उपेन्द्र यादवको आग्रह : अशोक राईसँग गएकाहरू पुरानै घरमा फर्किनू « Khabarhub

उपेन्द्र यादवको आग्रह : अशोक राईसँग गएकाहरू पुरानै घरमा फर्किनू


४ जेठ २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


426
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले गत वैशाख २१ गते अशोक राई नेतृत्वमा भएको पार्टी विभाजनपछि नयाँ यात्रामा निस्किएकाहरूलाई पुरानै घरमा फर्किन अपिल गरेका छन्।

शुक्रबार एक वक्तव्य निकालेर यादवले जसपा, नेपालबाट अलग भएर फरक पार्टीमा लागेकाहरूसँग (अशोक राई) गएका विभिन्न तह र तप्काका नेता र कार्यकर्ताहरूलाई मूलधारमा फर्कि भनेका हुन् ।

उनले जसपा नेपाल मूलधार भएको तर्कसहित एक विशिष्ट सोच, सिद्धान्त र एजेण्डा बोकेकाले यसमै फर्किन अपिल गरेका हुन् ।

‘जसपा उत्पीडित राष्ट्रियताको मुक्ति, हिमाल, पहाड र तराई/मधेशबीचको पारस्परिक सम्मान र एकता निर्माण गर्ने सङ्गठन भएकोले पार्टीको काँधमा रहेको ऐतिहासिक अभिभाराप्रति सचेत रहँदै समाजवादी आन्दोलन, पहिचान, संघीयता र लोकतान्त्रिक गणतन्त्र लगायतका सवालमा प्रतिबद्ध भएर पनि भ्रमवश फरक पार्टीमा गएका साथीहरूलाई गलत बाटो छोडेर आफ्नो मूलधारमा फर्किन हुन आह्वान गर्दछौं ।’,  यादवले भनेका छन् ।

अशोक राई नेतृत्वमा संघीय संसद्‍का ७ जना सांसदसहित विभाजित समूहले जसपा नामक पार्टी खोलेर निर्वाचन आयोगमा दर्ता गराइसकेको छ ।

विभाजनपछि अशोक राई सरकारबाट बाहिरिँदा जसपाका प्रदीप यादव र हसिना खातुन मन्त्री भइसकेका छन् ।

प्रकाशित मिति : ४ जेठ २०८१, शुक्रबार  ६ : ४६ बजे

युक्रेनलाई इयूको २.९ अर्ब युरो आर्थिक सहयोग

किएभ- युक्रेनले आर्थिक स्थायित्व कायम गर्न तथा सुधार कार्यक्रम अघि बढाउन

कांग्रेसले १५औँ महाधिवेशनलाई ‘नीति चयन’ अधिवेशनका रूपमा अघि बढाउने

काठमाडौं- नेपाली कांग्रेसले १५औँ महाधिवेशनलाई ‘नीति चयन’ को अधिवेशनका रूपमा

भोटेकोशी बाढीका शव बोक्ने एम्बुलेन्स चालक सम्मानित

चितवन– भोटेकोशी बाढीले बगाएर चितवन ल्याएका शव नारायणी नदी किनारबाट

हरेक नागरिकलाई आवासको सुनिश्चितता गरिनेछ : प्रधानमन्त्री शाह

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहले हरेक नागरिकका लागि आवासको अधिकार सुनिश्चित

कांग्रेस १५औँ महाधिवेशन : प्रतिनिधिलाई बस्ने व्यवस्था गरियो

काठमाडौं- नेपाली कांग्रेसको काठमाडौँमा आइतबारदेखि सुरु हुन लागेको १५औँ राष्ट्रिय