उपाध्यक्ष पाण्डेकाे तर्क- गृहमन्त्रीको नाम किटान गर्न आवश्यक छैन, छानबिन समिति बनाउनु पर्छ | Khabarhub Khabarhub

उपाध्यक्ष पाण्डेकाे तर्क- गृहमन्त्रीको नाम किटान गर्न आवश्यक छैन, छानबिन समिति बनाउनु पर्छ


४ जेठ २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


135
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष एवं सांसद राजेन्द्र प्रसाद पाण्डेले सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समिति नबनाईकन सरकारले सुख नपाउने बताएका छन् ।

प्रतिनिधिसभाको बैठक बस्दै नबसी स्थगित भएपछि संसद् भवन परिसरमा मिडियाकर्मीहरुसँगको संक्षिप्त कुराकानीमा उनले सहकारी सम्बन्धी छानबिन समिति बनाउनु पर्ने बताउँदै गृहमन्त्री रवि लामिछानेको मात्रै नाम किटान गर्न आवश्यक नभएको बताएका हुन् ।

उनले भने, ‘केवल गृहमन्त्रीको मात्रै कुरा भएन । सबै सहकारीसम्बन्धी छानबिन हुनुपर्छ । गिरिबन्धु टि–स्टेटको सम्बन्धमा अदालतले फैसला गर्यो । पूर्णपाठ पढेर पार्टीको धारणा बनाउन सकेका छैनौँ । हिजो पनि यो भ्रष्टाचारजन्य काम नै हो ।’

प्रकाशित मिति : ४ जेठ २०८१, शुक्रबार  ४ : ५९ बजे

भन्सार छलेर ल्याइएका १८ लाखका कपडा बरामद

वीरगञ्ज – सशस्त्र प्रहरी बल नेपाल १३ नम्बर गणबाट परिचालन

सङ्गठित अपराधमा संलग्न भएको आरोपमा चर्चित मुक्केबाजको गिरफ्तारी

वाशिङ्टन – अमेरिकी आप्रवासी एजेन्टले मेक्सिकोका चर्चित मुक्केबाज ३९ वर्षीय

वर्षायामको आगमनसँगै सौराहामा घटे पर्यटक

चितवन– पर्यटकीय नगर सौराहामा विगत २५ वर्षदेखि व्यवसाय गर्दै आएका

एक करोड लागतमा वडा कार्यालय भवन निर्माण

म्याग्दी– रघुगङ्गा गाउँपालिका–१ बेगमा एक करोड पाँच लाखको लागतमा वडा

ढुङ्गा लागेर टहरामा सुतेका दिदी बहिनीको मृत्यु

काँक्रेविहार– जाजरकोटको कुशे गाउँपालिका–३ तर्पेनामा एकै घरका दिदी र बहिनीको