा जोड दिँदै कृषि सञ्जालसँगको समन्वयमा ५० प्रतिशत अनुदानमा कृषि औजार तथा उपकरण प्रदान गरिएको बताए । सकेसम्म सबै क्षेत्र र समुदायमा समेट्ने गरी वितरण गर्न खोजिएको बताउँदै उनले प्राप्त सामग्रीलाई अधिकतम उपयोग गर्दै उत्पादनमा वृद्धि गर्नतर्फ लाग्नुपर्नेमा जोड दिए ।

महानगरका कृषि महाशाखा प्रमुख कडरियाले यहाँका किसानलाई उत्पादनमा जोड दिँदै आत्मनिर्भर बनाउने उद्देश्यले विभिन्न अनुदान सहयोगका कार्यक्रम सञ्चालन गरिएको जानकारी दिए । अनुदानमा प्राप्त सामग्रीको अधिकतम उपयोगसँगै सामूहिकरुपमा प्रयोग गर्नेतर्फ लाग्नुपर्ने उनको भनाइ छ ।

कृषकलाई लक्षित गरी महानगरले विभिन्न कृषिजन्य उत्पादनको समर्थन मूल्यसमेत तोकेको बताउँदै कडरियाले खाली जग्गा नराख्ने गरी कृषकले उत्पादनमा क्रियाशील हुनुपर्ने आवश्यकता औँल्याए ।

वडा कृषि सञ्जालका संयोजक केशवराज ढुङ्गानाले अनुदानमा वितरित सामानको बहु उपयोग गर्दै अधिकतम फाइदा लिनुपर्नेमा जोड दिए ।

लेखनाथ खानेपानी उपभोक्ता समितिका अध्यक्ष मुरारी शर्मा, सिलिङ्गे कृषि सहकारी संस्थाका अध्यक्ष ठाकुरप्रसाद रानाभाट, सञ्जालका सहसंयोजक देवी ढुङ्गाना, पशुसेवा केन्द्र लेखनाथका प्रमुख विश्वनाथ गौतम, कृषि सेवा केन्द्रका अधिकृत रामचन्द्र पौडेललगायतले अनुदानमा वितरित सामग्रीको बहु उपयोग गरी उच्च प्रतिफल लिनुपर्नेमा जोड दिए ।

प्रकाशित मिति : ४ जेठ २०८१, शुक्रबार  ४ : ४२ बजे

पद्माको प्रश्न- लोकसेवा बन्द गरेर बौद्धिक नागरिक यहाँ नबसुन् भन्ने सरकारको आशय हो ?

काठमाडौं– नेकपा (एमाले)की सचिव पद्माकुमारी अर्यालले सरकारलाई लोकसेवा खोल्न भनेकी

कांग्रेसले भन्यो- देवानगन्ज घटनाको सम्पूर्ण जिम्मेवारी सरकारले लिनुपर्छ

काठमाडौं– प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सुनसरीको देवानगन्ज गाउँपालिका–३ कप्तानगन्ज घटनाको

रसुवागढी नाका पुग्ने बेत्रावती–धुन्चे सडकमा खाल्डो र हिलो (तस्बिरहरू)

रसुवा– काठमाडौं र चीनलाई जोड्ने प्रमुख व्यापारिक राजमार्ग हो-पासाङ ल्हामु (त्रिशुली

राष्ट्रपति पौडेलसँग सभामुख अर्यालको भेट

काठमाडौँ– राष्ट्रपति रामचन्द्र पौडेलसँग सभामुख डोलप्रसाद अर्यालले शिष्टाचार भेट गरेका

राष्ट्रिय सुरक्षा परिषद्को बैठक बस्दै

काठमाडौँ– प्रधानमन्त्री वालेन्द्र शाहको अध्यक्षतामा राष्ट्रिय सुरक्षा परिषद्को बैठक आज