कोशीका मुख्यमन्त्री भन्छन्- यो सत्ता समीकरण अब टुट्दैन, ०८४ सम्मै जान्छ « Khabarhub

कोशीका मुख्यमन्त्री भन्छन्- यो सत्ता समीकरण अब टुट्दैन, ०८४ सम्मै जान्छ


४ जेष्ठ २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


90
Shares
  • change font
  • change font
  • change font

विराटनगर- कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले अहिलेको सत्ता समीकरण २०८४ को चुनावसम्म टिक्ने दाबी गरेका छन् ।

प्रदेश प्रमुखको कार्यालयमा नवनियुक्त मन्त्रीहरूको शपथ ग्रहण कार्यक्रमपछि सञ्चारकर्मीसँग कुरा गदै मुख्यमन्त्री कार्कीले यस्तो दाबी गरेका हुन् ।

‘अबको साढे २ वर्षसम्म यही सत्ता समीकरण कायम हुन्छ’, मुख्यमन्त्री कार्कीले भने, नयाँ शक्ति सन्तुलनको सुरुवात भएकोले चुनावसम्म अबको यात्रा टुट्दैन । हामी टुट्न दिँदैनौँ ।’

उनले अब प्रदेशले पनि राजनीतिक स्थायित्व पाउने दाबी गरे। सरकारको पहिलो प्राथमिक्ता शुसासन रहेको उनको भनाइ छ ।

मुख्यमन्त्री कार्कीले उद्योग, कृषि तथा सहकारी मन्त्रालय आफैंले राखेकोबारे पत्रकारहरूको जिज्ञासामा मुख्यमन्त्री कार्कीले केन्द्रमा फेरिएको शक्ति सन्तुलनमा संलग्न दलहरुलाई सरकारमा सहभागी गराउन त्यसो गरिएको प्रष्ट पारे ।

कोशीमा अहिले एमाले र माओवादी केन्द्रको समीकरण रहेको छ । मुख्यमन्त्री कार्कीले तत्काल सरकारको प्राथमिकता नीति तथा कार्यक्रम र बजेट निर्माण रहेको पनि बताए ।

कोशीमा कार्की नेतृत्वको सरकारलाई समर्थन जनाएका एकीकृत समाजवादी र जनता समाजवादी सरकारमा आएका छैनन् । जसपाकी निर्मला लिम्बू मन्त्रीको दौडमा भए पनि एकीकृत समाजवादी भने प्रतिपक्षमा बसेको छ ।

प्रकाशित मिति : ४ जेष्ठ २०८१, शुक्रबार  ६ : ३२ बजे

पाटन दरबार सङ्ग्राहलयको मूलचोकमा ठेचोको नवदुर्गा नाच प्रदर्शन

ललितपुर – पाटन दरबार सङ्ग्राहलयको मूलचोकमा ठेचो (थेच्व)को नवदुर्गा नाच

मैथिल परम्पराको रावणवध उत्सव सम्पन्न

महोत्तरी – शारदीय दशहरा अर्थात् विजया दशमीका दिन मिथिलामा मनाइने

यु-१९ महिला विश्वकपको आयोजक नेपाल समूह ‘ए’ मा : भारत, आयरल्याण्ड र वेष्ट इन्डिजसँग भिड्ने

काठमाडौँ – नेपालले बङ्गलादेशसँग संयुक्तरूपमा आयोजना गर्न लागेको आइसिसी यु–१९

आज बिहीबार, भगवान विष्णुको पूजा गर्नुहोस्

काठमाडौँ- २०८३ साल कात्तिक ५ गते बिहीबार सन् २०२६ अक्टोबर

आज २०८३ साल कात्तिक ५ गते बिहीबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक ५ गते बिहीबार सन् २०२६