कोशीका मुख्यमन्त्री भन्छन्- यो सत्ता समीकरण अब टुट्दैन, ०८४ सम्मै जान्छ « Khabarhub

कोशीका मुख्यमन्त्री भन्छन्- यो सत्ता समीकरण अब टुट्दैन, ०८४ सम्मै जान्छ


४ जेठ २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


90
Shares
  • change font
  • change font
  • change font

विराटनगर- कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले अहिलेको सत्ता समीकरण २०८४ को चुनावसम्म टिक्ने दाबी गरेका छन् ।

प्रदेश प्रमुखको कार्यालयमा नवनियुक्त मन्त्रीहरूको शपथ ग्रहण कार्यक्रमपछि सञ्चारकर्मीसँग कुरा गदै मुख्यमन्त्री कार्कीले यस्तो दाबी गरेका हुन् ।

‘अबको साढे २ वर्षसम्म यही सत्ता समीकरण कायम हुन्छ’, मुख्यमन्त्री कार्कीले भने, नयाँ शक्ति सन्तुलनको सुरुवात भएकोले चुनावसम्म अबको यात्रा टुट्दैन । हामी टुट्न दिँदैनौँ ।’

उनले अब प्रदेशले पनि राजनीतिक स्थायित्व पाउने दाबी गरे। सरकारको पहिलो प्राथमिक्ता शुसासन रहेको उनको भनाइ छ ।

मुख्यमन्त्री कार्कीले उद्योग, कृषि तथा सहकारी मन्त्रालय आफैंले राखेकोबारे पत्रकारहरूको जिज्ञासामा मुख्यमन्त्री कार्कीले केन्द्रमा फेरिएको शक्ति सन्तुलनमा संलग्न दलहरुलाई सरकारमा सहभागी गराउन त्यसो गरिएको प्रष्ट पारे ।

कोशीमा अहिले एमाले र माओवादी केन्द्रको समीकरण रहेको छ । मुख्यमन्त्री कार्कीले तत्काल सरकारको प्राथमिकता नीति तथा कार्यक्रम र बजेट निर्माण रहेको पनि बताए ।

कोशीमा कार्की नेतृत्वको सरकारलाई समर्थन जनाएका एकीकृत समाजवादी र जनता समाजवादी सरकारमा आएका छैनन् । जसपाकी निर्मला लिम्बू मन्त्रीको दौडमा भए पनि एकीकृत समाजवादी भने प्रतिपक्षमा बसेको छ ।

प्रकाशित मिति : ४ जेठ २०८१, शुक्रबार  ६ : ३२ बजे

दक्षिणकाली मन्दिरमा भक्तजन (तस्बिरहरू) 

काठमाडौँ- काठमाडौँको दक्षिणकाली नगरपालिका–६ मा अवस्थित प्रसिद्ध दक्षिणकाली मन्दिरमा शुक्रबार

विद्यालयमा डीआई होइन काउन्सिलर राखाैँ

शिक्षा भनेको एक गतिशील प्रक्रिया हो। आजको आवश्यकता र भोलिको

बाढीका कारण क्षतिग्रस्त १८ झोलुङ्गे पुल मर्मतपछि सञ्चालन

काठमाडौँ– भोटेकोशी–त्रिशूली नदीमा आएको बाढीका कारण क्षतिग्रस्त भएका १८ वटा

बीपी कोइराला क्यान्सर अस्पतालका समस्या पहिचान गर्न सुधार समिति गठन

चितवन-  बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका समस्या पहिचान गरी सुधारका

चाडपर्वमा कालोबजारी र अस्वाभाविक मूल्यवृद्धि नगर्न प्रशासनको आग्रह

महेन्द्रनगर– चाडपर्वका बेला खाद्यान्न, इन्धन तथा ग्यासको कृत्रिम अभाव, कालोबजारी,