बुटवल उपमहानगर पूर्ण खोप दिगोपना सुनिश्चितता घोषणा « Khabarhub

बुटवल उपमहानगर पूर्ण खोप दिगोपना सुनिश्चितता घोषणा


४ जेष्ठ २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बुटवल उपमहानगरपालिकालाई पूर्ण खोप दिगोपना सुनिश्चितता घोषणा गरिएको छ ।

शुक्रबार बुटवलमा आयोजित एक कार्यक्रमका बीच जिल्ला खोप समन्वय इकाईबाट प्राप्त पत्रअनुसार नगर प्रमुख खेलराज पाण्डेयले बुटवल पूर्ण खोप दिगोपना सुनिश्चित भएको घोषणा गरेका हुन् । उनले बुटवललाई स्वास्थ्य क्षेत्रमा अब्बल बनाउनका लागि आवश्यक काम भइरहेको बताए।

यसअघि जिल्ला समन्वय समितिका प्रमुख उमाकान्त चपाइँले बुटवलले सबै सूचकहरू पूरा गरेर पूर्ण खोप सुनिश्चित भएको बताउँदै बुटवललाई प्रमाणपत्र हस्तान्तरण गरेका थिए ।

पहिलो चरणमा पालिकाका सबै वडालाई पूर्ण खोप सुनिश्चितता गरिएको र हाल सोही तथ्याङ्क र सूचकका आधारमा पूर्ण खोप सुनिश्चितता नगर घोषणा गरिएको स्वास्थ्य शाखा प्रमुख युवराज पाण्डेले जानकारी दिए ।

स्वास्थ्य शाखाले दिगोपना र पूर्ण खोप सुनिश्चितताका लागि हरेक वर्ष चैतमा नियमित खोपको घरभेट सर्वेक्षण गरी उमेरअनुसार खोप पाए÷नपाएको यकिन गरेर खोप लगाउन छुटेको पाइएमा खोप दिने प्रक्रियाअनुरूप खोप दिने व्यवस्था गरेको छ ।

सबै सर्तहरू पूरा गरी बुटवललाई पूर्ण खोप सुनिश्चितता उपमहानगरपालिका घोषणा गरिएको हो ।

प्रकाशित मिति : ४ जेष्ठ २०८१, शुक्रबार  ५ : ५० बजे

वीरगन्ज भन्सारबाट लक्ष्यभन्दा बढी राजस्व सङ्कलन

वीरगञ्ज– वीरगञ्ज भन्सार कार्यालयले पछिल्लो एक महिनामा २६ अर्ब ७२

आज बुधबार, भगवान श्रीकृष्णको पूजा गर्नुहोस्

आज २०८३ साल कात्तिक ११ गते बुधबार सन् २०२६ अक्टोबर

वर्षा र हिमपातको जोखिम, सतर्क रहन आग्रह

काठमाडौँ– बङ्गालको खाडीमा विकसित भइरहेको चक्रवात ‘अरनब’को प्रभावले यही कात्तिक

आज २०८३ साल कात्तिक ११ गते बुधबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक ११ गते बुधबार सन् २०२६

पोखराको आकाशमा रमेको ‘प्रकृति, संस्कृित र साहस’

गण्डकी – शरद याम चलिरहेको छ । निलो आकाश र