सञ्चालकले नियम उल्लंघन गर्दा सहकारीमा समस्या सिर्जना भयो : मुख्यमन्त्री अधिकारी « Khabarhub

सञ्चालकले नियम उल्लंघन गर्दा सहकारीमा समस्या सिर्जना भयो : मुख्यमन्त्री अधिकारी


४ जेष्ठ २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

गण्डकी– गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले सहकारीका सञ्चालकहरूकै कारण सहकारी अभियान जोखिममा परेको बताएका छन् ।

नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी सङ्घ (नेफ्स्कुन)को आयोजना तथा सहकारी विभागको साझेदारीमा पोखरामा आज आयोजित ‘साकोस जोखिम विश्लेषण कार्यशालाको शुभारम्भ समारोहमा उनले सञ्चालकले आर्थिक नियमको उल्लङ्घन गर्दा  सहकारी क्षेत्रमा समस्या सिर्जना भएको हो भनिन्।

नियमक निकायले चेतावनी दिने, प्रोत्साहन गर्ने काम नगरी सहकारी अभियान्तामाथि दोष थुपारेर मात्र समस्याको समाधान नहुने जनाउँदै मुख्यमन्त्री अधिकारीले सहकारी अभियान समाप्त भयो भने आर्थिक संकट पर्न सक्छ भने ।

उनले भने, ‘सहकारी क्षेत्रमा देखिएका समस्या समाधान गर्न सबैले ध्यान  पुर्‍याउनुपर्छ । सेयर सदस्यले समेत सहकारीको विषयमा चासो राख्नुपर्छ । रोजगारी सिर्जना गर्ने खालका काम संस्थाले गरेको छ/छैन भन्नेमा सेयर सदस्यको चासो हुनुपर्छ ।’

सहकारीको जोखिम स्तर विश्लेषण गर्न सक्ने बनाउने लक्ष्यका साथ आयोजना भएको कार्यशालामा ३२ संस्थाको प्रतिनिधित्व रहेको नेफ्स्कुनका अध्यक्ष चन्द्रप्रसाद ढकालले जानकारी दिए ।

विसं २०४५ मा स्थापना भएको नेफ्स्कुन ७६ जिल्लामा फैलिएको छ । यसका चार हजार छ सय ५० जना प्रत्यक्ष सदस्य रहेका छन् ।

प्रकाशित मिति : ४ जेष्ठ २०८१, शुक्रबार  ६ : ३१ बजे

दसैँको मुख्य दिन, टीकाको उत्तम साइत १०ः२६ बजे

काठमाडौँ – बडा दसैँ अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको

बुधबार श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौँ – २०८३ साल कात्तिक ४ गते बुधबार सन् २०२६

आज २०८३ साल कात्तिक ४ गते बुधबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक ४ गते बुधबार सन् २०२६

दसैँको अवसरमा नेपाल प्रहरीको निःशुल्क बस सेवा

काठमाडौं – नेपाल प्रहरीले दसैँको अवसरमा निःशुल्क बससेवा सञ्चालन गरेको

राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्ने

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट